• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तेडियो अनशन–दोषीलाई कारवाही नभए पूनःअनशन बस्ने चेतावनी

July 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तेडियो अनशन–दोषीलाई कारवाही नभए पूनःअनशन बस्ने चेतावनी

काठमाडौँ, ३० असारः वीर अस्पतालमा आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारी अनशन तोड्नुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा जुस खुवाएर अधिकारीलाई अनशन तोडाउनुभएको हो ।
जुस खाएपछि अधिकारीले आफू १० दिनका लागिमात्र अनशन तोडेको बताउनुभयो । छोराको हत्या गर्ने दोषीलाई अहिले समातिएको बताउदै उहाँले, अब कारबाही हुन्छ कि हँुदैन, १० दिनसम्म दोषीलाई सरकारले के गर्दछ हेर्ने र यदि कारबाही नगरे फेरि ११औँ दिनमा अनशनमा बस्ने चेतावनी दिनुभयो । उहाँले अहिलेको अनशन तोडेको नभई स्थगितमात्र गरेको बताउनुभएको छ ।
सो अवसरमा मन्त्री तामाङले अनशन तोडाउँदा गंगामायालाई कहिल्यै अनशन बस्न नपर्ने गरी न्याय दिलाउने बताउनुभयो । सरकार अन्यायमा परेकालाई न्याय दिलाउने गर्दछ भन्नुहुदै उहाँले गंगामायालाई न्याय दिलाउनका लागि नै अदालत प्रक्रिया थालिएकोले न्याय नपाउने हो कि भनेर शंका नगर्न आग्रह गनुभयो ।
गंगामायालाई न्याय दिने सम्बन्धमा सरकार र मानव अधिकार सम्मलित समिति बनाइनेसमेत मन्त्री तामाङले बताउनुभयो ।
आयोगका अध्यक्ष शर्माले अधिकारीलाई न्याय दिलाउने बाटोमा आयोग लाग्ने बताउँदै अहिले घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ, अब दोषीलाई कारबाही हुने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले यदि सरकारले दोषीलाई कारबाही गर्न केही नगरे आफुहरु साथमै रहेको स्पष्ट पार्नुभयो ।
गोर्खा फुजेलकी ५८ वर्षीया अधिकारी गत जेठ १५ गतेदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशन बस्नुभएको थियो । गत आइतबार उहाँका छोराको हत्याका आरोपित छविलाल पौडेल सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेपछि अधिकारीलाई अनशन तोडाउने प्रयास गरिएको थियो ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारीको श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा विस २०७१ असोज ६ गते निधन भएको थियो । विसं २०६१ जेठ १४ गते छोरा कृष्णप्रसाद अधिकारीलाई मामाघर चितवन गएको बेला हत्या भएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सडकमै उपचार–निशुल्क ओपिडी
Next article डा. केसीलाई अनशन तोडेर वार्तामा आउन सरकारको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132594
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web