• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एड्स नियन्त्रण केन्द्र बेकम्मा

November 30th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एड्स नियन्त्रण केन्द्र बेकम्मा

हेल्थ टुडे

काठमाडौं, १५ : मंसिर स्वास्थ्य मन्त्रालय मातहतको राष्ट्रिय  एड्स तथा यौन रोग नियन्त्रण केन्द्र बेकम्मा बन्दै गइरहेको छ । सन् २०३० सम्म एड्सको महामारी अन्त्य गर्ने लक्ष्य राज्यले लिएको भए पनि केन्द्रका गतिविधि त्यो अनुसार अगाडि बढ्न सकेका छैनन् । अनुमानका भरमा देशका एचआईभी संक्रमितहरुको संख्या घट्दै गइरहेको तथ्यांक पेस गरेर दाताहरुलाई खुशी पारिरहेको भए पनि यर्थातमा त्यो अवस्था छैन् । दुर्गमका रहेका संक्रमितहरुले एआरभी समेत पाउन सकेका छैनन् । केन्द्रकै तथ्यांक हेर्ने हो भने कुल संक्रमित मध्ये ६० प्रतिसतले अझै एआईभी उपचार पाएका छैनन् ।

राज्यले सन् २०२० सम्म ९० प्रतिसत संक्रमितको औषधि उपचारमा पहूच पुर्याउने प्रतिवद्धता विश्व सामू जनाए पनि केन्द्रकै फितलो नेतृत्वका कारण त्यो लक्ष्यमा पुग्न नसकिने अवस्था छैन । केन्द्रले देशमा ३२ हजार ७ सय ३५ जना एचआईभी संक्रमित रहेको अनुमान रिपोर्ट सार्वजनिक गरेको छ । यो संख्या कसरी घट्यो ? यसको आधार के हो ? यस बिषयमा केन्द्रका अधिकारी केही बताउन चाहदैनन् । केन्द्र अहिले नेतृत्व विहीन छ । दुई वर्षसम्म निर्देशक रहेर डा. तरुण पौडेल हालै सेवा निवृत भएका छन् । केन्द्रका कर्मचारीहरुको काम एचआईभीका क्षेत्रमा काम गरिरहेका एनजिआ्े र आईएनजीओको भत्ता पचाउने र उनीहरुले भने अनुसारका कागज तयार गर्ने मात्र रहेको केन्द्रका एक अधिकारी बताउछन् । ती अधिकारीले भने, ‘केन्द्रको नेतृत्व नै गतिलो नभए पछि सबै काम अनुमानका भरमा चलेका छन् ।’ ग्लोवल फण्ड लगायत दाताहरु मार्फत एचआईभी संक्रमितहरुको महासंघले पनि करोडौ रकम हात पारेकोले महासंघ पनि अहिले संक्रमितका समस्याका बिषयमा बोल्न छाडेको संक्रमित बताउछन् । महासंघले डोनरले पैसा दिएको बेला कुनै समस्या नै छैन भन्ने तर त्यो नभए सबैतिर समस्या देख्ने महासंघका अधिकारीको पुरानै रोग रहेको ती संक्रमितले बताए । केन्द्रका निवर्तमान निर्देशक डा. तरुण पौडेल भने सरकारले ७७ वटै जिल्लाका काम भइरहेको दावी गर्छन ।

नेपालमा कसरी संक्रमितको संख्या घट्यो त भन्ने प्रश्नमा विश्वव्यापी रुपमा संक्रमितको संख्या घट्दै गइरहेकोले हाम्रो देशमा पनि घट्यो भन्ने केटाकेटी तर्क दिदै उनी हिडेका छन् । केन्द्रका अधिकांश कर्मचारी एनजिओ र आईएनजीओको भत्ता आउने कार्यक्रममा मात्र भेटिन्छन् । डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवसको पूर्व सन्ध्यामा केन्द्रले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा निर्वतमान निर्देशक डा. पौडेल उपस्थित भएपनि सञ्चारकर्मिले उठाएका प्रश्नको प्रष्टसंग सही जवाफ दिन चाहेनन् ।  निमित्त निर्देशकको जिम्मेवारी पाएका वाल स्वास्थ्य महासाखाका निर्देशक डा. विकास लामिछाने केही बोल्नै चाहेनन् । केन्द्रका तथ्यांक अधिकृत वीर रावलले गोलमटोल उत्तर दिन खोजे पनि उनको कुरालाई कसैले पत्याएनन् ।

केन्द्रले वितरण गरेको प्रेश विज्ञप्तिमा ७० प्रतिसत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कका कारण सर्छ भनिएको छ तर यौन व्यवसायी र आप्रवासीका लागि केन्द्रसंग कुनै ठोस कार्यक्रम नै छैनन् । एक एचआईभी संक्रमित भन्छन, ‘केन्द्रको काम खाली एनजिओ र आईएनजीओको भत्ता खाने र वर्ष दिनमा एक पटक एड्स दिवस मनाउनु मात्र भएको छ । सरकारले केन्द्रमा गतिलो नेतृत्व नल्याउने हो भने यसलाई खारेज गरिदिदा हुन्छ । ’

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाँझोपनको समाधान के ?
Next article भैंसी बेचेर गर्भपतन !

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132589
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web