• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा पहिलोपटक भित्रियो गुणस्तर मापन प्रविधि

July 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा पहिलोपटक भित्रियो गुणस्तर मापन प्रविधि

हेल्थ टुडे,

काठमाडौं : नेपालमा पहिलो पटक गुणस्तर मापन प्रविधि भित्रिएका छ । खिलुङ कालिका सप्लायर्सले अमेरिकी कम्पनीले निर्माण गरेको हाइजिना नामक गुणस्तर मापन प्रविधि (मेसिन) नेपाल भित्र्याएको हो । यो प्रविधिको सहायताले पानी, दूध, औषधि लगायतका पेय पदार्थमा किटाणुको उपस्थिति एटिपी प्रणालीबाट लगभग १५ सेकेन्ड भित्र थाहा पाउन सकिन्छ । यो प्रविधिले पेय पदार्थका साथै अस्पताल, औषधि कम्पनी, होटेल लगायतका स्थानमा भएको टिकाणुको अवस्था पनि तत्काल पत्ता लगाउन सकिन्छ ।

?

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले एक समारोहबिच शनिबार राजधानीमा उक्त गुणस्तर मापन  मेसिन हाइजिनाको सार्वजनिक गरेर यो प्रविधि स्वास्थ्य क्षेत्रका लागि आवश्यक भएको बताइन् । विश्वमा प्रयोगमा आईसकेका नयाँ नयाँ प्रविधि प्रयोग गर्न ढिला गरेकाले हामीे स्वास्थ्यमा थुप्रै समस्यासंगै जुध्दै आइरहेको दावी गर्दै राज्यमन्त्री अर्यालले भनिन, ‘ विभिन्न पेय पदार्थ र अस्पताल, होटेल, औषधि कम्पनी लगायतका क्षेत्रमा किटाणुको उपस्थिति थाहा पाउन र बेलैमा सतर्क रहन यो प्रविधि सरल र सहज भएकोले यसलाई सरकारले बढावा दिनेछ । ’ तरकारी र फलफुलमा हालिने विषादीका कारण हरेक मानिसको स्वास्थ्य जोखिममा परिरहेको प्रष्ट पार्दै उनले विषादी मिसिएको वा नमिसिएको (अर्गानिक ) थाहा पाउने प्रविधि पनि नेपाल भित्रिनु पर्नेमा जोड दिइन ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले गुणस्तर निरिक्षण प्रविधिले समग्र स्वास्थ्य प्रणालीमा सुधार हुने आशा व्यक्त गरे । हाइजेनियाका प्रतिनिधि युगो गुन्जालो र सहिद अहमदले यो प्रविधि आफैले गुणस्तर सुधार गर्ने नभई गुणस्तरका लागि हुनु पर्ने शुद्घता भए नभएको पत्ता लगाउने बताए । बेलायतलगायत संसारमा सयभन्दा बढी देशमा यो प्रविधि प्रविधि प्रयोग भइरहेको उनले दिए । माइक्रोवाइलाजिस्ट डा. प्रकाश घिमिरेले गुणस्तर मापन गर्न हप्तौ दिन पर्खनु पर्न समस्या यसले समाधान गर्ने बताए । कार्यक्रमका अध्यक्ष खुमा अर्यालले गुणस्तर मापन सम्बन्धी प्रविधि पहिलो पटक नेपाल भित्रिनु खुशीको कुरा भएको बताउदै सरकारी र निजी क्षेत्रले यसको प्रयोगबाट लाभ लिनु पर्नेमा जोड दिए । खिलुङ कालिका सप्लायर्स एण्ड जनरल ट्रेडिङका सिईओ सालिकराम अर्यालले अनुगमन गर्न सजिलो र बैज्ञानिक भएकोले यो प्रविधिले सबैको मन जित्ने विश्वास व्यक्त गरे । अर्यालका अनुसार यो मेसिनको मुल्य दुई लाख १० हजार रुपैया रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रत्येक आइतबार निःशुल्क स्वास्थ्य परीक्षण
Next article १२९ औं वर्षमा वीर अस्पताल, सेवा सुविधा थपिदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web