• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पुस्तकालयमै यौनका कुरा

April 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पुस्तकालयमै यौनका कुरा

हेल्थ टुडे,

सिन्धुली, ३ चैत्रः सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिक “महिनावारी भएका किशोरीले मात्र आवश्यकता अनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।” भनेर सबैको ध्यानाकर्षण गराउँछन ।

“किशोरी छात्राले पढाइलाई (विशेषतः हाजिरीमा) किन निरन्तता दिन सक्दैनन् भनेर खोजी गर्दा महिनावारी पनि एक कारण रहेछ, महिनावारी हुँदा पढ्न जाँदा साथीले के भन्छन, तल्लो पेट दुखिरहने, कहिलेकाहीँ त बढी रक्तस्रावसमेत हुने भन्दै उनीहरु विद्यालय नआउने रहेछन् ।” दीर्धप्रदीप उच्च माध्यमिक विद्यालय शीतलपाटीका स्वास्थ्य विषयका शिक्षक लोकबहादुर श्रेष्ठ विगतका समस्या सुनाउनुहुन्छ ।

“अभिभावक भेला, व्यवस्थापन समितिका बैठक एवं विद्यालयको आन्तरिक छलफलमा पुस्तकालयको एउटा दराजमा उनीहरु (छात्रा)को सहज पहुँच पुग्ने गरी सेनेटरी प्याडको व्यवस्था गरी वितरण कार्य शुरु गरौँ । अहिले खुलेर महिनावारी भएका छात्राले प्याड लान्छन् र प्रयोग गर्छन् त्यसैले उनीहरुको विद्यालय उपस्थितिमा असर परेको छैन । पढाइमा निरन्तता छँदैछ । खुलेर आफ्ना यौन तथा प्रजनन समस्या भन्ने गर्छन् ।” सोही विद्यालयका प्रअ शंकर उप्रेतीले भन्नहुहुन्छ । कक्षा आठदेखि १२ सम्मका करीब १५० भन्दा बढी छात्राले मासिक रुपमा सेनेटरी प्याडको प्रयोग गर्ने गरेको विद्यालयको तथ्याङ्क छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको सो विद्यालयले जस्ताको टहरामुनि भए पनि पुस्तकालय सञ्चालन गरेको छ । “यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्न छात्रछात्रा लजाउँथे, कक्षामा मुख छापेर बस्थे । पुस्तकालयमा यससम्बन्धी जानकारीमूलक सामग्री राख्न थालेपछि उनीहरु लजाउन छाडे । अहिले त खुलेर आफ्ना कुरा भन्छन् । चिकित्सकीय समस्या भएमा स्वास्थ्य चौकी जाउ भन्छु”, शिक्षिका गोमा सुवेदीले भन्नुहुन्छ । कथा, कविता, उपन्यास लगायत विभिन्न विधाका पुस्तक पुस्तकालयमा छन् । साथैै किशोरकिशोरीका लागि आवश्यक पर्ने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पुस्तक, पम्प्लेट, बुकलेट एवं छात्राका लागि सेनेटरी प्याडको व्यवस्था छ ।

“किशोरकिशोरी अवस्थाका लक्षण, कुन उमेरमा विवाह गर्ने, कति समयपछि बच्चा जन्माउने, परिवार नियोजनका कुन साधन कसरी अपनाउने, सुरक्षित यौन व्यवहार भनेको के हो ? लगायतका कुरा यहाँ ( पुस्तकालय) पढ्न पाइन्छ ।” सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सजिना माझी बताउनुहुन्छ । सुनकोशी बाल सञ्जालका अध्यक्षसमेत रहनुभएका माध्यमिक विद्यालय परीक्षा सकाएका प्रदीप माझी भन्नुहुन्छ, “पुस्तकालयमा रहेका यौन तथा प्रजनन सम्बन्धी जानकारी भएका पुस्तक लुकेर होइन खुलेर पढ्छौँ । यौन तथा प्रजननबारे छलफल तथा बहस गर्छांै । समस्या आए नजिकको स्वास्थ्य चौकीमा जान्छौँ । आफ्ना कुरा बाआमा र आफन्तलाई समेत सुनाउँछौँ ।”

रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिलाको फिस्टुला र क्यान्सर परीक्षण नि: शुल्क
Next article त्रिविले पिजीका लागि विभिन्न विषयको नयाँ सिट संख्या टुंगो लगायो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131905
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web