• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

स्तन क्यान्सरको खतरा कसलाई बढी

November 20th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्तन क्यान्सरको खतरा कसलाई बढी

डा. वीरेन्द्रराज जोशी

शरीरको कुनै पनि अंग खास कार्य गर्नलाई विभिन्न कोषहरूले बनेको हुन्छ । कुनै पनि किसिमको कोषहरू अनावश्यक रूपमा बढ्दै गयो भने यी नयाँ कोषहरूको समूहलाई गाँठो वा ट्युमर भनिन्छ । स्तन क्यान्सर स्वास्नी महिलाहरूमा हुने क्यान्सरमध्येको दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो । यो रोग पुरुषलाई पनि हुने सम्भावना छ । स्तन क्यान्सरलाई सुरुको अवस्थामा फेला पार्न सक्यो र उपचार ग¥यो भने निको हुन सक्छ । स्तनमा भएको गिर्खा सुरुमै थाहा पाउन जरुरी छ । गिर्खा जति सानो भयो उपचार हुने सम्भावना पनि बढ्छ । लगभग १० प्रतिशत गाँठाहरू क्यान्सर हुन्छ ।  कसलाई बढी हुने सम्भावना हुन्छ ?

१.चाँडै महिनावारी सुरु हुने तथा ढिलो गरी महिनावारी सुक्ने ।

२. विवाह नगरेका महिला ।

३.बच्चा नपाएका महिला ।

४.पहिलो बच्चा ढिलो जन्माएका महिला ।

५. बच्चालाई स्तनपान नगराउने महिला ।

६. धेरै वर्षसम्म परिवार नियोजनको चक्की तथा विभिन्न हर्माेनको उपयोग गर्ने महिला ।

७. पारिवारिक स्तन क्यान्सर – दिदी, बहिनी, आमा, सानीआमा, आमापट्टीको हजुरआमालाई  भएमा ।

८.अत्याधिक बोसो भएको खाना, रक्सी, चुरोटको सेवन ।

९. सानो उमेरमा धेरै अनावश्यक बिकिरण प्रयोग गरेमा ।

लक्षणहरू 

१. स्तनको कुनै पनि भागमा गिर्खा देखा पर्नु । काखीमा गिर्खा आउनु ।

२. स्तन समान नभई आकार र बनोटमा फरक देखा पर्नु ।

३. स्तन सुनिएर कडा भई दुख्न थाल्नु । स्तनको छालाको रङ अथवा नरमपनामा केही  परिवर्तन देखा पर्नु ।

४. स्तनको मुुन्टा दाँया, बाँया वा फुकेर भित्र पट्टी फर्कनु ।

५. स्तनमा सानातिना दानाहरू तथा घाउ देखा पर्नु ।

६. हाड कलेजो र फोक्सोमा सरिसके पछिका लक्षणहरू देखा पर्न सक्छ ।

स्तन जाँच्ने तरिका

स्तनलाई छामेर जाँच्न चिकित्सकले अथवा आफैंले गर्न सकिन्छ । २० वर्षभन्दा माथिका महिलाले यो जाँच गर्नुपर्दछ । नछुने रोकिएको पाँच दिन पछि यो जाँच गर्नुपर्छ ।

महिनावारी भएको बेला स्तन सुनिएर दुख्ने भएकोले अनियमित महिनावारी वा महिनावारी बन्द अथवा छुट्ने भएका महिलाले प्रत्येक महिनाको (जस्तै ५ गते) एकै दिन जाँच गर्नु पर्दछ ।

यो जाँच कपडा फेर्ने बेलामा, नुहाउँदा, ऐना अगाडि उभिएर वा ओछ्यानमा पल्टेर गर्न सकिन्छ । तीनतीनवटा औंलाको माथिल्लो एक तिहाइ भागको प्रयोग गर्नुपर्दछ । दाहिने हातले देब्रे स्तन तथा देब्रे हातले दाहिने स्तनको जाँच घडी घुम्ने तरिकाको सुल्टो दिशामा क्रमबद्ध रूपमा जाँच गर्नु पर्दछ । अन्त्यमा मुन्टोलाई बूढीऔंला र चोरऔंलाको बीचमा राखेर निचोरेर केही रगत वा फोहोर पदार्थ आउँछ कि आउँदैन भनेर हेर्नु पर्दछ ।  दुवै स्तनको समानता, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रङ र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान संग हेर्नु पर्दछ । सम्भाव्य लक्षणहरू देखा पर्नेबित्तिकै अस्पतालमा सम्पर्क गर्नु पर्दछ । डा. जोशी नेपाल स्तन तथा थाइरोइड समाजका अध्यक्ष हुन । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एमबिबिएस प्रवेश परीक्षाको मिति चाडैं तोकिने
Next article स्याङ्जाको एलादीका १५ प्रतिसतमा मिर्गौला समस्या

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133228
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

49
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

48
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web