• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘साबुनपानीले हात धुने’ विषयमा पीएचडी 

January 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘साबुनपानीले हात धुने’ विषयमा पीएचडी 

हेल्थ टुडे,

काठमाडौं  : सुन्दा समान्य लाग्छ ‘साबुनपानीले हात धुने’ बिषय । तर साबुनपानीले हात धुने बानी नगर्दा हामी थुप्रै सरुवा रोगको संक्रमणको सामना गरिरहेका हुन्छौं । झाडापखाला, हैजा, जुका, निमोनिया, जन्डिस, छालाको एलर्जीजस्ता   रोगको संक्रमण साबुनपानीले हात नधुँदा हुने गरेको अध्ययनले देखाएको छ । सही तरिकाले सबै नेपालीले साबुनपानीले हात धुने बानीको विकास गर्न सके ५० प्रतिशतभन्दा बढी सरुवा रोग आफैं निको हुने विज्ञहरूको दाबी छ ।

हो, यही सुन्दा सामान्य तर गम्भीर अर्थ बोकेको साबुनपानीले हात धुने विषयमा एकजना नेपालीले  विद्यावारिधि (पीएचडी) गर्दै छन् । उनी हुन्, शालिकराम धिताल । हाल उनी छात्रवृत्तिमा अस्ट्रेलियाको न्युक्यास्टल विश्वविद्यालयमा पीएचडी गरिरहेका छन् । धिताल यो विषयमा पीएचडी गर्ने पहिलो नेपाल हुनेछन् ।

स्वास्थ्य प्रवद्र्धन विषयमा अरू केही नेपालीले पीएचडी गरेका भए पनि साबुुनपानीले हात धुने विषयमा भने अहिलेसम्म कसैले पनि पीएचडी नगरेको धितालको दाबी छ । डेनमार्कबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका धिताल स्वास्थ्य मन्त्रालयमा जनस्वास्थ्य अधिकृतको रूपमा कार्यरत छन् । उनी अध्ययन बिदामा पीएचडी गरिरहेका हुन् । सस्तो, सजिलो र व्यावहारिक रूपमा सबैले दैनिक जीवनमा अवलम्बन गर्न सके विभिन्न रोगको संक्रमण घटाएर स्वस्थ्य समाज निर्माणमा सघाउ पु¥याउन सकिने भएकाले यो विषयलाई आफूले पीएचडीका लागि छानेको धिताल बताउँछन् । केही समयको बिदामा नेपाल आएका उनले भने, ‘रोग लागिसकेपछिको उपचारमा भन्दा रोग लाग्नै नदिने शिक्षालाई व्यापक रूपमा अगाडि बढाउन सके मात्र हाम्रोजस्तो देशमा रोगको संक्रमण कम गर्न सकिन्छ भन्ने विश्वासले नै यसमा लागेको हुँ ।’ संसारमा १९ प्रतिशत मानिसले मात्र साबुनपानीले हात धुने गरेका छन् । जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण २०१६ ले ४७ प्रतिशत नेपालीले साबुनपानीले हात धुने गरेको देखाएको छ । यसको अर्थ अहिले पनि आधाभन्दा बढी अर्थात् ५३ प्रतिशतले साबुनपानीले हात नधुने गरेको देखाएको छ ।

धिताल विगत दुई दशकदेखि स्वास्थ्य प्रवद्र्धनमा सक्रिय छन् । नेपालमा उपचारात्मकसँगै प्रतिरोधात्मक विषयलाई पनि सँगसँगै लैजान सके मात्र स्वस्थ्य समाजको परिकल्पना साकार हुने उनको अनुभव छ । स्वास्थ्य र सरसफाइको कमीले हुने संक्रमण कम गर्न साबुनपानीले हात धुने बानीको विकास गर्न सरकारले अझै पहल गर्नुपर्ने उनको मत छ । सल्यानको ढोरचौरमा जन्मेका धितालले जनस्वास्थ्यका विषयमा थुप्रै पुस्तकसमेत लेखिसकेका छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article Health Today New Issue
Next article यस्तो छ एचआइभी÷एड्स महासंघको ११ बुँदे घोषणापत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131846
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web