• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्दै

January 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्दै

काठमाडौँ :औषधि खरिद र वितरणको अख्तियारी पाएका स्थानीय तहको अकर्मण्यताका कारण स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्दै गएका छन् । औषधि भण्डारण रित्तिनाले कतिपय स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित बन्न थालेको छ भने बिरामीले नि:शुल्क पाइने औषधिसमेत निजी पसलबाट महँगोमा किन्नुपरेको छ ।

स्वास्थ्य मन्त्रालयले स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि अधिकांश स्थानीय तहले औषधि खरिदका लागि बोलपत्र आह्वान गरेका छैनन् । सोझै खरिद गर्न सकिने औषधिका लागि पनि प्रक्रिया अघि बढाइएको छैन । यो स्थानीय तहको गैरजिम्मेवारीको पराकाष्ठा हो । यसबाट उनीहरू स्वास्थ्य र औषधि उपचारको संवेदनशीलताप्रति गम्भीर नभएको देखाउँछ । बेलैमा औषधि खरिदका लागि स्थानीय तहलाई प्रेरित एवं समन्वय गर्न नसक्नु सरकारको पनि कमजोरी हो ।

संवैधानिक प्रावधानअनुसार स्वास्थ्य मन्त्रालयले स्थानीयस्तरका सामुदायिक स्वास्थ्य एकाइ, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालयहरू स्थानीय तहलाई गत भदौ ११ गते नै हस्तान्तरण गरेको हो । अहिले ती स्वास्थ्य संस्थाको सञ्चालन, व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई छ र बजेट पनि केन्द्रबाट सोझै निकासा हुन्छ । त्यसैले स्वास्थ्य संस्थाका लागि औषधि तथा स्वास्थ्य उपकरण खरिद, भण्डारण र वितरणको प्रबन्ध सम्बन्धित स्थानीय तहले नै मिलाउनुपर्छ । तर भर्खरै कार्यान्वयनमा आएको स्थानीय तहमा बहाल जनप्रतिनिधि अलमलिनाले औषधि अभावको अवस्था सिर्जना भएको हो । जनप्रतिनिधिहरू प्रक्रियाबारे प्रस्ट बन्न नसक्दा, जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय नहुँदा र दलगत खिचातानीमा रुमल्लिँदा अहिलेसम्म औषधि खरिद हुन नसकेको हो । यसले गर्दा उपचार सेवा नै प्रभावित बन्न पुगेको छ ।
औषधि खरिदका लागि बजेटको समस्या भने छैन । बोलपत्र आह्वान गरेर किन्दा समय लाग्न सक्ने अवस्थामा पाँच लाख रुपैयाँसम्मको औषधि स्थानीय तहले सोझै किन्न सक्छ । औषधि खरिदको अभ्यास स्थानीय तहले पहिलोपटक गर्न लागेकाले विधि र प्रक्रियाबारे अन्योल हुन सक्छ तर यसअघि औषधि खरिद, वितरणको जिम्मेवारी सम्हालेको जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर प्रक्रिया अघि बढाउन सकिन्छ । तर जनप्रतिनिधिहरू गैरजिम्मेवार बन्दा स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्न थालेका हुन् । स्वास्थ्य संस्थामा जीवनजल, एमोक्सिलिन, सिप्रो लगायतका अत्यावश्यक औषधि पाइन छाडेको छ । त्यसो त जनप्रतिनिधिहरू दलगत स्वार्थमा केन्द्रित हुनाले थुप्रै स्थानीय तह अनिर्णयको बन्धक बनेका छन् । जनप्रतिनिधि बहाल भएको ६ महिनाभन्दा बढी (प्रदेश नं. २ बाहेकमा) कतिपय स्थानीय तहमा वार्षिक बजेट तथा कार्यक्रम नै तर्जुमा हुन सकेको छैन । त्यसको प्रभाव स्वास्थ्य उपचारजस्तो संवेदनशील क्षेत्रमा समेत परेको छ ।
राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक हक हो । हरेक सेवाग्राहीलाई गुणस्तरीय सेवा प्राप्त गर्ने हक पनि हुन्छ । आधारभूत स्वास्थ्य सेवा स्थानीय सरकार भनिने स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भएकाले संविधानप्रदत्त यी हकको प्रत्याभूति नागरिकलाई दिलाउने दायित्व उनीहरूकै हो । राज्य पुन:संरचनापछि अधिकारसम्पन्न स्थानीय सरकार गठन हुँदै गर्दा आम नागरिकमा सिर्जना भएको उत्साहलाई जगाइराख्न पनि अहिले सिर्जित औषधि अभावको समस्यालाई जतिसक्दो छिटो किनारा लगाउनुपर्छ । सबै स्थानीय तहले बोलपत्र आह्वान प्रक्रियालाई तत्काल अघि बढाउनु त पर्छ नै, औषधि नै रित्तिएका ठाउँमा नियमले मिल्ने परिणामसम्म औषधि सोझै खरिद गर्नुपर्छ । विधि र प्रक्रियामा अलमल भए जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्नुपर्छ । बैठक/सभा हुन नसकी अनिर्णयको बन्धक बनेका स्थानीय तहहरूमा जनप्रतिनिधिहरू दलगत स्वार्थबाट माथि उठ्न सक्नुपर्छ । मानव जीवनसँगै जोडिएको स्वास्थ्य सेवा सञ्चालनमा उनीहरूका कारण बाधा उत्पन्न हुनु हुन्न । सरकारले ७० प्रकारका औषधि नि:शुल्क दिने घोषणा गरेको छ । सेवाग्राहीले स्वास्थ्य संस्थाबाट नि:शुल्कको सूचीमा रहेका सबै औषधि पाउन सके मात्र त्यस्तो घोषणा सार्थक बन्न सक्छ । त्यसैले स्थानीय तहहरूले नि:शुल्क घोषित अधिकतम औषधि स्थानीयस्तरकै स्वास्थ्य संस्थामा उपलब्ध गराउने प्रबन्ध पनि मिलाउनुपर्छ ।कान्तिपुर बाट
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अदालतको आदेश विरुद्ध डा.केसीअनशनमा
Next article स्वास्थ्य बीमा परिचयपत्र वितरण शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131839
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web