• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

के हो डाउन सिन्ड्रोम ?

November 20th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के हो डाउन सिन्ड्रोम ?

डा. कृष्णप्रसाद पौडेल 

कतिपय बालबालिका शारीरिक तथा मानसिक रूपमा सुस्त हुन्छन् । उनीहरूको शारीरिक बनावट पनि अन्य बालबालिकाभन्दा फरक हुन्छ । लुलो शरीर, सुस्त श्रवणजस्ता समस्या बालबालिकामा देखिन्छन् । यस्ता समस्यालाई ‘डाउन सिन्ड्रोम’ भनिन्छ । यो क्रोमोजोमल डिसअर्डर (क्रोमोजोमका कारण आउने समस्या) हो । प्रति आठ सयदेखि एक हजार नवजात शिशुमध्ये एकजनामा यो समस्या देखिने गर्छ ।
सन् १९६६ मा बेलायतका डा. जोन लाङ्डोन डाउनले बच्चामा यस्तो समस्या पत्ता लगाएका कारण यो रोगलाई डाउन सिन्ड्रोम भनिएको हो ।
मानवमा भएका ४६ वा २३ जोडी क्रोमोजोममध्ये २१ नम्बरको क्रोमोजोम तीन वटा (ट्रिप्लिकेट) भएर यो असामान्य अवस्था देखिने गर्छ । यस्तो क्रोमोजोम बुबा वा आमा जसबाट पनि प्राप्त हुन सक्छ । तर, धेरैजसो अवस्थामा आमाबाट प्राप्त हुन्छ ।
सामान्यतया उमेर छिप्पिएका आमाबुबाका सन्तानमा यस्तो अवस्था आउने सम्भावना बढी हुन्छ । आमाको उमेर १५ देखि २९ वर्षको बीचमा छ भने बच्चामा डाउन सिन्ड्रोम हुने जोखिम प्रति १५ सयमा १ जनामा हुन्छ । यस्तै, ३० देखि ३४ उमेर समूहमा प्रति आठ सय जनामा एकजनामा, ३५ देखि ३९ वर्षमा प्रति २ सय ७० मा १, ४० देखि ४४ वर्ष समूहमा प्रति सयमा एक र ४५ वर्षपछि प्रति ५० मा एक नवजात शिशुमा हुन्छ । आमाको शरीरमा रहने अण्ड विषम वातावरणीय परिस्थितिबाट गुजँ्रदा यस्तो अवस्था आउन सक्छ । शुक्रकीटको आयु छोटो हुने हुनाले यस्तो विषम वातावरणीय असर शुक्रकीटमा पर्ने सम्भावना कम हुन्छ ।
अण्डाणुको मिओटिक कोष विभाजन हुँदा हुने ‘नन डिस्जक्सन’ बाट बनेका केही कोषमा २२ र केहीमा २४ क्रोमोजोम भयो भने पुरूषबाट पाउने २३ क्रोमोजोमसहित भ्रूणमा ४६ को सट्टा ४५ वा ४७ क्रोमोजोम भएको अवस्था सिर्जना हुन्छ । यो एक्स्ट्रा क्रोमोजोम २१ मा रहँदा ट्राइजोमी २१ बन्न पुग्छ । माथि उल्लेखित अवस्थाबाहेक अन्य क्रोमोजोमको केही  भाग आएर पनि ट्राइजोमी बन्न सक्छ । यसलाई ट्रान्सलोकेसन भनिन्छ । जुन करीब पाँच प्रतिशत डाउन सिन्ड्रोममा हुन्छ भने मोजियाक भन्ने अवस्था करिब एक प्रतिशत डाउन सिन्ड्रोम हुन्छ ।

लक्षण
डाउन सिन्ड्रोम भएका बालबालिका शारीरिक तथा मानसिक रूपमा सुस्त हुन्छन् । उनीहरूको शारीरिक बनावट पनि फरक हुन्छ । जस्तो, छोटो टाउको (ब्राकिसेफाली), आँखा सानो र मंगोलको जस्तो छड्के परेर बसेको हुन्छ । सानो नाक हुन्छ । टाउकोको पछाडिको भाग (अक्सिपुट) समतल हुन्छ ।औँला छोटा र चाक्ला हुन्छन् । हातमा ‘सिमियन’ नामक एकमात्र हस्तरेखा हुन्छ । खुट्टाका बुढीऔँला र दोस्रो औँलाका बीचमा चप्पल लगाउने ग्याप चाक्लो हुन्छ । डाउन सिन्ड्रोम भएका बच्चामा मुटुको रोग, पेटमा आन्द्राको बनावट नभएको एट्रेसिया हने, हृषप्रङगस डिजिज अनि आँखा टेडिनु, मोतिबिन्दु तथा दृष्टिदोष हुन्छन् । साथै, यस्ता समस्या भएका बालबालिकामा श्रवण शक्ति पनि कमजोर हुन्छ । थाइराइड ग्रन्थीले कम काम गरेर हाइपोथाइराइड हुन्छ । साथै घाँटीमा एटलान्डो अक्सिपिटल जोर्नी फुस्कने (सबलक्सेसन) पनि हुन्छ ।
डाउन सिन्ड्रोम भएका बच्चामा शारीरिक वृद्धि विकास अन्य बच्चाभन्दा सुस्त हुन्छ । तर, उनीहरूमा उमेरसँगै बढी तौल बढ्ने पनि हुन्छ । डाउन सिन्ड्रोम भएका  बच्चामा  छुट्टै वृद्धि चार्ट प्रयोग गर्नुपर्छ । मांशपेशीको लुलोपन पनि उमेरसँगै बढ्दै गई सुधार हुन्छ ।

निदान वा पहिचान  
डाउन सिन्ड्रोमलाई गर्भावस्थामा निदान गर्न फिटेल कार्र्योटाइप वा कोरियोनिक भिल्लस स्याम्पलिङ वा एम्नियोटिक फ्ल्युइड जाँच गरेर पत्ता लगाउन सकिन्छ । जसमा विटा एचसीजीवा अल्फा फिटो प्रोटिनजस्ता टेस्ट वा अल्ट्रासाउन्डद्वारा नाकको हड्डी तथा घाँटीको फेल्डको मोटोपन पत्ता लगाइन्छ । बच्चा जन्मिइसकेपछि कार्योटाइपिङ भन्ने परीक्षणद्वारा ट्राइजोमी २१ वा डाउन सिन्ड्रोम भन्ने अवस्था पहिचान गर्न सकिन्छ ।

उपचार
डाउन सिन्ड्रोम एउटा विशेष अवस्था भएकाले यसको प्रष्ट उपचार भन्ने चाहिँ हुँदैन । डाउन सिन्ड्रोम भएका बालबालिकालाई मुटु रोगको निदान र आवश्यक सर्जिकल उपचार, कानको उपचार, दाँत वा आँखाको रोगको उपचार तथा निमोनियालगायत संक्रमण रगतमा हुने ल्युकेमिया भनिने क्यान्सरजस्ता अवस्थाको उपचार वा सहायता पु¥याउने, सपोर्टिभ उपचारका माध्यम मात्र हुन् । मुख्यतः शस्घ्र उत्प्रेरणामूलक स्टिमुलेसन, बोलीको उपचार तथा शारीरिक उपचार, फिजियोथेरापीजस्ता उपचार गर्न सकिन्छ ।
दोहोरिने सम्भावना
आमाको उमेर ३५ वर्ष वा सोभन्दा कम भएमा डाउन सिन्ड्रोम दोहोरिने अवस्था करिब एक प्रतिशत हुन्छ । आमाको उमेर ३५ भन्दा बढी छ भने दोहोरिने अवस्था बढी हुन्छ । साथै आमामा ट्रान्सलोकेसन भएमा १० प्रतिशत तथा बुबामा भएमा चारपाँच प्रतिशत डाउन सिन्ड्रोम हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा ब्रेन स्ट्रोक २० प्रतिशत बढी
Next article स्याङ्जाको एलादीका १५ प्रतिसतमा मिर्गौला समस्या

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133387
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

60
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

46
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web