• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

कस्तो हुनु पर्छ क्यान्सर रोगीको खाना

November 18th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे

क्यान्सर विभिन्न कारणबाट हुन्छ । अन्य रोगहरूको तुलनामा यसको उपचार महँगो हुन्छ । समयमा उपचार हुन सकिएन भने यसले मृत्युको मुखमा पु¥याउन बेर लगाउँदैन । तापनि यसलाई रोकथाम गर्ने दिशामा मूलतः सन्तुलित एवं स्वस्थ्य खानेकुराको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । ठीकसँग खानपिन गरी शरीरलाई स्वस्थ्य एवं सक्रिय राख्न सकेमा ३० देखि ४० प्रतिशतसम्म क्यान्सरको खतरबाट मुक्त हुन सकिन्छ । स्वस्थ एवं सन्तुलित भोजन खाने अभ्यास गर्ने र धूमपानबाट पूर्णतया मुक्त भएर बच्न सके बढीमा ६० प्रतिशतदेखि ७० प्रतिशतसम्म क्यान्सरको खतरा घट्न सक्छ । डाक्टरको सल्लाहअनुसार खानपानमा ध्यान दिएर व्यवहारमा लागू गर्न सके यसले रोकथाममा सहयोग गर्छ । स्वस्थ आहारको आधुनिक औषधि उपचारको अवधारणा नै वास्तवमा सन्तुलित शाकाहारी भोजन हो ।

१. गेडागुडी, सुप, आलु, रोटी, दाल, भात, तरकारीको साथै प्रशस्त सागपात र फलफूल खानुपर्छ । मासु खाए पनि रातोमासु जस्तो खसीको, राँगाको कम खाने तर मासुलाई मूल आहारको रूपमा खानु हुँदैन ।

२.   हामीले हरेक दिन घटीमा चार सय ग्राम फलफूल र सागपात खानु आवश्यक छ । फलफूलमा भिटामिन तथा खनिज पदार्थ एवं रेसायुक्त वस्तुहरू हुन्छन् । जसले हामीलाई धेरै प्रकारका क्यान्सरबाट बचाउँछ ।

३.   हाम्रो दैनिक खानामा दालभातलगायत गेडागुडी पनि घटीमा पाँच सय ६० ग्रामसम्म समावेश हुनै पर्छ । खाना छान्दा पाएसम्म पालिस कम भएका पोषणयुक्त गेडागुडीमै बढी ध्यान दिनुपर्छ । यी खाद्य पदार्थहरू प्रोटिनको राम्रो स्रोत हो । यसको साथमा यीभित्र धेरै प्रकारका तत्वहरू हुन्छन् । जसले क्यान्सरको रोकथाममा मद्दत गर्छ ।

४.   रातो मासु सकेसम्म खाँदै नखानु, त्यसको सट्टामा बरु माछा या कुखुराको मासु खानु राम्रो हुन्छ । रातो मासु भन्नाले राँगा या बिफ, खसी, भेडा र बंगुरको मासु सम्झनु पर्छ । यी परिकार दिनमा ६०—१०० ग्राम भन्दा बढी कुनै पनि हालतमा खानु राम्रो हुँदैन । रातो मासु बढी खानेहरूलाई क्यान्सरको सम्भावना बढी हुन्छ ।

५.   बेसी पोलेको र धुवाँमा सेकेको खाद्य परिकारहरू खाने बानी परेका मानिसहरूमा क्यान्सरको सम्भावना बढी भएको पाइएको छ । बेसी पोलेको र धुवाँमा सेकेको खाद्य परिकारहरूमा क्यान्सर जन्य सशक्त तत्वहरू विद्यमान भएका हुन्छन । जसबाट पेटको क्यान्सर हुने सम्भावना बढी हुन्छ । यसकारण बासी, धुवाँमा सेकेको, पोलेको, डढेको मासु पनि नखानु नै जाति छ । यसको सट्टामा खाद्य वस्तुहरूलाई कम तापक्रमजस्तै बफाएर, उसिनेर आदि तरिकाबाट पकाएर खानाले स्वास्थ्यको लागि लाभप्रद हुन्छ ।

६.   बोसो भएको खाना खाँदै नखानु राम्रो हुन्छ । खानै परे पनि एकदम कम खानु पर्छ । तेल थोरै हाली पकाएको परिकार खानु राम्रो हुन्छ । यस्तो परिकार बेसी भुटेर वा तारेर खानुको सट्टा उसिनेर या राम्रोसँग बफाएर खानु पर्छ । धेरै बोसो खानाले स्तन, ठूलो आन्द्रा, प्रोष्टेट ग्लान्डको क्यान्सरको सम्भावना बढी हुन्छ ।

७.   जाँडरक्सी सकेसम् नखाँदा नै राम्रो हुन्छ । स्मरण रहोस् जाँडरक्सी बढी खानाले मुख, घाँटी र कलेजोमा क्यान्सर लाग्ने खतरा पनि बढी हुन्छ । यसबाट स्तन क्यान्सरको खतरा पनि उत्तिकै छ ।

८.   नुन बेसी हालेको खाना पनि कम खानुपर्छ । नुन बेसी खानाले पेटको क्यान्सरको सम्भावना बढी हुन्छ । स्वादैको लागि नुनभन्दा अन्य मसलाहरूको प्रयोग भने गर्न सकिन्छ ।

९.   खाना पाएसम्म ताजा नै खानुपर्छ । धेरै दिनसम्म तापक्रम नमिलाइकन थन्काइराखेको खाना खानु हुँदैन । यस्तो खानामा विषाक्ततत्व घुस्ने सम्भावना हुन्छ । जसबाट कलेजोको क्यान्सर हुने बढी सम्भावना हुन्छ । यसबाट बचाउन खानेकुरा सुरक्षित हुने गरी भण्डार गर्नुपर्छ । तुरुन्तै पग्लिएर वा स्वाद बिग्रिएर जाने खाद्यपदार्थ किन्दा या घरमा ल्याउँदा यथोचित तापक्रमका साथ फ्रिजमा राख्नुपर्छ । ढुसी परेको वा पुरानो अचार बनाइएका खानेकुरा खानु हुँदैन ।

१०.  बेसी बुट्टाबुट्टी एवं रंगाएका खानेकुरा खानु हुँदैन साथमा बेसी कृत्रिम तत्वहरू मिसाएर, डिब्बा बन्द गरी राखेको सञ्चित खानाको कम प्रयोग गर्नुपर्छ ।

११.  हामीले यदि प्राकृतिक खाद्य पदार्थ मात्रा मिलाएर आवश्यकताअनुसार सेवन गर्न सकेमा अन्य कुनै कृत्रिम पोषण तत्वको जरुरत पर्दैन ।

१२.  शरीरको वजनलाई धेरै कम वा बेसी हुन दिनुहुन्न । उमेर बढी भइसकेकाले आफ्नो शरीरको वजन बढेमा पनि पाँच किलोग्रामभन्दा बढी बढ्न दिनु हुन्न । यसको लागि नित्य शारीरिक व्यायाम गरी शरीरलाई चुस्त र तन्दुरुस्त राख्नु पर्दछ । खानामा बोसो भएको खानेकुराको सट्टा सागपात, गेडागुडी, फलफूल, आलु, सखरखण्ड आदि खाने । अधिक वजन भएकालाई पेट, पाठेघर, पित्तथैली, प्रोस्टेट ग्लान्ड आदिको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

१३.  धूमपान एवै खैनी, गुट्खा, पान सुपारी तथा तमाखुजस्ता वस्तुहरूको सेवन गर्नु हुँदैन । जसबाट मुख, घाँटी, श्वासनली एवं फोक्सो आदिको क्यान्सर हुनबाट बच्न सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १८ नपुग्दै ५२ % महिलालाई यौन अनुभव
Next article पोलेको तात्तातो सेकुवा क्यान्सरको घर

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131762
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web