हेल्थ टुडे,
काठमाडौं, साउन ११ : नेपाल चिकित्सक संघले बिगत १० दुई हप्तायता सञ्चालन गरिरहेका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । संघका आजीवन सदस्य प्रा. डा. गोविन्द केसीले अनसन तोडेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो । नेपाल सरकारसँग बिहीबार राती सहमति भएपछि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका निम्ति १५ औं पटक अनसन बसेको २७ औं दिनमा डा. केसीले अनसन तोडेका थिए ।
चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बिज्ञप्ति निकालेर केसीका माग सम्बोधन गरी अनसन तोडाइएकोमा सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिइएको जानकारी दिएका छन् । केसीको जीवन रक्षाको लागि भन्दै संघले बिभिन्न दबावमुलक कार्यक्रमहरु गर्दै आएको थियो ।
Leave a Reply