• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘साबुनपानीले हात धुने’ विषयमा पीएचडी 

January 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘साबुनपानीले हात धुने’ विषयमा पीएचडी 

हेल्थ टुडे,

काठमाडौं  : सुन्दा समान्य लाग्छ ‘साबुनपानीले हात धुने’ बिषय । तर साबुनपानीले हात धुने बानी नगर्दा हामी थुप्रै सरुवा रोगको संक्रमणको सामना गरिरहेका हुन्छौं । झाडापखाला, हैजा, जुका, निमोनिया, जन्डिस, छालाको एलर्जीजस्ता   रोगको संक्रमण साबुनपानीले हात नधुँदा हुने गरेको अध्ययनले देखाएको छ । सही तरिकाले सबै नेपालीले साबुनपानीले हात धुने बानीको विकास गर्न सके ५० प्रतिशतभन्दा बढी सरुवा रोग आफैं निको हुने विज्ञहरूको दाबी छ ।

हो, यही सुन्दा सामान्य तर गम्भीर अर्थ बोकेको साबुनपानीले हात धुने विषयमा एकजना नेपालीले  विद्यावारिधि (पीएचडी) गर्दै छन् । उनी हुन्, शालिकराम धिताल । हाल उनी छात्रवृत्तिमा अस्ट्रेलियाको न्युक्यास्टल विश्वविद्यालयमा पीएचडी गरिरहेका छन् । धिताल यो विषयमा पीएचडी गर्ने पहिलो नेपाल हुनेछन् ।

स्वास्थ्य प्रवद्र्धन विषयमा अरू केही नेपालीले पीएचडी गरेका भए पनि साबुुनपानीले हात धुने विषयमा भने अहिलेसम्म कसैले पनि पीएचडी नगरेको धितालको दाबी छ । डेनमार्कबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका धिताल स्वास्थ्य मन्त्रालयमा जनस्वास्थ्य अधिकृतको रूपमा कार्यरत छन् । उनी अध्ययन बिदामा पीएचडी गरिरहेका हुन् । सस्तो, सजिलो र व्यावहारिक रूपमा सबैले दैनिक जीवनमा अवलम्बन गर्न सके विभिन्न रोगको संक्रमण घटाएर स्वस्थ्य समाज निर्माणमा सघाउ पु¥याउन सकिने भएकाले यो विषयलाई आफूले पीएचडीका लागि छानेको धिताल बताउँछन् । केही समयको बिदामा नेपाल आएका उनले भने, ‘रोग लागिसकेपछिको उपचारमा भन्दा रोग लाग्नै नदिने शिक्षालाई व्यापक रूपमा अगाडि बढाउन सके मात्र हाम्रोजस्तो देशमा रोगको संक्रमण कम गर्न सकिन्छ भन्ने विश्वासले नै यसमा लागेको हुँ ।’ संसारमा १९ प्रतिशत मानिसले मात्र साबुनपानीले हात धुने गरेका छन् । जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण २०१६ ले ४७ प्रतिशत नेपालीले साबुनपानीले हात धुने गरेको देखाएको छ । यसको अर्थ अहिले पनि आधाभन्दा बढी अर्थात् ५३ प्रतिशतले साबुनपानीले हात नधुने गरेको देखाएको छ ।

धिताल विगत दुई दशकदेखि स्वास्थ्य प्रवद्र्धनमा सक्रिय छन् । नेपालमा उपचारात्मकसँगै प्रतिरोधात्मक विषयलाई पनि सँगसँगै लैजान सके मात्र स्वस्थ्य समाजको परिकल्पना साकार हुने उनको अनुभव छ । स्वास्थ्य र सरसफाइको कमीले हुने संक्रमण कम गर्न साबुनपानीले हात धुने बानीको विकास गर्न सरकारले अझै पहल गर्नुपर्ने उनको मत छ । सल्यानको ढोरचौरमा जन्मेका धितालले जनस्वास्थ्यका विषयमा थुप्रै पुस्तकसमेत लेखिसकेका छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्तो छ एचआइभी÷एड्स महासंघको ११ बुँदे घोषणापत्र
Next article Health Today New Issue

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134341
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web