• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अपाङ्गमैत्री बस अस्पताल आसपासका रुटमा चल्ने

February 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अपाङ्गमैत्री बस अस्पताल आसपासका रुटमा चल्ने

हेल्थ टुडे

काठमाडौं : साझा यातायातले नेपालमै पहिलो पटक अपाङमैत्री ‘सेमी लो फ्लोर बस’ल्याएको छ । साझा  यातायातले अपाङ्ग र अशक्तहरुका लागि विशेष सेवा दिने गरी बस  ल्याएको हो । उक्त बसहरु अस्पताल वरपरका रुटमा चलाइने छ । सोमबार बस आइपुगेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनले साझा यातायातले प्राविधिक जाँचपास ,गाडी दर्ता गराएर रुट परमिट पाएपछि  उक्त बसहरु सञ्चालन ल्याउने बताए ।

रुट परमिट लिन बाँकी रहेपनि पाटनदेखि  त्रिपुरेश्वर (टिचिङ) बाँसबारी रुटमा रुटमा चलाउने भन्ने बारेमा  छलफल भइरहेको पाण्डेले बताए । उनका अनुसार यो बस बढी अस्पतालहरु भएका क्षेत्रमा नै सञ्चालन हुनेछ । यो बस चिल्लो सडकमा मात्र गुडाउन सकिन्छ । खाल्डाखुल्डी भएका सडकहरुमा यो बस चलाउन सकिँदैन किनभने यसको ग्राउण्ड क्लिरेयन्स सामान्य बसको भन्दा कम हुन्छ ।  साझाले ल्याएको सेमी लो फ्लोर बस ड्राईभर सहित ४१ सिट भएको छ ।  यो बस सुविधायुक्त र आरामदायी छ । बसमा चढ्नका लागि ढोकामा एउटा मात्रै स्टेप रहेको छ । जसका कारण अशक्त र अपाङ्गहरु सहजै चढ्न सक्छन । अन्य सामान्य गाडीमा दुई तीनवटा  स्टेपहरु हुन्छन् । उक्त बसको त्यो एक  स्टेप पनि आवश्यकता अनुसार फोल्ड गरेर ह्विल चियर चढाउन सकिने साझा यातायातले जनाएको छ । यो बस १२ मिटरको लम्वाईको छ । साझाका अन्य डिलक्स बसहरु १० मिटर लम्बाईको मात्रै छन । अन्य सामान्य बसहरु ८ देखि ९ मिटरका हुन्छन ।  यस्तो खालको बसको ग्राउण्ड क्लियरेन्स एकदमै कम हुन्छ । सामान्य बसको क्लियरेन्स ९ मिलिमिटर हुन्छ तर यसमा जम्मा ४ सय मिलिमिटर मात्रै रहेको साझा यातायातले जनाएको छ । जसका कारण अपाङ्ग र अशक्तहरु सहजै चढ्न र ओर्लन सक्छन ।

यो बसको अर्को विशेषता भनेको ड्राईभर एनाउन्समेन्ट हो ।  चालकले यात्रुलाई बस कहाँ पुग्यो भन्ने बेला बेला जानकारी दिईरहन सक्छन । त्यसै गरी बसमा सिसिटीभी  क्यामेरा जडान गरिएको छ । जसले गाडीभित्र हुने गरेका चोरी तथा हिंसाका घटनाहरुलाई रोक्छन । चढ्न र ओर्लनका लागि फरक फरक दुईवटा ढोकाहरु रहेका छन । साझाका अनुसार बस भित्रै  ह्विल चियर राखेर त्यसमै बसेर समेत यात्रा गर्न सकिन्छ । सेमी लो फ्लोर बसका लागि १ करोड रुपैयाँ लाग्ने भएपनि यो बस ३५ लाख रुपैयाँ लागतमा ल्याईएको साझा यातायातले जनाएको छ । यी बस भारतमा तयार गरिएका हुन ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेशका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै कर्मचारी सचिव हुनु पर्ने माग
Next article विश्व क्यान्सर दिवसमा दीप प्रज्वलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132354
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web