• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मोटोपनले जवानी गायव

December 23rd, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मोटोपनले जवानी गायव

केशर कार्की,

कुनै समय थियो, मानिसहरू खाना नपाएरै मर्थे । अहिले जमाना फेरिएको छ । अचेल मानिसहरू ‘बढी खाएर’ नजानिँदो किसिमले ज्यान गुमाइरहेका छन् । अर्थात् आधुनिकतासँगै मानिसको खानपान र रहनसहनले उसभित्र अनेक रोगको बीउ रोपिने गरेको छ ।

केही दशक अगाडिसम्म अहिलेको जस्तो खानपानमा विविधता थिएन । खानेकुरामा मानिसको सहज पहुँच पनि थिएन । भए पनि आर्थिक सामथ्र्यले भ्याउँदैनथियो । परिवर्तित समयसँगै यतिबेला प्रायजसो सहरिया मानिसको आधुनिक परिकारमा पहुँच भएको छ । गाउँघरको परिवेश छोडेर सहरियामा बन्ने होडबाजी जारी छ । सुविधाभोगी सहरिया जीवनले शारीरिक अभ्यासलाई पछाडि धकेलिदिएको छ ।  यही अनियन्त्रित खानपान र जीवनशैलीले हिजोआज ठूलो संख्यामा मोटोपनको समस्या बढ्दै गएको छ । मद्यपान धूमपान र जंकफुडको चंगुलमा विश्व नै परेको छ । कुन खाना कति खाने, केका लागि खाने, कसरी खाने, कति बेला खाने र किन खाने भन्ने कुराको हेक्का नराख्दा र हेक्का राखे पनि तिनलाई व्यवहारमा लागू गर्न नसक्दा मोटोपनको समस्या बढ्दै गएको विज्ञहरू बताउँंछन् ।

अहिले विश्वमा मानिसको मृत्युको प्रमुख कारण पनि यही अनियन्त्रित खानपान हुने गरेको तथ्यांकहरूले प्रमाणित गरेको छ । हिजोआज मोटोपन पनि नसर्ने रोगहरूको प्रमुख कारकका रूपमा देखिएको छ । आधुनिक युगमा ८० प्रतिशत मानिस खाएरै मर्छन् । १० प्रतिशत हर्मोनका कारण र  बाँकी १० प्रतिशत मानिसको ज्यान वंशानुगत रोगका कारण जाने गरेको छ विज्ञहरूको दाबी छ । हामीले खानपान र जीनवशैलीबीच तालमेल मिलाउन नसकेपछि यो अवस्था आएको हो । सहरमा पाइने  अधिकांश खानेकुरा विषादीयुक्त हुनु, खाद्यान्नमा मिसावट हुनु र त्यस्तो किसिमका उपभोग्य वस्तुप्रति सचेत नभइकनै उपभोग गर्नुले मोटोपन बढ्दै गइरहेको छ । 

हामीले अहिले अपनाइरहेको जीवनशैली पनि हाम्रै लागि घातक भएको विश्व स्वास्थ्य संगठनको ठहर छ । जन्मँदै मानिस सुविधाभोगी भएर जन्मने, ऐसआराममा प्यासी हुने र दुःख गर्नै नरुचाउने । अनि अबेर राति सुत्ने र अबेर बिहानसम्म उठ्ने कारणले पनि मानिसमा मोटोपन बढ्दै गएको पाइएको छ । अनियन्त्रित खानपान र अव्यवस्थित जीवनशैलीकै कारण १२ वर्षकै बालक पनि सय किलोग्रामसम्मको हुने गरेका छन् ।   मोटोपन भएका व्यक्तिमा यौन क्षमता कम हुने विभिन्न अध्ययनहरुले देखाइको छ । यौन सम्पर्क गर्न रुची नलाग्ने, सुविधा जनक ढंगले यौन सम्पर्क राख्न नसक्ने र एक दुई पटकमै थाक्ने जस्ता मोटोपन भएका व्यक्तिमा समस्या हुने गरेको उक्त अध्ययनले देखाएको छ । मोटोपनको समस्याबाट वर्तमानमा कोही अछुतो देखिँदैन । प्रौढमात्र होइन बालक, युवा सबैमा यो समस्या देखिएको छ । स्वास्थ्य सुविधा बढेपछि अस्पताल छँदैछ नि भन्ने मानसिकतामा विकास भइरहेको छ हिजोआज ।  जसको परिणाम मानिसले आफैं अपनाउन सक्ने स्वास्थ्यसम्बन्धी सावधानीसमेत अपनाउनमा लापरबाही गर्ने गरेको पाइएको छ । पोषणविद् प्राडा उमा कोइराला भन्छिन्, ‘धेरै मोटोपन रोगहरूको घर हो भन्ने कुरा मानिसले हेक्का नै नराखेका कारण जीवनमा अनेक रोगले मानिसलाई गाँज्दै लगेको छ ।’ मोटोपनकै कारण मधुमेह, उच्च रक्तचाप, बाँझोपन, नसा च्यापिने, कब्जियत, थाइरोइडलगायतका समस्या बढेदै गएको डा. कोइरालाको ठहर छ ।

मोटोपन घटाउने नाममा हिजोआज सहरमा अनेक नाम राखेर स्लिमिङ सेन्टर स्थापना भएका छन् । यस्ता सेन्टरहरूले विभिन्न मिडियामा विज्ञापन प्रकाशन प्रसारण गरेर आआफ्नै खालको डम्फु बजाउने गरेका छन् । यिनीहरूमध्ये एउटाले मोटोपन घटाउन डाइटिङ गर्नुस् भन्छ त अर्कोले डाइटिड नगरेरै घटाउन सकिन्छ । तेस्रोले मेसिनबाट घटाउन सुझाउँछ । फेरि अर्कोले हामीले उपलब्ध गराएको खाना खानुस् र घटाउनुस् भन्छ । केहीले भन्छन्, हाम्रोमा आएर शारीरिक अध्यास गर्नुस् । कस्को कुरा पत्याउने वा कस्को कुरा नपत्याउने भन्नेमा मानिस झन् दोधारमा परेका छन् । विभिन्न किसिमका सेन्टरका अनेक किसिमका सुझाव र विज्ञापनले मोटोपनको समस्यामा परेकाहरू झन् दिग्भ्रमित बनेका छन । कता जाने र नजानेको अवस्थामा उनीहरू देखिन्छन् ।

मोटोपनको समस्या झांगिँदै गइरहेको भए पनि नेपालका अस्पतालमा न मोटोपन घटाउने विशेषज्ञ छन् न त आधुनिक प्रविधि नै । अस्पतालहरूमा डाइटिसियनको दरबन्दी हुन्छ तर ती डाइटिसियन नै ९० देखि एक सय २० केजीसम्म तौल भएका भेटिन्छन् । मोटोपनको समस्या लिएर उनीहरू कहाँ पुगेपछि ‘मै त मोटो छु मैले कसलाई भन्ने’ जस्ता जवाफ पाइने गरेको सेवाग्राहीको गुनासो छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तपाईको स्तनमा पनि कतै  गाँठागुँठी त छैनन् ?
Next article देशभरिकै स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुदै

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web