• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

चिसोबाट जोगिन के खाने ?

January 17th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिसोबाट जोगिन के खाने ?

डा. अरुणा उप्रती,

जाडोमा बालबालिका एवं बूढाबूढीहरू बढी सावधान हुनुपर्छ । त्यसमा पनि अहिले धूलो, धूवाँले गर्दा हरेक व्यक्तिलाई रुघाखोकी तथा श्वासप्रश्वासको समस्या हुन्छ । हिमाली भूभाग तथा सुदूरपश्चिममा महिलालाई छाउपडी समस्या भएकाले त्यस भेगका सुत्केरी महिलालाई बढी समस्या पर्छ । जाडोमा भर्खरै जन्मिएका शिशुको मृत्युदर पनि बढी नै हुन्छ । काठमाडौंमा धेरै सुविधा भएर पनि प्रदूषित वातावरणका कारण रोगसँग लड्ने शक्ति कम भएकाले विभिन्न समस्या सिर्जना हुन्छन् ।

कतिपय पार्टीमा जाँदा पातलो लुगामै जाने, कोट, ज्याकेट लगाउँदा पहिरन छोपिन्छ भनेर कामेरै त्यस्ता पार्टीमा सहभागी हुनेहरू प्रशस्तै छन् जसका कारण घाँटी दुखेर ज्वरो आउने समस्या देखा पर्छ ।

जाडोमा तातो झोल बढी खानुपर्छ भने  चिसो पदार्थ भरसक खानुहुँदैन । जाडोमा खाइने गहतको दालले रक्तअल्पताको समस्या समाधान गर्छ । जाडोमा सुदूरपश्चिमतिर गहत तथा मासको दाल खाने चलन छ । यसले स्वाद फेर्नुका साथै शारीरिक शक्ति पनि उत्तिकै बढाउँछ । धेरैजसोले जाडोमा कागती खायो भने घाँटी दुख्छ भन्छन् तर त्यो गलत हो । कागतीमा हुने भिटामिन सी एवं सूक्ष्म पोषण तत्वले रुघाखोकीबाट जोगाउँछ । अहिले घाममा बस्ने चलन पनि हराउँदैछ भने २५–३० वर्षका युवतीहरूले पनि जिउ कटकटी दुख्यो भन्छन् ।

त्यसको प्रमुख कारण भिटामिन डीको कमी हो । २० प्रतिशत भिटामिन डी खानाबाट प्राप्त हुन्छ भने ८० प्रतिशत सीधा घामबाटै पाइन्छ । त्यसका लागि १५ देखि २० मिनेट सीधै घाममा बस्नुपर्छ । अहिले जंक फुडले गर्दा धेरैलाई कब्जियतको समस्याले सताइरहेको छ । गर्भवती महिलालाई कब्जियत छ भने पाठेघर खस्ने समस्यासमेत हुनसक्छ । जाडोमा रुघाखोकी एवं ज्वरो छ भने घरमै आराम गर्नुपर्छ । लेमन टी, सुप, कागती, कालो मरिच पानी, तातोपानी खाएर सूक्ष्म जीवाणु कम गर्न सकिन्छ । रुघाखोकी छ भने तातोपानीमा खुट्टा चोबेर, तोरीको तेल एवं सुतीको मोजा लगाई न्यानो पारेर सुत्नुपर्छ । चिसोमा मुख्यत: टाउको तथा खुट्टालाई बढी न्यानो राख्नुपर्छ ।

चिसोबाट जोगिन के खाने ?

हाम्रो भान्सामै हुने दाल, आलु, विभिन्न तरकारी, धनियाँ आदिलाई काटेर प्रेसरकुकरमा ज्वानो, मेथी फुराइएको झोल पकाएर खान सकिन्छ । त्यसमा माथिबाट धनियाँ र कागतीको रस हालेर खाँदा जिउ तातो हुनुका साथै चिसोबाट जोगिन मद्दत मिल्छ । कागती पानीमा मह वा सख्खर हालेर खाइरहने ।

उमालेको पानी वा दूधमा बेसार तथा मरिच हालेर राति सुत्ने बेला एक–एक गिलास पिउने ।

बालबालिकाहरूको खानामा हरियो सागपात समावेश गर्दै अलिकति कागती मिसाएर घिउ झान्ने ।

गहतलाई पानीमा भिजाएपछि राम्रोसँग पिसी सुप बनाएर खाने ।

 

गहतलाई भुटेर, पिसेर आटाजस्तो बनाएर पुन: भुटेर पानी, नुन तथा इच्छानुसारका मरमसलाहरू हालेर सुप तयार गर्न सकिन्छ । जाडोमा हप्ताको एक–दुई पटक गहतको दाल खानुपर्छ ।

यो समयमा टुसा उमारेका गेडागुडी पनि उपयुक्त हुन्छन् । कुनै पनि गेडागुडीलाई टुसा उमारेर क्वाँटी बनाएर खाँदा त्यसमा भएको भिटामिन २ सय गुणाले वृद्धि हुन्छ ।

जाडोमा हरियो तरकारीलाई दैनिक खानामा समावेश गर्नुपर्छ । हरियो सागले कब्जियत हुन दिँदैन ।

भिटामिन सी प्रशस्त मात्रामा हुने अमलालाई दैनिक खानामा प्रयोग गर्नुपर्छ । अमलालाई दालमा हाल्दा पनि हुन्छ । अमला प्रशस्त छ भने त्यसलाई स–साना टुक्रा पारी घाममा सुकाएर सुपारीजस्तो बनाएर खान सकिन्छ ।

खोकीले प्राय: सबैलाई सताउँछ । खोकी गर्मी – जाडो दुवै मौसममा लाग्छ । खोकी लाग्ने विभिन्न कारण हुन्छन् । खोकी सामान्य समस्यामा पनि लाग्छ भने गम्भीर रोगको लक्षणका रूपमा पनि देखापर्न सक्छ । सामान्यतया खोकी लागेको अवस्थामा हामीले केही खानेकुरामा ध्यान दिने हो भने यो चाँडै निको हुन्छ । खोकी लागेको अवस्थामा खान नहुने केही खानेकुरा छन् ।

जंक फुड

जाडोमा खोकी लागेका बेला जंक फुड खानुहुँदैन । जंक फुडले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।

तारेका खानेकुरा

खोकी लाग्दा तारेका खानेकुरा खाँदा अझ बढी खोकी लाग्छ । खानेकुरालाई लामो समय फ्राई गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुनुका साथै त्यसले खोकी लाग्ने तथा घाँटी दुख्ने कारक तत्वलाई सक्रिय तुल्याउँछ ।

चिसो पदार्थ

आइसक्रिम तथा चिसो पेय पदार्थले घाँटीको संक्रमण हुन्छ । टन्सिल तथा घाँटी दुख्ने समस्या भएकाहरूले चिसो पेय तथा फ्रिजबाट सीधै निकालिएको खाना परित्याग गर्नु नै उपयुक्त हुन्छ ।नारीबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्ता छन् मह सेवनका फाइदा
Next article कोशी अस्पतालमा मुटुरोगसम्बन्धी सेवा प्रदान

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132526
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web