• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अपाङ्गमैत्री बस अस्पताल आसपासका रुटमा चल्ने

February 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अपाङ्गमैत्री बस अस्पताल आसपासका रुटमा चल्ने

हेल्थ टुडे

काठमाडौं : साझा यातायातले नेपालमै पहिलो पटक अपाङमैत्री ‘सेमी लो फ्लोर बस’ल्याएको छ । साझा  यातायातले अपाङ्ग र अशक्तहरुका लागि विशेष सेवा दिने गरी बस  ल्याएको हो । उक्त बसहरु अस्पताल वरपरका रुटमा चलाइने छ । सोमबार बस आइपुगेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनले साझा यातायातले प्राविधिक जाँचपास ,गाडी दर्ता गराएर रुट परमिट पाएपछि  उक्त बसहरु सञ्चालन ल्याउने बताए ।

रुट परमिट लिन बाँकी रहेपनि पाटनदेखि  त्रिपुरेश्वर (टिचिङ) बाँसबारी रुटमा रुटमा चलाउने भन्ने बारेमा  छलफल भइरहेको पाण्डेले बताए । उनका अनुसार यो बस बढी अस्पतालहरु भएका क्षेत्रमा नै सञ्चालन हुनेछ । यो बस चिल्लो सडकमा मात्र गुडाउन सकिन्छ । खाल्डाखुल्डी भएका सडकहरुमा यो बस चलाउन सकिँदैन किनभने यसको ग्राउण्ड क्लिरेयन्स सामान्य बसको भन्दा कम हुन्छ ।  साझाले ल्याएको सेमी लो फ्लोर बस ड्राईभर सहित ४१ सिट भएको छ ।  यो बस सुविधायुक्त र आरामदायी छ । बसमा चढ्नका लागि ढोकामा एउटा मात्रै स्टेप रहेको छ । जसका कारण अशक्त र अपाङ्गहरु सहजै चढ्न सक्छन । अन्य सामान्य गाडीमा दुई तीनवटा  स्टेपहरु हुन्छन् । उक्त बसको त्यो एक  स्टेप पनि आवश्यकता अनुसार फोल्ड गरेर ह्विल चियर चढाउन सकिने साझा यातायातले जनाएको छ । यो बस १२ मिटरको लम्वाईको छ । साझाका अन्य डिलक्स बसहरु १० मिटर लम्बाईको मात्रै छन । अन्य सामान्य बसहरु ८ देखि ९ मिटरका हुन्छन ।  यस्तो खालको बसको ग्राउण्ड क्लियरेन्स एकदमै कम हुन्छ । सामान्य बसको क्लियरेन्स ९ मिलिमिटर हुन्छ तर यसमा जम्मा ४ सय मिलिमिटर मात्रै रहेको साझा यातायातले जनाएको छ । जसका कारण अपाङ्ग र अशक्तहरु सहजै चढ्न र ओर्लन सक्छन ।

यो बसको अर्को विशेषता भनेको ड्राईभर एनाउन्समेन्ट हो ।  चालकले यात्रुलाई बस कहाँ पुग्यो भन्ने बेला बेला जानकारी दिईरहन सक्छन । त्यसै गरी बसमा सिसिटीभी  क्यामेरा जडान गरिएको छ । जसले गाडीभित्र हुने गरेका चोरी तथा हिंसाका घटनाहरुलाई रोक्छन । चढ्न र ओर्लनका लागि फरक फरक दुईवटा ढोकाहरु रहेका छन । साझाका अनुसार बस भित्रै  ह्विल चियर राखेर त्यसमै बसेर समेत यात्रा गर्न सकिन्छ । सेमी लो फ्लोर बसका लागि १ करोड रुपैयाँ लाग्ने भएपनि यो बस ३५ लाख रुपैयाँ लागतमा ल्याईएको साझा यातायातले जनाएको छ । यी बस भारतमा तयार गरिएका हुन ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेशका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै कर्मचारी सचिव हुनु पर्ने माग
Next article विश्व क्यान्सर दिवसमा दीप प्रज्वलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132565
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web