• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मस्तिष्कघात एक जटिल समस्या

November 19th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मस्तिष्कघात एक जटिल समस्या

हेल्थ टुडे,

काडमाण्डौ,३ मंसिर : सामान्य रूपमा बुझ्दा मस्तिष्कमा हुने रक्त प्रवाहमा अवरोध नै स्ट्रोक हो । जसमा नशा फुटेर वा नशा बन्द भएर पनि अवरोध हुन्छ । पचास वर्ष नाघेमा मानिसमा ब्रेन अट्याकको जोखिम बढी हुने भए पनि त्यसभन्दा कम उमेर समूहका मानिसमा पनि यसको आक्रमण बढ्दै गएको छ ।

हिँड्दाखाँदैको मान्छे अचानक बेहोस् भएर ढल्छ । कतिको होसै फर्किन्न, कतिको होस् आए पनि पहिलाजस्तो सद्दे हुन सक्दैनन् । सहरी समाजमा धेरैले सुनाउने यस्ता कहानीसँगै एउटा डरलाग्दो कारण लुकेको हुन्छ– स्ट्रोक । अनियन्त्रित रक्तचाप, मधुमेह, रगतमा चिल्लो पदार्थको मात्रा बढ्ने समस्या कोलेस्ट्रोलजस्ता कारणले स्ट्रोकको समस्या बढ्दैछ । सजिलो गरी स्ट्रोकलाई ब्रेन अट्याक वा मतिष्कघात पनि भनिन्छ ।कुनै कारणले मस्तिष्कका कोशिकाहरूले पु¥याउने अक्सिजनका माध्यमले नै मस्तिष्कले काम गर्छ । रक्त प्रवाहमा अवरोध हुँदा त्यो प्रक्रिया पनि रोकिने र कोशिकाको मृत्यु भई ब्रेन अट्याक हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बे्रन अट्याक क्यान्सर र मुटुरोग पछिको मृत्युको तेस्रो ठूलो कारण हो ।चिकित्सकका अनुसार बे्रन अट्याक हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरून्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् । अस्पताल आइपुगेकामध्ये ५० प्रतिशतलाई बचाउन सकिन्छ । यो संख्या कूल बे्रन अट्याक हुने संख्याको २५ प्रतिशत हो । बाँच्न सफल भएकाहरूको पनि ५० प्रतिशत कुनै भाग वा पाटो प्यारालाइसिस (पक्षघात) हुन्छ ।गरिब देशमा बे्रन अट्याकको प्रमुख कारण अस्वस्थकर जीवनशैली हो । ब्लडप्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई बे्रन अट्याक हुनसक्छ ।

वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तका अनुसार नशा बन्द भएर स्ट्रोक हुनुको प्रमुख कारण अस्वस्थकर जीवनशैली नै हो । जसमा धूमपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक तनाव, बढी चिल्लो, नुनिलो र तारेको खानेकुराको प्रयोग गर्ने, व्यायामको अभावजस्ता कारणले रगतको नशामा बोसो जमेपछि मस्तिष्कसम्म रक्तप्रवाहमा अवरोध हुन्छ र थुनिन्छ । ‘समयमै अस्पताल पु¥याएर हृदयघातको उपचार गर्न सकियो भने मानिस पुरानै अवस्थाको जीवन बाँच्न सक्छ तर बे्रन अट्याकमा शल्यक्रियापछि पनि पुरानै अवस्थामा फर्किन सकिन्न । केही न केही खोट भएको जीवन बिताउनु पर्छ,’ डा. पन्त भन्छन् ।

जीवनशैली स्वस्थकर बनाए पहिलो कारणबाट हुने र ब्लडप्रेसरको औषधिमा लापरवाही नगरे सामान्यतः दोस्रो कारणबाट हुने बे्रन अट्याकबाट बच्न सकिने डा.पन्तको भनाइ छ । कम्तीमा तीन मिनेटसम्म मस्तिष्कमा रगत सञ्चार भएन भने पहिला मस्तिष्कको र क्रमशः अन्य अंगको मृत्यु हुन्छ । बे्रन अट्याक भएको अवस्थामा निश्चित नशा मात्रै थुनिने भएकाले त्यो नशाले रगत पु¥याएको क्षेत्र मात्रै प्यारालाइसिस हुन्छ । त्यसैले साढे तीन घण्टाभित्र अस्पताल पु¥याउन सकेमा ह्याम्रेज भएको छैन भने नशालाई खोल्न सकिन्छ । त्यसैले पनि यस्ता रोगीलाई जतिसक्दो छिटो अस्पताल पु¥याउन चिकित्सकहरु सुझाउँछन् ।

यस्ता रोग भइसकेको अवस्थाका बिरामीलाई बचाउन देशभित्र अत्याधुनिक उपचार प्रणाली सुदृढ गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । जीवनशैलीलाई स्वस्थ्यकर बनाउन, ध्यान जपजस्ता कुरालाई समेट्ने न्याचुरोप्याथीबाट पनि जोखिम कम गर्न सकिन्छ । अहिले जीवनशैली बिथोलिएको छ । जसका कारण यस्ता रोगको खतरा बढ्दै गएको छ । औषधि र प्रविधिसँग जोडिएको उपचारात्मक सेवासँगै न्याचुरोप्याथीसँग हातेमालो गरेर अगाडि बढ्दा नै रोग भएको अवस्थामा उपचार र रोगबाट बच्ने आधार पनि बनाउन सकिने चिकित्सकहरुको भनाइ छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रकाशको निधन हृदयघातले ! यथार्थ शंकाको घेरामै
Next article सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web