• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सातै प्रदेशका स्वास्थ्यकर्मीलाई एचआइभी सम्बन्धी प्रशिक्षण चलाइने

May 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सातै प्रदेशका स्वास्थ्यकर्मीलाई एचआइभी सम्बन्धी प्रशिक्षण चलाइने

नगरकोट, १४ जेठः भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्स सम्बन्धी प्रशिक्षण दिइएको छ । राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपीएन) राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को लक्षित समुदायमा आधारित कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा एचआइभी संक्रमित माथि हुने भेदभाव र लाञ्छना न्यूनीकरण गर्ने, मानवअधिकारको सिद्धान्त, नयाँ विश्वव्यापी मान्यता र अवधारणाबारे जानकारी दिइएको थियो ।
त्यस्तै एचआइभी एड्स संक्रमितले सेवन गर्ने औषधि एवं एआरटी उपचार पद्धतिबारे समेत विस्तृत जानकारी दिइएको एनएपीएनका सचिव राजेश दिदियाले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा उपचारमा आउने, एचआइभी संक्रमित–संक्रमितबीच सुरक्षित यौन सम्बन्ध राख्नेबारे समेत जानकारी दिइएको थियो ।
“एनएपीएनले देशका सातै प्रदेशमा रहेका स्वास्थ्यकर्मीलाई यस्तै प्रशिक्षण चलाउने लक्ष्य लिएको कोषाध्यक्ष इन्दिरा परियारले बताउनुभयो । उहाँले एचआइभी संक्रमित महिला बढी समस्यामा परेको हामीले सुनेका छौँ । त्यसैले एचआइभी संक्रमित गर्भवती महिलाबाट बच्चामा संक्रमण हुन नदिन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।

नेडेफकी अध्यक्ष दीपा बस्नेतले एचआइभी एड्सलाई स्वास्थ्य समस्याको रुपमा लिने प्रवृत्ति नहुँदा संक्रमित भेदभाव र लाञ्छनाको शिकार हुनुपरेको बताउँदै एचआइभीलाई रोगका रुपमा लिएर संक्रमितलाई अरु बिरामीसरह सम्मानपूर्वक उपचार गर्न गराउन प्रशिक्षणको संयोजन गरिएको जानकारी दिनुभयो ।
भक्तपुरस्थित नेपाल स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण विकास फाउण्डेसनको संयोजनमा भएको उक्त प्रशिक्षणमा भक्तपुरका सरकारी तथा गैरसरकारी स्वास्थ्य चौकी एवं स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article झाडापखाला नियन्त्रणमा, बिरामी घर फर्कन थाले
Next article वरिष्ठ देउडा गायक जोशीको पत्थरीको सल्यक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web