• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

३०० बेडको हुने भयो सेती अञ्चल अस्पताल

November 25th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३०० बेडको हुने भयो सेती अञ्चल अस्पताल

हेल्थ टुडे

धनगढी, ९ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं कैलाली क्षेत्र नम्वर ५ कि प्रतिनिधिसभा उम्मेदवार डा. आरजु देउवाको पहलपछि  ७ नम्बर प्रदेशको एक मात्र रेफरल अस्पताल सेती अञ्चल अस्पताल ३०० शैयाको हुने भएको छ ।  शुक्रवार बसेको मन्त्रीपरिषद् बैठकले सेती अंञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय मन्त्रीपरिषदबाट पारित गरेपछि हाल ५० शैया रहेको अस्पताल ३०० शैयाको हुने भएको छ ।

डा.आरजुको पहलपछि मन्त्री परिषद्ले अस्पताललाई ३०० शैयाको बनाउने निणर्य गरेकोे हो ।  केही दिन अगाडि मात्र डा. आरजुले सेती अञ्चल अस्पतालको स्थलगत निरिक्षण गर्दै जतिसक्दो छिटो अस्पतालको स्तरोन्ती गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन । त्यसको एक साता नवित्दै मन्त्रीपरिषद्ले अस्पताललाइ स्तरोन्ती गर्ने निर्णय गरेपछि यहाँका वासिन्दा खुशी भएका छन् । शैया अभावमा ठूलो संख्यामा विरामीले उपचारका कष्ट सहनु परिरहेको थियो । आफु सात नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न नै यस क्षेत्रबाट चुनाव लडेकोले सेती अञ्चल अस्पताको स्तरोन्नतीबाटै विकासको काम सुरु गरेको डा. आरजूले बताइन । ‘म प्रदेश नम्बर सातको विकासका लागि गम्भिर छु’ उनले भनिन, ‘तपाइ हाम्रो क्षेत्र सात नम्बर प्रदेश म पनि सम्पन्न भएको हेर्न चाहान्छु ’ ।

अञ्चल अस्पतालको विकासका लागि सैद्वान्तीक सहमती क्याविनेटले दिइ सकेकोले छिट्टै अस्पताल स्तरोन्ती हुने उनले बताइन । अस्पतालको शैया थपिएपछि आवश्यक भवन,आधुनिक उपकरण पनि भित्रिने उनले बताइन । ‘आइसियु कक्ष थप व्यवस्थित हुनेछ’ डा. आरजूले भनिन, ‘पुरै प्रदेशलाइ थेग्ने प्रतिक्षालय कक्षा र सुत्केरी बस्ने व्यवस्थित सुत्केरी घर निमार्ण हुन्छ । ’ सेती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रिता भण्डारीले हाल सरकारी स्तरवाट ५० शैया मात्रै रहेका अस्पतालमा १०६ जनाको दरवन्दी रहेपनि ८९ जनामात्रै कार्यरत रहेको जानकारी दिइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन ग्रिनसिटी अस्पतालका टण्डन
Next article रेडियोलोजीमा जनशक्ति अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132531
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web