• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जिल्ला अस्पतालमा विरामी भन्दा गोरुहरुको भिड

December 3rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जिल्ला अस्पतालमा विरामी भन्दा गोरुहरुको भिड

हेल्थ टुडे

मलंगवा, १७ मंसिर : यो हो, सर्लाहीको मलंगवास्थित सर्लाही जिल्ला अस्पताल । अस्पताल परिसर बैलगाडाले भरिएको छ । एउटाँमात्र एम्बुलेन्स छ । अस्पताल आउने अधिकांश गम्भिर प्रकृतिका विरामी यिनै बैलगाडामा ल्याउने गरिन्छ । अस्पतालका सिनियर स्टाप अनुज शाह भन्छन, ‘ यहाँका लागि बैलगाडा नै भरपर्दो एम्बुलेन्स हो ।’ गाउँतिर कुनै व्यक्ति विरामी पर्दा एम्बुलेन्स खोज्न भन्दा सजिलो र भरपर्दो हुने भएकाले यहाँका बासिन्दा बैलगाडालाई नै एम्बुलेन्स भन्ने गरेको शाह बताउँछन् । बैलगाडामा टाढा टाढाबाट विरामी आउँछन । तर कहिलेकाही गम्भिर प्रकृतिका विरामीलाई भने बैलगाडाको यात्रा सहज हुदैन ।

तत्काल अस्पताल पुर्याउनु पर्ने प्रकृतिका विरामीका लागि बैलगाडा उपयुक्त नहुने भए पनि एम्बुलेन्स पाउनै मुस्किल भएकाले बैलगाडामै विरामी ल्याउनु परेको असौरियाका विनायक महतो बताउछन् । एम्बुलेन्स महंगो हुने भएकाले पनि आफूहरुले विरामी अस्पताल ल्याउदा बैलगाडालाई नै प्राथमिकता दिने गरेको उनले बताए । जिल्ला अस्पतालमा आउने ९० प्रतिसत टाढाका विरामी यिनै बैलगाडामा चढेर आउछन । बैलगाडाका कारण अस्पताल परिसर फोहोर हुने गरेको छ । यसका साथै अनावश्यक भिडले उपचारमा समेत बाधा पर्ने गरेको अस्पतालकी सिनियर स्टाप नर्स देविका चौधरी बताउछिन् ।

सर्लाहीका अलावा तपाईका अधिकांश जिल्लामा उपचारका लागि विरामी अस्पताल ल्याउदा बैलगाडामा राखेर ल्याउने गरिन्छ । तर अस्पताल पुर्याएपछि तिनको व्यवस्थापन नहुदा अस्पतालको वातावरण नै बिग्रेको स्वासथ्यकर्मि बताउछन् । यसका साथै गम्भिर प्रकृतिका विरामीका लागि एम्बुलेन्सको बिकल्प बैलगाडा हुन नसक्ने चेतना समेत स्थानिय वासिन्दामा बिस्तार गर्नु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १८ नपुग्दै आधा युवतीलाई यौनको स्वाद  
Next article आनन्दकालागि मात्र हो त स्पा ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web