• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

मिलाउन सकिन्छ बांगोटिंगो दाँतलाई 

November 17th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिलाउन सकिन्छ बांगोटिंगो दाँतलाई 

डा. प्रवीण मिश्र

बांगाटिंगा दाँतलाई सही स्थानमा ल्याउन ब्रेसेज लगाउनु पर्छ । यसरी दाँत सही स्थानमा ल्याउन दुईदेखि अढाइ वर्षसम्म लाग्छ । अस्वाभाविक दाँतलाई स्वाभाविक रूपमा ल्याउने उपचारलाई अर्थोडोन्टिक्स भनिन्छ । सामान्य भाषामा भन्नुपर्दा बांगाटिंगा, तलमाथि भएका दाँतलाई सही ठाउँमा ल्याउनु नै अर्थोडोेन्टिक्स हो । धेरै व्यक्तिका दाँत मिलेका हुँदैनन् । कसैको माथिको दाँत अगाडि हुन्छ त कसैको पछाडि हुन्छ । कसैको दाँतमाथि दाँत चढेको हुन्छ । कसैको बंगारा सानो त दाँत ठूलो हुन्छ । यसरी अस्वाभाविक स्थानमा रहेका दाँतलाई सही ठाउँमा ल्याएर स्वाभाविक बनाउन सकिन्छ । यो उपचार नेपालमै उपलब्ध छ । हड्डी, मांसपेशी, दाँत र बंगाराको सन्तुलन नमिलेपछि दाँत बांगोटिंगो हुन्छ । वंशानुगत र वातावरणीय कारणले यो समस्या आउने गरेको पाइन्छ ।

मांसपेशी, हड्डी, दाँत र बंगाराको सन्तुलन नमिल्दा पनि अधिकांशको यो समस्या आउँछ । यसरी दाँतलाई सही ठाउँमा ल्याउँदा सबैभन्दा पहिले के कारणले दाँत अस्वाभाविक भयो त्यो पत्ता लगाउनुपर्छ । कारण थाहा पाएपछि दाँतको एक्सरे गरिन्छ । त्यसपछि फोटो खिचिन्छ । त्यसपछि उपचार सुरु हुन्छ । उपचार गर्दा तीनवटा कुरामा ध्यान दिनै पर्छ । पहिलो कुरा दाँतले राम्ररी काम गर्नुप¥यो । अर्को कुरा संरचना बिग्रनु भएन र सुन्दर पनि देखिनुप¥यो । यो उपचार गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । अर्थोडोन्टिक्समा विशेषज्ञता हासिल गरेका दन्त चिकित्सकले मात्र सही तरिकाले यो काम गर्न सक्छन् । यसका चार चरण हुन्छन् । पहिलो चरणमा यसो हुनबाट रोकथाम गर्न सकिन्छ । अर्को बिग्रँदै गइरहेको दाँतलाई सही ठाउँमा ल्याउन सकिन्छ । तेस्रो बिग्रेको दाँतलाई सही पार्न सकिन्छ र चौथो सर्जरी नै गरेर दाँतलाई सही बनाउन सकिन्छ । कुनै बच्चाको माथिल्लो बंगारा सानो हुन्छ त तलको ठूलो हुन्छ । यस्तो अवस्थामा माथिको बंगाराको वृद्धि रोकेर तलको मात्र बढाइन्छ । केही समयपछि दुबै बंगारा बराबर हुन्छन् । यो उपचार बिना सर्जरी नै गर्न सकिन्छ । तर यो गर्न बच्चाको उमेर १२ वर्ष माथि हुनु हुँदैन ।

बांगाटिंगा दाँतलाई सही स्थानमा ल्याउन ब्रसेज लगाउनुपर्छ । यसलाई साधारण भाषामा तार लगाएर सही गर्नु भनिन्छ । यसरी दाँत सही स्थानमा ल्याउन दुईदेखि अढाइ वर्ष लाग्छ । दाँतमा तार लगाएर बाँध्दा केही दिन असजिलो महसुस हुन्छ । एक हप्तामै बानी पर्छ । एक पटक ब्रसेज लगाइसकेपछि महिनामहिनामा आवश्यकताअनुसार उपचार गरिन्छ । यो उपचार गर्न अवस्था हेरी शुल्क लाग्छ । धनीमानीले मात्र यस किसिमको उपचार गराउँछन् भन्ने होइन । यो उपचार गराउनेमा मध्यम वर्गीयको बाहुल्य छ । शुल्कको कुरा अवस्था हेरेर तलमाथि पर्न सक्छ ।  यस किसिमको उपचार गराउन बढीजसो केटी आउँछन् । त्यसमा पनि विवाह नगरेका केटीहरू बढी हुन्छन् । बिग्रेको दाँतले विवाह नै नहोला कि भन्ने चिन्ता उनीहरूको हुन्छ । हिजोआज केटाहरू पनि उत्तिकै आउँछन् । नेपालमा अर्थोडोनिटक्स सेवा विगत दुई दशक अगाडिदेखि सुरु भएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) मा यस विषयमा एमडीएस (स्नातकोत्तर) को पढाइ पनि म न्याम्सको डिन हुने वेला सुरु गराएको हुँ । अहिले नेपालमा तीन दर्जनभन्दा बढी अर्थोडेन्टिक्स छन् । म विगत पाँच वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव भएर काम गरेँ । त्यो बेला यसमा समय दिन सकिनँ । सेवा निवृत्त भएपछि अहिले उपचारमा समय दिन सकेको हुँ ।

डा. मिश्रको प्रिस्कृप्सन

जीवनका लागि मात्र नभएर जोवनका लागि पनि दाँतको महत्व उत्तिकै छ । दाँतले मानिसको व्यक्तित्व विकासमात्र गर्दैन स्वस्थ्य पनि बनाउँछ । दाँतको सफाइ र सुरक्षामा ध्यान दिन जरुरी हुन्छ । हरेक दिन बिहान खाना खाएपछि र राति खाना खाएपछि ब्रसले दाँत माझ्नुपर्छ । फ्लोराइडयुक्त टुथपेस्टले मात्र दाँत माझ्नुपर्छ । सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन । नियमित रूपमा दाँतको चेकअफ गराउनु पर्छ ।

(डा. मिश्र, पूर्व स्वास्थ्य सचिव एवं सिनियर अर्थोडोनटिक्स हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुष्मा कोइराला मेमोरियलले मनायो २०औं बार्षिकोत्सव
Next article उम्मेदवार र कार्यकर्तालाई ‘एन्जाइटी’

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web