• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सरको रोकथाम र नियन्त्रण गर्न सबै सक्रिय हुनुपर्ने

August 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सरको रोकथाम र नियन्त्रण गर्न सबै सक्रिय हुनुपर्ने

हेल्थ टुडे,
चितवन, ११ भदौः नेपाल अबुर्द रोग निवारण संस्था चितवन शाखाले २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सभाको उद्घाटन गर्नुभएको छ ।
रोटरी सामुदायिक भवन गणेस्थान भरतपुर ११ मा सम्पन्न सभामा बोल्दै मेयर रेनु दाहालले भरतपुर स्थित बिपी कोइराला क्यान्सर अस्पतालको क्षमता विस्तार गरी प्रतिष्ठान बनाउन आफू सक्रिय रुपमा लागरहेको बताउनुभयो ।
सबै प्रकारका क्यान्सरका बिरामीहरूलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न महानगर समेत क्रियाशिल रहेको बताउदै उहाँले भयावह बनिरहेको क्यान्सरको रोकथाम, निदान र नियन्त्रण गर्न सबै सक्रिय हुनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले क्यान्सरका सबै प्रकारका बिरामीहरूलाई सर्वसुलभ उपचारको व्यवस्था मिलाउन नगरपरिषदबाट निर्णय समेत गरी अगाडि बढिरहेको जानकारी दिनुभयो ।
यस्तै अबुर्द रोग निवारण संस्था चितवनले क्यान्सर सम्बन्धी सचेतना, क्यान्सर परीक्षण र उपचारको साथै बिरामी कुरूवा घरसमेत संचालन गरेकोमा मेयर रेनुले प्रशंसा गर्नुभएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले क्यान्सर अस्पताललमा विचौलियालाई पूर्ण प्रतिबन्ध गर्दै सबै जनताले सहज रुपमा उपचार पाउने प्रक्रिया थप सहज बनाउन चितवन प्रशासनले नयाँ रणनिति तयारी गरेको बताउनुभयो ।
संस्थाका अध्यक्ष दिनेश चुकेले बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा कोषाध्यक्ष ऋतु गिरीले बार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
रोटरी क्लब चितवनका अध्यक्ष कपिलबाबु खनाल उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले मन्तव्य राख्नुभयो ।
सो अवसरमा क्यान्सर पीडित कल्पना प्रधानलाई उपचारमा सहयोग र्पुयाउन नगद २० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । अबुर्द रोग निवारण सस्थालाई आर्थिक सहयोग गर्ने चन्दादाता बाबुराम अधिकारी लगायतलाई सम्मान पनि गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने
Next article एप्पोन कप फुटवलको उपाधि एप्पल फर्मास्विटिकल्सलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133425
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

75
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

66
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web