• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 29th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्राण्डीको सघन उपचारमा कार्यरत  नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण 

January 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्राण्डीको सघन उपचारमा कार्यरत  नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण 

हेल्थ टुडे,

काठमाडौं, १३ माघ :  धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आजदेखि सघनउपचारमा कार्यरत नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनसँगको सहकार्यमा संचालित तालिममा बिभिन्न चरणका छनौट परिक्षा पास गरेर आएका २० जना नर्सहरुको सहभागिता रहेको छ ।

विभिन्न चरणमा संचालन हुने चार महिनालामो यस प्रशिक्षणबाट सघन उपचार नर्सिङ प्रशिक्षकका रुपमा सर्टिफिकेट प्राप्त गर्नेछन् । यसरी सर्टिफिकेट पाएका नर्सहरुले देशभर सघनउपचार नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण संचालन गर्ने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी असिस्टेन्ट नर्सिङ डाइरेक्टर तथा नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनकी एक्रिडेसन बोर्ड सदस्य लक्ष्मी केसीले जानकारी दिइन । त्रिबि शिक्षण अस्पतालसँगको सहकार्यमा रोयल कलेज अफ क्यानडाबाट आएको टोलिले पहिलो ब्याचमा १० जना नर्सलाई नर्स एजुकेटर तालिम दिएका थिए ।

सघन उपचार कक्ष अर्थात आईसियूका विभिन्न लेभल हुन्छन् । लेभल १, लेभल २ र लेभल ३ । यिनिहरुमध्ये लेभल ३ मा सबैभन्दा जोखिममा रहेका बिरामीहरुको उपचार गरिन्छ । आइसियूमा एउटा बिरामीलाई एउटा नर्सको आवश्यकता पर्छ र आईसियूभित्र नै एउटा कन्सल्ट्यान्ट डाक्टर समेत चाहिन्छ । तर, नेपालका अधिकांस अस्पतालहरुमा त्यस्तो व्यवस्था गर्न सकिएको अबस्था छैन । नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउन नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसन सँगको सहकार्यमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले समय समयमा पुनर्ताजगि तालिम र क्रिटिकल केयरबारे सचेतना फैलाउने काम समेत गर्दै आएको छ ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डाक्टरले ४ सय फि लिदा कसरी हुन्छ ब्रम्हलुट ? 
Next article शोभाकर कँडेलको मिसन : कुष्ठरोग मुक्त नेपाल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132265
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web