• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गर्भजाँच सेवा लिने महिलाको संख्यामा वृद्धि

May 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भजाँच सेवा लिने महिलाको संख्यामा वृद्धि

काठमाडौँ, १४ जेठः प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार देखिएको छ । प्रजनन, परिवार नियोजनको साधन प्रयोग, नवजात शिशुमृत्यु, पाँच वर्ष मुनिको बालमृत्यु, कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला, तथा पूर्ण रुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशतमा प्रगति देखिएको हो ।
अघिल्लो वर्ष प्रजनन दर (प्रतिमहिला) २.३ थियो भने यसपटक २.१ मा घटेको छ । आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणका अनुसार परिवार नियोजनको साधन प्रयोग दरमा गत वर्षको भन्दा तीन प्रतिशतले वृद्धि भएको छ । आर्थिक सर्वेक्षण अनुसार चार लाख ५० हजारले परिवार नियोजनको साधन प्रयोग गरेका थिए । स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सूचकका रुपमा हेरिने नवजात शिशु मृत्युदरमा उल्लेखनीय सुधार आएको छ ।
नवजात शिशु मृत्युदर (प्रतिएक हजार जीवित जन्ममा २८ दिनभित्र) २१ बाट १७ मा झरेको छ । समग्र स्वास्थ्य क्षेत्रको उल्लेखनीय सुधारका रुपमा यसलाई लिइन्छ । स्वास्थ्य मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत आमा सुरक्षा कार्यक्रम रहेको छ ।
यसैगरी, शिशु मृत्युदरमा सुधार देखिएको छ । शिशु मृत्युदर (प्रतिएक हजार जीवित जन्ममा जन्मेको एक वर्ष्भित्र) २६ मा झरेको छ । अघिल्लो वर्षसम्म ३२ रहेको थियो । यस वर्षको आर्थिक सर्वेक्षणले पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिएक हजार जीवित जन्ममा) ३९ बाट ३० मा झरेको देखाएको छ ।
पूर्वस्वास्थ्य सचिव डा किरण रेग्मी प्रजनन स्वास्थ्य, आमा सुरक्षा कार्यक्रमका कारण पछिल्लो वर्षमा यस क्षेत्रमा सुधार आएको बताउनुहुन्छ । यसैगरी, प्रजनन स्वास्थ्यको अर्काे महत्वपूर्णको पक्ष गर्भवती भएपछि स्वास्थ्य सस्थामा सेवा गर्भजाँच लिने महिलाको पनि संख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक सर्वेक्षणमा यस्ता जाँच गराउने महिलाको संख्या ६९ प्रतिशतबाट वृद्धि भई ७२ प्रतिशत पुगको छ । यसैगरी, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्यामा समेत उल्लेख्य वृद्धि भई ७२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ५७ प्रतिशत मात्र रहेको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नागरिक समाजको तर्फबाट सि.सि.एम. मा ४ सदस्य निर्वाचित
Next article झाडापखाला नियन्त्रणमा, बिरामी घर फर्कन थाले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web