• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

मिलाउन सकिन्छ बांगोटिंगो दाँतलाई 

November 17th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिलाउन सकिन्छ बांगोटिंगो दाँतलाई 

डा. प्रवीण मिश्र

बांगाटिंगा दाँतलाई सही स्थानमा ल्याउन ब्रेसेज लगाउनु पर्छ । यसरी दाँत सही स्थानमा ल्याउन दुईदेखि अढाइ वर्षसम्म लाग्छ । अस्वाभाविक दाँतलाई स्वाभाविक रूपमा ल्याउने उपचारलाई अर्थोडोन्टिक्स भनिन्छ । सामान्य भाषामा भन्नुपर्दा बांगाटिंगा, तलमाथि भएका दाँतलाई सही ठाउँमा ल्याउनु नै अर्थोडोेन्टिक्स हो । धेरै व्यक्तिका दाँत मिलेका हुँदैनन् । कसैको माथिको दाँत अगाडि हुन्छ त कसैको पछाडि हुन्छ । कसैको दाँतमाथि दाँत चढेको हुन्छ । कसैको बंगारा सानो त दाँत ठूलो हुन्छ । यसरी अस्वाभाविक स्थानमा रहेका दाँतलाई सही ठाउँमा ल्याएर स्वाभाविक बनाउन सकिन्छ । यो उपचार नेपालमै उपलब्ध छ । हड्डी, मांसपेशी, दाँत र बंगाराको सन्तुलन नमिलेपछि दाँत बांगोटिंगो हुन्छ । वंशानुगत र वातावरणीय कारणले यो समस्या आउने गरेको पाइन्छ ।

मांसपेशी, हड्डी, दाँत र बंगाराको सन्तुलन नमिल्दा पनि अधिकांशको यो समस्या आउँछ । यसरी दाँतलाई सही ठाउँमा ल्याउँदा सबैभन्दा पहिले के कारणले दाँत अस्वाभाविक भयो त्यो पत्ता लगाउनुपर्छ । कारण थाहा पाएपछि दाँतको एक्सरे गरिन्छ । त्यसपछि फोटो खिचिन्छ । त्यसपछि उपचार सुरु हुन्छ । उपचार गर्दा तीनवटा कुरामा ध्यान दिनै पर्छ । पहिलो कुरा दाँतले राम्ररी काम गर्नुप¥यो । अर्को कुरा संरचना बिग्रनु भएन र सुन्दर पनि देखिनुप¥यो । यो उपचार गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । अर्थोडोन्टिक्समा विशेषज्ञता हासिल गरेका दन्त चिकित्सकले मात्र सही तरिकाले यो काम गर्न सक्छन् । यसका चार चरण हुन्छन् । पहिलो चरणमा यसो हुनबाट रोकथाम गर्न सकिन्छ । अर्को बिग्रँदै गइरहेको दाँतलाई सही ठाउँमा ल्याउन सकिन्छ । तेस्रो बिग्रेको दाँतलाई सही पार्न सकिन्छ र चौथो सर्जरी नै गरेर दाँतलाई सही बनाउन सकिन्छ । कुनै बच्चाको माथिल्लो बंगारा सानो हुन्छ त तलको ठूलो हुन्छ । यस्तो अवस्थामा माथिको बंगाराको वृद्धि रोकेर तलको मात्र बढाइन्छ । केही समयपछि दुबै बंगारा बराबर हुन्छन् । यो उपचार बिना सर्जरी नै गर्न सकिन्छ । तर यो गर्न बच्चाको उमेर १२ वर्ष माथि हुनु हुँदैन ।

बांगाटिंगा दाँतलाई सही स्थानमा ल्याउन ब्रसेज लगाउनुपर्छ । यसलाई साधारण भाषामा तार लगाएर सही गर्नु भनिन्छ । यसरी दाँत सही स्थानमा ल्याउन दुईदेखि अढाइ वर्ष लाग्छ । दाँतमा तार लगाएर बाँध्दा केही दिन असजिलो महसुस हुन्छ । एक हप्तामै बानी पर्छ । एक पटक ब्रसेज लगाइसकेपछि महिनामहिनामा आवश्यकताअनुसार उपचार गरिन्छ । यो उपचार गर्न अवस्था हेरी शुल्क लाग्छ । धनीमानीले मात्र यस किसिमको उपचार गराउँछन् भन्ने होइन । यो उपचार गराउनेमा मध्यम वर्गीयको बाहुल्य छ । शुल्कको कुरा अवस्था हेरेर तलमाथि पर्न सक्छ ।  यस किसिमको उपचार गराउन बढीजसो केटी आउँछन् । त्यसमा पनि विवाह नगरेका केटीहरू बढी हुन्छन् । बिग्रेको दाँतले विवाह नै नहोला कि भन्ने चिन्ता उनीहरूको हुन्छ । हिजोआज केटाहरू पनि उत्तिकै आउँछन् । नेपालमा अर्थोडोनिटक्स सेवा विगत दुई दशक अगाडिदेखि सुरु भएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) मा यस विषयमा एमडीएस (स्नातकोत्तर) को पढाइ पनि म न्याम्सको डिन हुने वेला सुरु गराएको हुँ । अहिले नेपालमा तीन दर्जनभन्दा बढी अर्थोडेन्टिक्स छन् । म विगत पाँच वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव भएर काम गरेँ । त्यो बेला यसमा समय दिन सकिनँ । सेवा निवृत्त भएपछि अहिले उपचारमा समय दिन सकेको हुँ ।

डा. मिश्रको प्रिस्कृप्सन

जीवनका लागि मात्र नभएर जोवनका लागि पनि दाँतको महत्व उत्तिकै छ । दाँतले मानिसको व्यक्तित्व विकासमात्र गर्दैन स्वस्थ्य पनि बनाउँछ । दाँतको सफाइ र सुरक्षामा ध्यान दिन जरुरी हुन्छ । हरेक दिन बिहान खाना खाएपछि र राति खाना खाएपछि ब्रसले दाँत माझ्नुपर्छ । फ्लोराइडयुक्त टुथपेस्टले मात्र दाँत माझ्नुपर्छ । सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन । नियमित रूपमा दाँतको चेकअफ गराउनु पर्छ ।

(डा. मिश्र, पूर्व स्वास्थ्य सचिव एवं सिनियर अर्थोडोनटिक्स हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उम्मेदवार र कार्यकर्तालाई ‘एन्जाइटी’
Next article सुष्मा कोइराला मेमोरियलले मनायो २०औं बार्षिकोत्सव

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web