• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपकरण र जनशक्तिको अभावले सेवा प्रभावित

June 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपकरण र जनशक्तिको अभावले सेवा प्रभावित

दाङ, ५ असारः राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको मिर्गौला रोगीका लागि डाइलोसिस सेवा प्रभावकारी हुन सकेको छैन । उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको अस्पतालले जनाएको छ ।
दुई महिनाअघि दुईवटा उपकरण जडान गरी सेवा शुरु गरिएको सो अस्पतालमा डाइलोसिस सेवा लिने बिरामीको चाप भने अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।
हाल जडान गरेको उपकरणबाट छ जना बिरामीलाई मात्र सेवा दिन सकिने भएकाले मिर्गौला रोगीले अन्य स्थानमा गएर सेवा लिन बाध्य भएका छन् । अस्पतालका निमित्त मेसु डा विनोद सिंंहले मेशिनको उपकरण र चिकित्सक अभावका कारण सोचे अनुरुप सेवा दिन नसकेको बताउनुभयो ।
उहाँले हप्तामा दुईपटक एकजनालाई सेवा दिने गरेको जानकारी दिनुभयो । अस्पतालमा हाल दुईवटा मात्र उपकरण छन् । डाइलोसिस सेवाका लागि प्राप्त जनशक्ति र उपकरण अभावले सबैलाई सेवा दिन सकेको छैन । हाल एकजना फिजिसियन डाक्टर, दुईजना स्टाप नर्स र कार्यालय सहयोगीबाट सेवा सञ्चालन भइरहेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले पनि उपकरणको अभाव र जनशक्ति नहुँदा सेवा प्रवाहमा कठिनाइ भएकाले मन्त्रालय तथा स्थानीय तहसँग पहल भइरहेको बताउनुभयो । कसरी अस्पतालको विकास गर्न सकिन्छ र धेरै विशेषज्ञ सेवा दिन सकिन्छ भन्नेबारेमा पहल भइरहेको उहाँले बताउनुभयो । त्यस्तै अस्पतालले शुरु गर्ने भनेको सघन उपचार कक्ष (आइसियु) सेवा पनि शुरु हुन सकेको छैन ।
अस्पतालमा तीन वर्ष पहिले नै आइसियु सेवा सञ्चालनका लागि ल्याएका उपकरण सहितका औजारमा पनि खिया लाग्न थालेका छन् । आइसियु सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार भएपनि जनशक्ति अभाव भएकोले सेवा शुरु गर्न नसकिएको अध्यक्ष देवकोटाले बताउनुभयो । तेह्रजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल चारजना मात्र चिकित्सक छन् । अस्पतालमा पाँचजना मेडिकल अधिकृत रहेको र एकजना बिदामा रहेको बताएको छ ।
उक्त अस्पताल एक वर्षदेखि मडिकल सुपरिटेण्डेन्ट विहीन छ । एक वर्ष पहिले त्यहाँका मेसु सरुवा भएर गएपछि मन्त्रालयले हालसम्म पनि मेसु पठाएको छैन । हाल कामकाजका लागि अस्पतालमा रहेका स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहलाई निमित्त मेसुको जिम्मा दिए पनि एक वर्षदेखि अञ्ंचल अस्पताल मेसुविहीन भएको हो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हजारौलाई जीवन दिने डा. देवकोटाको योगदान सदा स्मरणीय
Next article छोरी र श्रीमतिले दिए दागबत्ती–विद्युतीय मेसिनबाट दाहसंस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131598
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web