• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मधुमेहीकालागि सानो थाल 

December 5th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेहीकालागि सानो थाल 

डा. ज्योति भट्टराई

मधुमेहको प्रमुख कारणमध्ये अनियन्त्रित खानपान पनि एक हो । हामी एकै पटक थालभरि खान्छौ । कोची कोची खान्छौ । हामीलाई लाग्छ, एक पटक खाए दिनभरिलाई पुग्यो । हामी मध्ये धेरैको घरमा खाना खाने थाल ठूला छन् । हामी जङ फुडमा रमाउछौ । आफ्नो सजिलोका लागि केटाकेटीलाई जङ फुडमै टार्ने गर्छौ । खाजा भनेकै चाउचाउ, कुरकुरे, लेज जस्तै तयारी खानेकुरालाई ठान्छौ । स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको स्वाद र सजिलोलाई बढी ख्याल गर्छौ । यही अनियन्त्रित खानापानले मोटोपन बढीरहेको छ । शहरमा त अहिले दुब्ला मान्छे देख्न कम भइसके । सार्वजजिक सवारी साधनमा यात्रा गर्दा देख्न सकिन्छ, तिन जनाको सिटमा तिनजना अटाउनै मुस्किल परिरहेको हुन्छ ।

यही मोटोपनले उच्चरक्तचाप, स्वासप्रस्वास, मुटु, मिर्गौला रोग मात्र नभएर मधुमेह पनि ह्वात्तै बढाएको छ । मधुमेहले के बच्चा के युवा र के प्रौढ कसैलाई पनि छोडेको छैन । पहले पहिले झाडापाखाला, हैजा जस्ता सरुवा रोगका कारण धेरै मानिसको ज्यान जान्थ्यो । अहिले ठिक उल्टो हुन थालेको छ । सरुवा भन्दा नसर्ने रोगको संत्रमणका कारण धेरैको ज्यान गइरहेको छ । सरुवा रोगको उपचार सस्तो हुन्छ । तर नसर्ने रोगको उपचार एकदमै महंगो हुन्छ । नसर्ने रोग लाग्नै नदिन हामी सबै स्वास्थ्य प्रति सचेत हुनु पर्छ । विरामी भएपछि डाक्टर छदैछन वा अस्पताल छदैछन नी भन्ने धारणा पालेर बस्नु हुदैन । रोग लाग्न नदिन हामीले आफ्नो जिवनशैली परिवर्तन गर्नै पर्छ । यदी जिवनशैली परिवर्तन गर्न सकेनौ भने जति बेला पनि ठूलठूला रोगको संक्रमण गर्ने निश्चित छ । जिवनशैली परिवर्तन गर्नु पर्ने तरिका धेरै छन । ती मध्ये एकै पटक धेरै खाने बानी छोड्नु पनि एक हो ।  थोरै भात खाऔ । दुई मुठी चामलको भात भन्दा बढी नखाऔ । त्यसमा पनि सकभर सेतो चामल कम गरौ । भातसंग दाल, सागसब्जी र सलाद खाऔ । एकै पटक धेरै खानुको सट्टा तीन तीन घण्टाको फरक फरकमा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनमा पानी कम्तिमा चार लिटर पिऔ । मधुमेहबाट बच्न यही खानु पर्छ भन्ने छैन ।

थोरै थारै खाने, चिल्लो कम भएको खाना खाने, सागपात फलफुल खाने, पानी बढी पिउने, दैनिक शारिरिक अभ्यास गर्नु गर्छ । जङ फुडबाट भने बच्नै पर्छ । हिजोआज जहाँ जहा सडक पुगेको छ, त्यहा मधुमेहका विरामी बढी देखिन थालेका छन । त्यसको एउटै कारण हो जङ फुड । जहाँ सडक त्यहा मधुमेह जस्तै भएको अहिले त । सहर नहुन्जेल मानिसहरु स्थानिय बजारमा गएर सागपात, तरकारी, फलफुल बेच्छे । बारीमा उम्रिएको खान्थे । तर अहिले समय फेरिएको छ । सडक पुग्नु नराम्रो होइन । विकास हो । तर यसले ग्रामिण जिवनशैली बदलि दिएको छ । बाटो पुग्यो की त्यहा सबभन्दा पहिले जड फुड पुग्छ । फलफुल बेच्ने पशले जङ फुड बेच्न थाल्छन । स्थानियवासी सागपात खान छोडेर तयारी खान थाल्छन । जसको परिणाम स्वरुप सडक पुगेका बस्तीमा मधुमेहको प्रकोप बढी रहेको छ । तरकारी बेचेर चाउचाउ किनेर लैजाने महिला थुप्रै छन । शहरमा पाइने अधिकांश तरकारीमा बिसादी प्रयोग गरिएको हुन्छ । विसादी हालेको तरकारी खाने मानिसमा दुइगुना मधुमेह हुने संभावना हुन्छ । मधुमेहका बिषयमा सरकारी र निजी स्वास्थ्य संथामा कार्यरत स्वास्थ्यकर्मि समेत पूर्ण जानकार छैनन् । उनीहरुलाई मधुमेह सम्बन्धी तालिम दिनु पर्छ । स्कुल वरीपरि तयारी खाना बेच्न प्रतिवन्ध लगाउनु पर्छ ।  मधुमेह सबै उमेर समूहमा देखिएको छ ।

युवा अवस्थामै यो समस्याले सताउन थालेको पाइन्छ । केही समयपहिले धरानमा गरेको अध्ययनमा २० वर्ष उमेर समूहका साडे सात प्रतिसतमा मधुमेहको समस्या देखिएको छ । राजधानीमा त यो संख्या त्यो भन्दा धेरै बढी छ । काठमाडौंमा गरिएको अर्को अध्ययनले २५ प्रतिसत मधुमेहलाई रोकथाम गर्न सकिने देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल सहित दक्षिण पूर्वी एशियाका मधुमेहको संक्रमण चार प्रतिसतबाट वृदि भएर साडे आठ प्रतिसत पुगेको छ । सन् २०१२ मा दक्षिणपूर्वि एशियामा रगतमा अत्यधिक चीनीका कारण १० लाख मानिसको मृत्यु भएको थियो । जसमा मधुमेहको प्रत्यक्ष कारणका साथै मधुमेहको जटिलता र परिणामहरु जस्तै मिर्गौलाले काम नगर्ने, मुटु सम्बन्धी रोग र क्षयरोग छन । मधुमेहको समयमै उपचार नगराउदा जटिल समस्या आउछन । यसले आखा, मिर्गौला, मुटु र खुट्टामा समेत असर पर्छ । त्यसैले मधुमेह सहित अन्य नसर्ने रोगबाट बच्न आफ्नो जिवनशैली परिवर्तन गर्न जरुरी छ । त्यसैले मधुमेहबाट बच्न हामी पनि सुरु गरौ सानो थालमा खाना खाने बानी । (डा. भट्टराई इन्डोक्रानोलोजिस्ट एण्ड डाइवेटिज विशेषज्ञ हुन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. मनिषाको मुस्कानसहित उपचार
Next article किन हुन्छ महिनावारी बन्द  

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134002
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web