• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

जाडोमा ब्रेन स्ट्रोक २० प्रतिशत बढी

November 20th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा ब्रेन स्ट्रोक २० प्रतिशत बढी

हेल्थ टुडे

हाम्रो देशमा बर्सेनि ब्रेन स्ट्रोक (मस्तिष्कघात)का बिरामीको संख्या बढिरहेको पाइएको छ । त्यसमा पनि जाडो मौसममा अन्य मौसममा हुनेभन्दा २० प्रतिशत ब्रेन स्ट्रोक बढी हुने विज्ञहरू बताउँछन् । जाडोमा ब्रेन स्ट्रोकसँगै पक्षघातको समस्या पनि बढ्ने गरेको छ । वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तका अनुसार पछिल्ला वर्षमा यो समस्याबाट युवायुवती बढी पीडित बन्न थालेका छन् । जाडो मौसममा चिसोका कारण रगतको नसा खुम्चिन्छ । यसले रगतको नसामा अवरोध आउने सम्भावना रहन्छ । यसका अलावा यो मौसममा चिसोकै कारण रगत बाक्लो हुने भएर रगतमा भएको प्लेटलेट्स आपसमा टाँसिने भएर अवरोधको सम्भावना बढी हुन्छ । ब्रेन स्ट्रोक हुँदा जुन व्यक्तिको मस्तिष्कको बायाँ भागमा समस्या देखिन्छ, उनीहरूको दायाँ अंगले काम गर्न छोड्छ । यस्तै, मस्तिष्कको दायाँ भागमा समस्या हुँदा बायाँ अंगले काम गर्न छोड्छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा ७० प्रतिशत स्ट्रोक र ८७ प्रतिशत स्ट्रोक सम्बद्घ मृत्यु र अपांगता निम्न र मध्यम आय भएका मुलुकहरूमा हुन्छ ।

अध्ययनहरूका अनुसार गत चार दशकयता स्ट्रोक निम्न र मध्यम आय भएका मुलुकमा दोब्बरभन्दा बढी रहेको छ भने चार दशकमै उच्च आय भएका मुलुकमा स्ट्रोक हुने घटना ४२ प्रतिशतले कम भएको छ । सामान्यत स्ट्रोकले शरीरको एक भागलाई प्रभावित गर्छ । उमेर बढ्नुका साथै स्ट्रोकको जोखिम बढ्छ तर अस्वस्थकर जीवनशैली र खानपान, व्यायामको कमी आदिले गर्दा यो समस्या युवालाई पनि भइरहेको छ । हार्ट अट्याक र ब्रेन अट्याक मुटु र मस्तिष्कका लागि एउटै किसिमको प्रक्रिया भए पनि समाजमा मस्तिष्कघातलाई त्यति गम्भीरताका साथ लिने गरिएको पाइँदैन । हृदयाघातमा व्यक्ति मर्ने वा बाँच्ने भए पनि मस्तिष्कघातमा व्यक्ति विशेष बाँचे पनि धेरैजसो विकलांगताको समस्याले ग्रस्त हुन्छन् ।

ब्रेन स्ट्रोकको प्रमुख लक्षण

मुख बांगिनु

एक्कासि एउटा हात लुलो हुनु

बोली लर्बराउनु वा स्वरै गुम्नु

दृष्टिमा अचानक समस्या उब्जिनु

एक्कासि कुरा बुझ्न अप्ठ्यारो हुनु

 किन हुन्छ त यसो ?

रक्तचाप बढ्नाले

मुटु रोग हुनाले

मधुमेह देखिनाले

व्यायामको अभाव हुनाले

धूमपान र तमाखु सेवन गर्नाले

मोटापन हुनाले

बढी कोलेस्ट्रोल हुनाले

बढी मद्यपान गर्नाले

 

स्ट्रोकका किसिम

स्ट्रोक मुख्यतः इस्किमिक, हेमोरेजिक र ट्रान्सिएन्ट इस्किमिक अट्याक गरी तीन प्रकारका हुन्छन् । इस्किमिक स्ट्रोकमा मस्तिस्कमा रगत जाने नसामा अवरोध उत्पन्न भएर रगत जान पाउँदैन । यसले गर्दा रगत जम्ने गर्छ । तर नेपालमा यस्तो अवस्थाको स्ट्रोक भएर चिकित्सककहाँ पुग्ने करिब ४० प्रतिशत रहेको डा.पन्तको आकलन छ । हेमोरेजिक स्ट्रोकमा भने मस्तिष्कको रगतको नली फुटेर रगत चुहिन थाल्छ । यसले मस्तिष्कको कोषिकामा धेरै दबाब पर्छ । मुलुकमा स्ट्रोकको उपचारका लागि आउने करिब ६० प्रतिशत केस यस्तै प्रकृतिका हुने गरेको अनुमान डा. पन्तको छ । ट्रान्सिएन्ट इस्किमिक अट्याकलाई मिनी स्ट्रोकसमेत भनिन्छ । करिब एक तिहाइ बिरामीलाई ठूलो स्ट्रोक हुनुभन्दा अघि हल्का स्ट्रोक हुन सक्छ । यो समस्या अस्थायी हुन्छ । यो समस्या रगतको सञ्चारमा अल्पकालीन अवरोधले गर्दा हुन्छ । यो सानो स्ट्रोक आएपछि भविष्यमा हुन सक्ने ठूलो स्ट्रोकप्रति सचेत हुनुपर्छ ।

‘हल्का स्ट्रोक आउनुलाई संकेतको रूपमा लिएर तुरुन्त स्नायु चिकित्सकसँग उपचार गराउनुपर्छ,’ डा.पन्त भन्छन्, ‘यो स्ट्रोक एमआरआई, सिटी स्क्यान गर्दासमेत नदेखिन सक्छ ।’

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो डाउन सिन्ड्रोम ?
Next article किशोरी आमा बन्दा स्वास्थ्य जोखिममा

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web