• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

झाडापखाला नियन्त्रणमा, बिरामी घर फर्कन थाले

May 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
झाडापखाला नियन्त्रणमा, बिरामी घर फर्कन थाले

दाङ, १४ जेठः पश्चिम दाङको शान्तिनगर गाउँपालिका ३ र ४ वडा का विभिन्न गाउँमा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।
शनिबार र आइतबार गरी ती दुई वडाका पातेटाकुरा, एकली लगायतका गाउँमा झाडापखालबाट ८८७ घरका एक हजार २०२ जना बिरामी परेको शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो ।
बिरामी मध्ये एक जनाको नेपालगञ्ज, १४ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुर र १० जनाको सिटी अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । अन्य सबै बिरामी उपचारपछि घर फर्किसकेका छन् ।
यसैबीच प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीय माइली खानेपानी मुहानको पानी बन्द गराइनुका साथै आइतबार पूर्णरुपमा सरसफाइ गरिएको छ । प्रभावित सबै घरमा तुलसीपुरबाट ट्याङ्करमा पानी लगेर वितरण गरिएको छ ।
आज पनि सो क्षेत्रका विद्यालय बन्द गरिएको छ । प्रभावित क्षेत्रमा अहिले नेपाली सेनाका चिकित्सक, सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी औषधि सहित उपचारमा संलग्न छन् । आइतबार प्रभावित सबैको घरमा गाउँपालिकाले बाल्टिन, साबुन तथा पानीमा राख्ने औषधि वितरण गरेको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भजाँच सेवा लिने महिलाको संख्यामा वृद्धि
Next article सातै प्रदेशका स्वास्थ्यकर्मीलाई एचआइभी सम्बन्धी प्रशिक्षण चलाइने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web