• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

चिसोबाट यसरी जोगाउनुस् छाला

November 9th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिसोबाट यसरी जोगाउनुस् छाला

कमला श्रेष्ठ,ब्युटिसियन

  • देशैभरि चिसो बढ्ने क्रममा छ । चिसोले मानिसलाई रुघाखोकी, निमोनियाजस्ता विभिन्न समस्या निम्त्याएझैँ छालालाई पनि प्रत्यक्ष असर गर्छ । चिसोले छालालाई असर गरेसँगै मानिसको सौन्दर्यमा कमी हुँदै जान्छ । त्यसैले गर्मीलाई बिदाइ गरेसँगै आउने मौसम चिसोबाट बच्न विशेष ख्याल गर्नुपर्छ । जाडो मौसममा छाला रुखो, सुक्खा तथा फुस्रो हुन्छ । यस्तो वेला छालालाई सुन्दर, चम्किलो एवं मुलायम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ ।

    जाडो महिनामा छालामा हुने प्रमुख समस्या भनेको छाला सुक्खा हुनु हो । सुरुदेखि नै ख्याल गर्न सके छालालाई मुलायम बनाइराख्न सकिन्छ । व्यक्तिअनुसार छालाको प्रकार फरक हुने भएकाले आफ्नो छालाको अवस्था वा प्रकार बुझेर यसको सुरक्षामा ध्यान दिनुपर्छ । कसैको धरै सुक्खा हुने र धेरै स्याहार गर्नुपर्ने हुन्छ भने कसैको छाला सामान्य मात्र सुक्खा हुन्छ । 

  • जाडो मौसममा धेरैजसोको ओठ फुट्छ । यसको समाधानका लागि बजारमा पाइने लिपगार्ड, लिपबाम तथा लिपजेल लगाउनुपर्छ । यसले ओठ नरम बनाउँछ । साथै घरेलु उपायबाट पनि ओठ फुट्नबाट जोगाउन सकिन्छ ।
  • चिसोले गर्दा अनुहारमा फुस्रो र सेतो दागजस्तो देखिने समस्या पनि आउँछ । छालामा सुक्खापन देखा पर्नासाथ दिनको २–३ पटक मोस्चराइजर लगाउनुपर्छ ।
  • कसैको हातखुट्टा फुस्रो हुन्छ भने कसैको शरीर सुक्खा हुने र चिलाउने हुन्छ । यस्तोमा मोस्चराइजरयुक्त बडीलोसन लगाउनुपर्छ । जाडो महिनामा पानी पिउन अल्छी मान्छन्, धेरै । यो बानी सुधार्न जरुरी छ । पानी एकदम धेरै पिउनुपर्छ । शरीरमा पर्याप्त पानी भयो भने पनि शरीर धेरै सुक्खा हुँदैन । तर, पानी पिउँदा हल्का मनतातो गराउन जरुरी छ ।
  • जाडोमा चिसो हावाले अनुहारको भाग तथा हातखुट्टाको छाला फुट्छ र सुक्खा पनि हुन्छ । त्यसैले यो मौसममा अनुहारका साथै हातखुट्टामा पनि विशेष ध्यान दिनुपर्र्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोस्चराइजर वा लोसन लगाउँदा पनि निकै फाइदा हुन्छ ।

    नँया पत्रिका बाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा
Next article हाँस्दा स्वास्थ्यलाई फाइदा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

मौसमी रुघाखोकीका बिरामी बढे

मौसमी रुघाखोकीका बिरामी बढे

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web