• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

योग गर्दा यी कुरा नबिर्सौ 

December 1st, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
योग गर्दा यी कुरा नबिर्सौ 

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग एकदमै फाइदाजनक हुन्छ । तर, योग गर्दा केही सावधानी अपनाउनुपर्छ । योग गर्दा केही नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना नगर्दा योगबाट फाइदा होइन, बेफाइदा हुन सक्छ । तसर्थ योग गर्दा केही कुरामा हामीले ख्याल राख्नै पर्छ ।

१. योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घन्टापछि मात्र नुहाउनुपर्छ । नभए, रुँघा, खोकीजस्ता समस्या आउन सक्छ ।

२. योग गरिरहेको समयमा बाथरुममा जानु उचित हुँदैन । बरु, आफ्नो शरीरको पानी पसिनाको माध्यमबाट बाहिर निकाल्नु पर्छ ।

३. योग गरिरहेको बेला शरीर तातो हुन्छ । यतिबेला चिसो पानी पिउनु लाभदायक हुँदैन । चिसो पानीले एलर्जी, खोकी लाग्ने सम्भावना हुन्छ ।

४. वज्रासनबाहेक अन्य कुनै पनि योग खाना खानसाथ गर्नुहुन्न । खाना खाएको कम्तीमा पनि तीन घन्टाको अन्तरालमा योग गर्नु सही हुन्छ । सबैभन्दा राम्रो त बिहान खाली पेटमा योग गर्नु हो ।

५. योग कठिन आसनबाट सुरु गर्नु हुँदैन । सरलबाट कठिनतिर जानुपर्छ ।

६. जब तपार्इं बिमार हुनुहुन्छ भने योग नगर्नुहोस् । यदि योग गर्न चाहनुहुन्छ भने योग गुरु वा चिकित्सकको परामर्श लिनुहोस् ।

७. योग गर्नुअघि थोरै वार्मअप गर्नुहोस् । यसपछि प्राणायाम र त्यसपछि योग गरौं । अन्त्यमा शवासन जरुर गरौं ।

८. योग गुरुको सल्लाह वा निगरानी बिना जथाभावी योग गर्नु हुँदैन । किताब पढेर वा सीडीमा हेरेर योग गर्दा समस्या हुन सक्छ । अर्काको देखासिकी गरेर पनि योग नगरौं ।

९. कम्मर, मांसपेशी वा घुँडासँग सम्बन्धित कुनै समस्या छ भने योग गर्नुअघि विज्ञसँग सल्लाह लिनुहोस् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उच्च रक्तचाप भएकालाई यौनसम्पर्क घातक
Next article स्वास्थ्यप्रति सचेत एनपी

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web