• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

हातखुट्टा मर्किए के गर्ने ?

May 3rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हातखुट्टा मर्किए के गर्ने ?

के महिला पुरुष, के युवायुवती वा बालबालिका, सबैले कुनै न कुनै कालखण्डमा यो भोगाइ बेहोरेका हुन्छन् । सबै व्यक्तिको सबैभन्दा बढी चाहिँ खुट्टा नै मर्किने गर्छ ।

‘हाम्रो देशमा सबैभन्दा बढी कुर्कुच्चो मर्कने समस्या पाउने गरिन्छ’,  हाड जोर्नी विशेषज्ञ डा.चक्रराज पाण्डे भन्छन्, ‘गोलीगाँठोको जोर्नीमा समस्या अर्थात् खुट्टा मर्काइपछि दोस्रो स्थानमा हातको नाडी मर्किने समस्या भएकाहरू बढी हुन्छन् ।’

हाडलाई केही नोक्सान नभई जोर्नीहरूलाई मिलाएर राखेको हाड जोड्ने तन्तु र स्नायु (लिगामेन्ट) सामान्य रूपमा तन्किनुलाई मर्काइ भनिन्छ । सामान्य रूपमा भन्नुपर्दा, लिगामेन्ट तन्किनु र धेरै चुँडिनुभन्दा पहिलेको अवस्था नै मर्कनु हो । शरीरको कुनै अंग विशेषलाई आवश्यकताभन्दा बढी भार दिएर काम गर्ने प्रयास गर्दा वा हामफाल्दा वा खेल्दासमेत यो समस्या निम्तिन सक्छ । शारीरिक गतिविधिमा अलिकति पनि असावधानीले हात वा खुट्टा मर्किन सक्छ । जब जोर्नीलाई अप्राकृतिक अवस्थामा जान बल लगाइन्छ, त्यतिखेर अंग मर्किन सक्छ ।

लिगामेन्ट अर्थात् हाड जोड्ने तन्तु डोरी जस्तै हुन्छ, तन्तुहरूको एउटा गुजुल्टो । यसले हाडहरूलाई आपसमा जोडेर तिनलाई स्थायित्व दिने गर्छ । यसै कारण जोर्नीहरूले आफ्नो काम गर्ने गर्छन् ।

‘जब कुनै अंगलाई आवश्यकताभन्दा बढी कुनै काम गर्न बल दिइन्छ, त्यो अंग मर्किने सम्भावना बढछ’, नेपाल प्रहरी अस्पताल, महाराजगन्जका हाडजोर्नी शल्य चिकित्सक गोपेशकुमार ठाकुर भन्छन्, ’युवतीहरूमा हाई हिल र प्लेटफार्म सुले गर्दा गोलीगाँठो मर्किने समस्या हालका दिनमा बढी देखिन थालेको छ ।’

विज्ञहरूका अनुसार, बालबालिका, खेलाडी आदि व्यायाम गर्दा वा खेल्दा यस्तो समस्यासँग जुध्नु सामान्य हो । तर कहिलेकाहीँ सानो हाड भाँचियो भने पनि मर्केजस्तो मात्रै लाग्ने गर्छ । यस्तोमा चाहिँ सचेत हुनुपर्छ । डा. ठाकुर भन्छन्, यस्तोमा मर्केको हो कि हाड भाँच्चिएको हो, थाहा पाउनु अति आवश्यक हुन्छ ।’

मांसपेशीमा हुने पीडा कम गर्नतिर लाग्नुअघि जोर्नी मर्केको हो वा हाड भाँच्चिएको हो, पत्ता लगाउनुपर्छ । पीडा बढी भए वा अचानक भए चिकित्सकसँग परामर्श लिएपछि मात्र उपचार प्रक्रिया थाल्नुपर्छ ।

कहिलेकाहीँ मर्केको जस्तो लाग्छ, तर त्यहाँ हाड भाँच्चिएको वा लिगामेन्ट चँुडिएको हुन सक्छ । मर्केको जोर्नी पहिलाजस्तै चलाउन सकिन्छ वा सकिँदैन, त्यसमा विशेष ख्याल गर्नुपर्छ । मर्केको जोर्नी चलाउन धेरै गाह्रो भए चिकित्सकको सल्लाह लिनैपर्ने डा. पाण्डे सुझाउँछन् । जोर्नी बांगोटिंगो देखिए, खुस्केको भए पनि यथाशीघ्र हाडजोर्नी विशेषज्ञकहाँ जानुपर्छ ।

मांसपेशीको पीडा निको पार्ने एउटा उपाय हो पर्याप्त आराम । यो पनि उपचारकै एउटा प्रक्रिया हो । डा. पाण्डेका अनुसार, हात वा खुट्टा मर्किए तातोपानीले सेक्नु हुँदैन । मल्हम वा तेल लगाएर मालिस पनि गर्नु हुन्न । अलिअलि मर्केको छ भने हल्कासँग इलास्टिक ब्यान्डेज लगाउँदा पनि आराम पाइन्छ । मर्केको ठाउँमा बरफ राख्नुपर्छ, बरफलाई प्लास्टिकमा राखेर । बिहान, बेलुका र दिउँसो गरी दिनमा तीन पटक १५र १५ मिनेट बरफ राख्ने गर्दा सुन्निएको कम हुन्छ, पीडा पनि घट्दै जान्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एमालेको घोषणापत्रमा स्वास्थ्यका ६ बुँदा
Next article मुटु र व्यायाम

Health Today Nepal

Related Posts

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

मौसमी रुघाखोकीका बिरामी बढे

मौसमी रुघाखोकीका बिरामी बढे

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web