• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

प्रजनन उमेर सकिएपछि महिलामा अस्टिओपोरोसिस

March 18th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रजनन उमेर सकिएपछि महिलामा अस्टिओपोरोसिस

डा. अरुणा उप्रेती,

प्रजनन उमेरका महिलालाई उनीहरूको शरीरमा भएका विशेष हर्मोनहरूले प्राकृतिक रूपमा धेरै समस्याहरूबाट बचाएका हुन्छन् । ३५ वर्ष उमेर कटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ । शरीरमा हर्मोनको मात्रा कम हुँदै गएपछि हाडहरूको घनत्व पनि कम हुँदै जान्छ । यस्तो अवस्थामा बाहिरबाट हेर्दा खासै समस्या देखिँदैन । तर ४५ देखि ५० वर्ष पार गरेका महिलाको शरीरमा हाडको घनत्व कम हुने हुँदा कतै सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ ।

यसरी हाडको घनत्व कम हुँदै गएर हुने रोगलाई अस्टिओपोरोसिस भन्छन् । हाडको यो रोग लागेको बेलामा प्रायः नाडी, हिप र मेरुदण्डका हाडहरू भाँचिने सम्भावना बढी हुन्छ । हाड भाँचिने समस्याबाहेक यस रोगको कारणले शरीर पनि कुप्रो हुँदै जान्छ र दैनिक क्रियाकलाप गर्न पनि गाह्रो हुन्छ । नदेखिने गरी हाडको घनत्व कम हुँदै हात कमजोर हुने तथा यो रोग लागिसकेपछि पनि लामो समयसम्म थाहा नहुने भएकोले यसलाई ‘मौन रोग’ (साइलेन्ट डिजिज ) भनेर पनि भनिन्छ । किनभने धेरैजसो कतै लडेर हाड भाँचिएपछि एक्सरे गराएपछि मात्र यो रोग लागेको थाहा हुन्छ ।

चिकित्सा विज्ञानले निकालेको निष्कर्षअनुसार एस्ट्रोजेनबाहेक अन्य तत्वहरूले पनि यो रोग लाग्नुमा भूमिका खेल्छन् । मानिसको शरीरमा भएका हाडहरू कोषिका र हाडमासीबाट बनेका हुन्छन् । हाड बन्ने प्रक्रियामा क्याल्सिमय र भिटामिन डीको ठूलो भूमिका हुन्छ । रगतमा भएको क्याल्सियमले हाड बन्ने र हाडको जीर्णोद्धार गर्ने प्रक्रियामा लगातार मद्दत पु¥याइरहेको हुन्छ । रगतमा क्याल्सियम कम भयो भने हाडमा भएको क्याल्सियम पनि कम हुन्छ र हाड कमजोर हुन्छ । यदि तपाइं शाकाहारी हुनुहुन्छ भने शरीरमा क्याल्सियमको मात्रा एक दिनमा ८०० मिलिग्राम चाहिन्छ । यदि मांसाहारी हुनुहुन्छ भने एक दिनमा १२०० मिलिग्राम क्याल्सियम चाहिन्छ । मानिसको शरीरमा आन्तरिक प्रक्रियाका निम्ति पनि क्याल्सियम आवश्यक पर्छ । वयस्क मानिसको शरीरलाई दिनभरिका लागि पुग्ने क्याल्सियम चार कप दूध तथा तीन–चार कप दही वा तीन कप भटमासमा पाउन सकिन्छ ।

मौन रोगबाट बच्न क्याल्सियमका साथै हामीले अत्यन्तै ध्यान दिनुपर्ने अर्को तत्व पनि छ । त्यो हो, भिटामिन ‘डी’ । यसले हाम्रो शरीरको हाडका लागि अत्यन्त महत्व राख्छ । भिटामिन डी सूर्यको किरणमा पाइन्छ । भिटामिन डीले शरीरमा क्याल्सियमको शोषण राम्रोसँग गर्नमा मद्दत गर्छ । यदि भोजनमा क्याल्सियम मात्र छ र भिटामिन डी शरीरले प्राप्त गर्न सकेन भने भोजनमा भएको क्याल्सियमको शोषण हुन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुँदै जान सक्छ । सूर्यको किरणका अतिरिक्त भिटामिन डीका अरू स्रोत अन्डा र माछा पनि हुन् ।

हाडको घनत्व कम भएर लाग्ने अस्टिओपोरोसिसका सम्बन्धमा युरोपेली र अमेरिकाली महिलाहरूमा थुप्रै अध्ययन र अनुसन्धानहरू भएका छन् । त्यसैगरी छिमेकी मुलुक भारतमा भएको एक अनुसन्धानमा झन्डै ६ करोड भारतीय यस रोगबाट पीडित भएको तथ्य सार्वजनिक भएको छ । त्यसमा ७० प्रतिशत महिला थिए । महिला र पुरुष दुवैलाई हुने भए पनि महिलामा यो रोग बढी देखिएको छ । यसको प्रमुख कारण महिलाहरूको प्राकृतिक बनावट हो । महिलाहरूको हाडको घनत्व पुरुषहरूको भन्दा कम हुन्छ । महिलाहरू प्रजनन उमेरमा रहुन्जेल उनीहरूको शरीरमा रहेको हर्मोनले हाडको घनत्व ठीक राख्न मद्दत गरेको हुन्छ । तर जब महिनावारी सुक्ने समय नजिक आउँछ त्यसपछि शरीरमा हर्मोनहरू कम हँुदै जान्छन् । त्यस बेलामा हाडको घनत्व पनि कम हुँदै जान्छ ।

पुरुषहरूलाई उनीहरूको शरीरमा रहेको टेस्टोस्टेरोन नामक हर्मोनले यस रोगबाट बचाउन मद्दत गर्छ । तर ५० देखि ६५ वर्षको उमेरपछि पुरुषहरूको शरीरमा पनि यो समस्या देखा पर्न थाल्छ । यो रोग लाग्नुमा हर्मोनबाहेक अन्य कारण पनि छन् । शारीरिक परिश्रम बढी गर्ने महिलाहरूमा पनि यो समस्या धेरै देखिएको छ । त्यसैगरी अत्यन्तै दुब्ला महिला, धूमपान धेरै गर्ने महिलामा पनि यो रोग धेरै देखिएको छ । नेपालमा यस रोगबाट प्रभावित भएका व्यक्तिहरूको संख्या कति छ भनेर अध्ययन भएको छैन । केवल भारतमा भएको अनुसन्धानलाई आधार मानेर नेपालमा पनि यस रोगबाट पीडितहरू धेरै हुन सक्ने अनुमान गरिएको छ । हर्मोन विशेषज्ञहरूका अनुसार ४० वर्ष उमेर नाघेका महिलाहरू ढाड दुख्ने समस्या लिएर जँचाउन आउँछन्, तीमध्ये झन्डै ७५ प्रतिशतलाई यस रोगले च्यापिसकेको हुन्छ ।

नेपालको सन्दर्भमा यस रोगको एउटा प्रमुख कारण कुपोषण हो ।  अहिले पनि सुदूरपश्चिमका कतिपय ठाउँमा महिलालाई महिनावारी, गर्भिणी र सुत्केरी अवस्थामा अन्धविश्वासका कारण दूध र दहीजस्ता खाद्यवस्तु खाँदा  देउता रिसाउँछन् भनेर खान दिइँदैन । जबकि यस्तो बेलामा पोषणयुक्त र क्याल्सियमयुक्त भोजन चाहिन्छ ।  गर्भावस्थामा आमाको शरीरबाट विभिन्न भोज्य पदार्थ भ्रूणले लिन्छ । भ्रूणलाई बढ्न चाहिने क्याल्सियम आमाको रगतमा पुगेन भने भ्रूणले हाडमा रहेको क्याल्सियमबाट भोजन बनाएर लिन्छ । यसरी हाडमा रहेको क्याल्सियम भू्रणले लिएपछि आमाको हाड कमजोर हुँदै जान्छ । गाउँघरमा महिलाहरूले धेरै बच्चा पाउने हुनाले ३५ वर्ष नपुग्दै  हाड कमजोर भइसक्छ ।

यसरी गाउँघरमा अन्धविश्वासका कारण समस्या छ भने सहरमा चाउचाउजस्ता विभिन्न प्रकारका पुरियाबन्द तयारी खाद्यपदार्थ तथा कोक, फ्यान्टा र पेप्सीजस्ता पेयपदार्थहरूको बढ्दो प्रयोगले समस्या निम्त्याइरहेका छन । यस्ता तयारी खाद्यपदार्थ र पेयहरूमा क्याल्सियम र लौहतत्व हुँदैनन् केवल नुन र बोसोमात्र हुन्छन् । बढी नुनको प्रयोगले भोजनमा रहेको क्याल्सियमको पोषण कम गर्छ र पेय पदार्थहरूमा हुने क्याफिननामक पदार्थले रगतबाट क्याल्सियम हटाउँछ, जसले गर्दा हाडको घनत्व घटेर जान्छ । अनि रोगले आफ्नो ठाउँ बनाउन थाल्छ ।

विदेशतिर महिलालाई कुनै खास उमेर पुगेपछि हाडको घनत्व जाँच गर्ने सल्लाह दिइन्छ । शरीरमा हाडको घनत्व कम देखिएमा हाडको घनत्व बढाउन अनेक किसिमका उपायहरू सिकाइन्छन् । तर नेपालका महिलाहरूमाझ यस्ता सुविधाहरू पु¥याउन हाल सम्भव छैन । त्यसैले रोग लाग्ने कारणहरूको जानकारी धेरै महिलाहरूको माझमा पु¥याएर सुरक्षात्मक उपायहरू अपनाउनु नै उपयुक्त हुन्छ । यसमा प्रमुख उपाय भोजनको विषयमा राम्रो जानकारी दिनु नै देखिन्छ । भोजनको कुरा गर्दा रजोनिवृत्ति भइसकेका महिलादेखि किशोरीका बारेमा पनि सोच्नुपर्छ । ३० वर्षको उमेरसम्म हाम्रो हाडको घनत्व पूर्णरूपले बनिसक्छ । त्यसमा ७० प्रतिशत हाडको घनत्व १८ वर्षको उमेरसम्ममा बन्छ र बाँकी ३० प्रतिशत १२ वर्षको अवधिमा बन्ने प्रक्रिया हुन्छ । यसरी ३० वर्षको उमेरपछि हाडको घनत्व बन्ने प्रक्रिया रोकिन्छ । यसैले किशोरावस्थामा खाएको भोजनले भविष्यमा हुने हाडका समस्याहरूलाई बचाउनमा  महत्वपूर्ण भूमिका खेल्छ ।

क्याल्सियम हाडका लागिमात्र नभएर मुटुका लागि पनि निकै महत्वपूर्ण हुन्छ । मुटु खुम्चिने–फैलने कामका लागि क्याल्सियमको जरुरत पर्छ । शरीरका अन्य मांसपेशीहरूका निम्ति पनि क्याल्सियमको आवश्यक पर्छ । बाल्यावस्थादेखि नै भोजनको प्रयोगको सम्बन्धमा ध्यान पु¥याउने हो भने भविष्यमा आउन सक्ने धेरै समस्याहरूबाट आफूलाई बचाउन सक्नुहुन्छ । यो समस्याबाट आफू र आफ्ना परिवारका सदस्यहरूलाई टाढा राख्न चाउचाउ, चीजबलजस्ता तयारी खाद्यपदार्थहरू तथा कोक फ्यान्टाजस्ता पेयपदार्थहरूको प्रयोग कम गर्नुहोस् । आधुनिकताको नाममा प्रयोग गरिने ती चीजहरूले नोक्सान नै बढी गर्छन् । गर्भवती महिला र दूध ख्वाइरहेकी महिलालाई दिइने भोजनमा लौहतत्व र क्याल्सियमयुक्त होस् भनेर विशेष ध्यान दिनुपर्छ । पारम्परिक खानाहरू चाकु, सक्खर आदि भोजन क्याल्सियमयुक्त र लौहत्वयुक्त हुन्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जेठाजुबाट पत्रकार माया पकुवाललाई मिर्गौला दान
Next article ‘कुकुरको पुच्छर ’ जस्तै कोसी अञ्चल अस्पतालका डाक्टरहरुको चाला

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132612
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web