• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४०० जनाले निःशुल्क स्वास्थ्य जाँच गराए

May 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४०० जनाले निःशुल्क स्वास्थ्य जाँच गराए

हेल्थ टुडे,
काठमाडौँ, ६ जेठः काठमाडौँको उत्तरी क्षेत्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर टोखा नगरपालिका–३ मा धनेश्वरमा धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा पोलिक्निक सञ्चालनमा आएको छ । लामो समयदेखि टोखामा बसोबास गर्दै आउनुभएका १५ चिकित्सक तथा परिचरको लगानीमा आजदेखि धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा धनेश्वर पोलिक्निक सञ्चालनमा आएको हो ।
नवनिर्मित स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले चाँडै अस्पताल स्थापना गर्न लागेको जानकारी दिनुभयो । टोखा नगरपालिका–३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले टोखाका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले घरदैलो स्वास्थ्य शिविर, महिलामा हुने पाठेघर अर्बुद रोगको उपचार लगायत काम गर्दै आएको बताउनुभयो ।
अठ्ठाइस वर्षदेखि स्वास्थ्य सेवामा संलग्न डा प्रदीप ज्ञवालीको सक्रियतामा बनेको सेवा केन्द्रमा वीर, त्रिवि शिक्षण र नेपाल प्रहरी अस्पतालका चिकित्सकले सेवा दिनुहुनेछ । डा ज्ञवालीले स्थानीयवासीको साथ र सहयोग पाएमा आगामी दिनमा धनेश्वरमा १०० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने बताउनुभएको छ ।
गँगबु, मनमैजु, बानियाँटार, धनेश्वर, साङ्ला, फुटुङ, टोखा, झोर लगायत क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले स्थापना भएको केन्द्रमा स्थापनाका अवसर पारेर आज ४०० जनाले निःशुल्क स्वास्थ्य जाँच समेत गरेका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल रेडक्रस सोसाइटीद्धारा स्वस्थ भक्तपुर अभियान शुरु
Next article विशिष्ट ज्ञान भएका स्वास्थ्यका दरबन्दी कटौती गर्नु अन्याय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

Apr 24th 10:29 AM
समाचार

आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web