• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४१ प्रतिशत बच्चा अझै घरमै जन्मन्छन्

November 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४१ प्रतिशत बच्चा अझै घरमै जन्मन्छन्

 

हेल्थ टुडे

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या बढाउन करोडौ खर्च गरिरहेको छ । सरकारी स्वास्थ्य संस्थामा सुत्केरी सेवा निशुल्क गरेको छ । यसका अलावा यातायत खर्च स्वरुप हिमाली जिल्लामा १५ सय, पहाडीमा एक हजार र तराईमा पाँच सय नगद दिने गरेको छ । नवजात शिशुको स्याहारका लागि न्यायो झोला दिने गरेको छ ।

तर लगानी अनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन । अझै पनि ४१ प्रतिशत शिशु घरमै जन्मने गरेको हालै स्वास्थ्य मन्त्रालयले गरेको जनसाख्यिक स्वास्थ्य सर्वेक्षणले देखाएको छ । तर स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने गर्भवतीको संख्या भने क्रमिक रुपमा बढ्दै गइरहेको छ । सन् २०११ म ३५ प्रतिशत महिलाले मात्र स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने गरेका थिए भने अहिले त्यो संख्या बढेर ५७ प्रतिशत पुगेको छ । नपढेका महिलाको दाजोमा एसएसली वा सोभन्दा माथिको शिक्षा हासिल गरेका महिला बच्चा जन्माउन बढी स्वास्थ्य संस्था जाने गरेका छन् । पढेलेखेका ८५ प्रतिशत महिला बच्चा जन्माउन स्वास्थ्य संस्था जाने गरेको सर्वेक्षणले देखाएको छ । समग्रमा ५७ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा पाउने गरेका छन् ।

यो संख्या २०११ म ३५ प्रतिशत, २००६ मा १८ प्रतिशत र २००१ म जम्मा ९ प्रतिशत थियो । प्रतिशतका हिसाबले यसलाई प्रगति नै मान्नुपर्ने तर चुनौती अझै बाँकी नै रहेको जनस्वास्थ्यविज्ञहरू बताउँछन् । स्त्री तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ डा. सफला अमात्यले सरकारले लागनी गरे अनुसार परिणाम नआएको बताइन । उनले अहिलेको लगानीको अनुपातमा कम्तिमा ८० प्रतिसत महिलाले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएको हुनु पर्नेमा त्यो संख्या न्युन भएकाले सरकारले यस बिषयमा गम्भिर भएर सोच्नु पर्ने बताइन । स्वास्थ्य संस्थामा बच्चा जन्माउदा बाल र मातृदर कम हुने गरेको तथ्यांकले देखाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article  किन बढे राजधानीमा मुटु जाचँ गराउने
Next article जुम्राबाट स्क्रब टाइफस

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web