• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

जाडोमा ब्रेन स्ट्रोक २० प्रतिशत बढी

November 20th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा ब्रेन स्ट्रोक २० प्रतिशत बढी

हेल्थ टुडे

हाम्रो देशमा बर्सेनि ब्रेन स्ट्रोक (मस्तिष्कघात)का बिरामीको संख्या बढिरहेको पाइएको छ । त्यसमा पनि जाडो मौसममा अन्य मौसममा हुनेभन्दा २० प्रतिशत ब्रेन स्ट्रोक बढी हुने विज्ञहरू बताउँछन् । जाडोमा ब्रेन स्ट्रोकसँगै पक्षघातको समस्या पनि बढ्ने गरेको छ । वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तका अनुसार पछिल्ला वर्षमा यो समस्याबाट युवायुवती बढी पीडित बन्न थालेका छन् । जाडो मौसममा चिसोका कारण रगतको नसा खुम्चिन्छ । यसले रगतको नसामा अवरोध आउने सम्भावना रहन्छ । यसका अलावा यो मौसममा चिसोकै कारण रगत बाक्लो हुने भएर रगतमा भएको प्लेटलेट्स आपसमा टाँसिने भएर अवरोधको सम्भावना बढी हुन्छ । ब्रेन स्ट्रोक हुँदा जुन व्यक्तिको मस्तिष्कको बायाँ भागमा समस्या देखिन्छ, उनीहरूको दायाँ अंगले काम गर्न छोड्छ । यस्तै, मस्तिष्कको दायाँ भागमा समस्या हुँदा बायाँ अंगले काम गर्न छोड्छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा ७० प्रतिशत स्ट्रोक र ८७ प्रतिशत स्ट्रोक सम्बद्घ मृत्यु र अपांगता निम्न र मध्यम आय भएका मुलुकहरूमा हुन्छ ।

अध्ययनहरूका अनुसार गत चार दशकयता स्ट्रोक निम्न र मध्यम आय भएका मुलुकमा दोब्बरभन्दा बढी रहेको छ भने चार दशकमै उच्च आय भएका मुलुकमा स्ट्रोक हुने घटना ४२ प्रतिशतले कम भएको छ । सामान्यत स्ट्रोकले शरीरको एक भागलाई प्रभावित गर्छ । उमेर बढ्नुका साथै स्ट्रोकको जोखिम बढ्छ तर अस्वस्थकर जीवनशैली र खानपान, व्यायामको कमी आदिले गर्दा यो समस्या युवालाई पनि भइरहेको छ । हार्ट अट्याक र ब्रेन अट्याक मुटु र मस्तिष्कका लागि एउटै किसिमको प्रक्रिया भए पनि समाजमा मस्तिष्कघातलाई त्यति गम्भीरताका साथ लिने गरिएको पाइँदैन । हृदयाघातमा व्यक्ति मर्ने वा बाँच्ने भए पनि मस्तिष्कघातमा व्यक्ति विशेष बाँचे पनि धेरैजसो विकलांगताको समस्याले ग्रस्त हुन्छन् ।

ब्रेन स्ट्रोकको प्रमुख लक्षण

मुख बांगिनु

एक्कासि एउटा हात लुलो हुनु

बोली लर्बराउनु वा स्वरै गुम्नु

दृष्टिमा अचानक समस्या उब्जिनु

एक्कासि कुरा बुझ्न अप्ठ्यारो हुनु

 किन हुन्छ त यसो ?

रक्तचाप बढ्नाले

मुटु रोग हुनाले

मधुमेह देखिनाले

व्यायामको अभाव हुनाले

धूमपान र तमाखु सेवन गर्नाले

मोटापन हुनाले

बढी कोलेस्ट्रोल हुनाले

बढी मद्यपान गर्नाले

 

स्ट्रोकका किसिम

स्ट्रोक मुख्यतः इस्किमिक, हेमोरेजिक र ट्रान्सिएन्ट इस्किमिक अट्याक गरी तीन प्रकारका हुन्छन् । इस्किमिक स्ट्रोकमा मस्तिस्कमा रगत जाने नसामा अवरोध उत्पन्न भएर रगत जान पाउँदैन । यसले गर्दा रगत जम्ने गर्छ । तर नेपालमा यस्तो अवस्थाको स्ट्रोक भएर चिकित्सककहाँ पुग्ने करिब ४० प्रतिशत रहेको डा.पन्तको आकलन छ । हेमोरेजिक स्ट्रोकमा भने मस्तिष्कको रगतको नली फुटेर रगत चुहिन थाल्छ । यसले मस्तिष्कको कोषिकामा धेरै दबाब पर्छ । मुलुकमा स्ट्रोकको उपचारका लागि आउने करिब ६० प्रतिशत केस यस्तै प्रकृतिका हुने गरेको अनुमान डा. पन्तको छ । ट्रान्सिएन्ट इस्किमिक अट्याकलाई मिनी स्ट्रोकसमेत भनिन्छ । करिब एक तिहाइ बिरामीलाई ठूलो स्ट्रोक हुनुभन्दा अघि हल्का स्ट्रोक हुन सक्छ । यो समस्या अस्थायी हुन्छ । यो समस्या रगतको सञ्चारमा अल्पकालीन अवरोधले गर्दा हुन्छ । यो सानो स्ट्रोक आएपछि भविष्यमा हुन सक्ने ठूलो स्ट्रोकप्रति सचेत हुनुपर्छ ।

‘हल्का स्ट्रोक आउनुलाई संकेतको रूपमा लिएर तुरुन्त स्नायु चिकित्सकसँग उपचार गराउनुपर्छ,’ डा.पन्त भन्छन्, ‘यो स्ट्रोक एमआरआई, सिटी स्क्यान गर्दासमेत नदेखिन सक्छ ।’

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किशोरी आमा बन्दा स्वास्थ्य जोखिममा
Next article के हो डाउन सिन्ड्रोम ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133406
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

74
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

61
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web