• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

सुष्मा कोइराला मेमोरियलले मनायो २०औं बार्षिकोत्सव

November 17th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुष्मा कोइराला मेमोरियलले मनायो २०औं बार्षिकोत्सव

हेल्थ टुडे

काठमाडौं, १ मंसिर : सुष्मा कोइराला मेमोरियल हस्पिटल साँखुले शुक्रबार २० औं बार्षिकोत्सब मनाएको छ । हस्पिटलले आगोले पोलिएका र दुर्घटनामा परि अंगभंग भएका विपन्न जनतालाई प्लास्टिक सर्जरी र रिकन्सट्रक्सन सर्जरी मार्फत सर्वसुलभ उपचार उपलब्ध गराईरहेको छ । बार्षिकोत्सव कार्यक्रममा सुष्मा कोइराला मेमोरियल ट्रष्टकी अध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अस्पतालले पुर्याइरहेको सेवा अझै गुणस्तरीय बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन् । उनले अस्पताललाई अहिलेको अवस्थामा ल्याईपुर्याउन सहयोग गर्नु हुने इन्टरप्लाष्ट जर्मनी लगायत अस्पताल परिवारलाई धन्यवाद दिइन ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. जसवन शाक्यले अस्पताल स्थापनाको उद्देश्य अनुसार सेवा प्रदान गरिरहेको बताए । अस्पतालले पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको डोटीसम्मका विरामीलाई प्लास्टिक तथा रिकन्सट्रक्सन सर्जरी सेवा उपलब्ध गराउन सफल भएको बताउदै डा.शाक्यले जिवनबाट निरास भएका विरामीको अनुहारमा खुशी ल्याएर आशा फर्काउन सक्नु हस्पिटलको उपलब्धि भएको दाबी गरे । कार्यक्रममा ट्रष्टका कार्यकारी निर्देशक हरिप्रसाद ढुंगाना, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बिक्रम थापा, नेपाली कांग्रेसका नेता दीपक कुइकेल, शंकरापूर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ लगायतले अस्पतालले पुर्याइरहेको सेवाको प्रसंसा गर्दै यसको निरन्तरता आवश्यक रहेको बताए । स्वर्गिय गिरिजाप्रसाद कोइरालाकी धर्मपत्नी सुष्मा कोइरालाको स्मृतिमा सन् १९९७ मा यो अस्पताल स्थापना भएको हो । सन् १९९० मा स्थापना भएको सुष्मा कोइराला मेमोरियल ट्रष्टद्वारा सञ्चालित यो अस्पताललाई जर्मनीको इन्टरप्लाष्ट नामक संस्थाले सहयोग गर्दै आइरहेको छ । यो अस्पतालमा १२ वटा चेरिटी बेड सहित ४६ शैया क्षमता छ ।

अस्पतालले अहिलेसम्म २ लाख १० हजार भन्दा बढी विरामीलाई उपचार सेवा प्रदान गरिरहेको मेडिकल डाइरेक्टर डा. शाक्यले जानकारी दिए । अस्पताललाई जर्मनीको इन्टरप्लास्टले सहयोग गरिरहेको छ ।  यो अस्पतालमा १२ वटा चेरिटी बेड सहित ४६ शैया क्षमता छ । अस्पतालले अहिलेसम्म २ लाख १० हजार भन्दा बढी विरामीलाई उपचार सेवा प्रदान गरिरहेको मेडिकल डाइरेक्टर डा. शाक्यले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पार्टटाइम यौनकर्मी ७९ प्रतिसत
Next article मिलाउन सकिन्छ बांगोटिंगो दाँतलाई 

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web