• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनस्वास्थ्य विधेयक–३२ सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता

September 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनस्वास्थ्य विधेयक–३२ सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता

हेल्थ टुडे,
काठमाडौं, २४ भदौः सरकारले संसदमा दर्ता गराएको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको छ ।
उक्त विधेयकमा ३२ जना सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । सांसदहरुले एकल र संयुक्त रुपमा संशोधनका प्रस्ताव दर्ता गराएका छन् ।
विधेयकको दफा २८ मा औषधिको मुल्य, प्रेस्क्रिप्सन, फार्मेसी र निःशुल्क औषधि सम्बन्धि व्यवस्था रहेको छ। उक्त दफामा ६ उपदफाको प्रस्ताव गरिएको छ ।
सांसदहरुले उक्त दफाका उपदफाहरुमा विभिन्न ८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । उक्त दफामा संशोधन प्रस्ताव हाल्ने सांसदहरुमा कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, विनाकुमारी श्रेष्ठ, खेमप्रसाद लोहनी, सुजिता शाक्य, शान्तिमाया तामाङ पाख्रिन, माया देवी न्यौपाने, ध्रुवकुमार शाही, रविन्द्रराज शर्मा, तिर्था गौतम, विना बुढाथोकी, नवराज रावत, निरा देवी जैरु, आशाकुमारी विक र गगन थापा रहेका छन् ।
दफा २८ को उपदफा १ मा ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले औषधि सिफारिश गर्नुपर्दा जेनेरिक नाम लेख्नुपर्ने’ उल्लेख गरिएको छ । उक्त व्यवस्थामा सांसदहरुले संशोधन गर्दै जेनेरिक सहित पेटेन्ट र ब्रान्ड नाममा पनि लेख्न सक्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।
सांसदहरु कृष्णभक्त पोखरेल, विनाकुमारी श्रेष्ठ, खेमप्रसाद लोहनी, सुजिता शाक्य, शान्तिमाया तामाङ पाख्रिन, माया देवी न्यौपाने र ध्रुवकुमार शाहीले औषधिको सिफारिस जेनेरिकमा मात्र गर्ने विधेयकमा रहेको प्रावधानलाई थप विस्तार गर्दै पेटेन्ट र ब्रान्ड खुल्ने गरी लेख्नुपर्ने संशोधन हालेका हुन् ।
यस्तै उनीहरुले दफा १ को अन्त्यमा नै अस्पतालहरुले आफ्नै फार्मेसी सञ्चालन गर्दा अनिवार्य रुपमा ड्रग एन्ड थेरासिस कमिटीको व्यवस्था र स्वास्थ्य संस्थाको आफ्नै ड्रग फर्कुलरी मार्फत औषधिको प्रेस्कृप्सन जारी गर्नुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
यसैगरी, सोही दफाको उपदफा २ मा स्वदेशी औषधिलाई महत्वका साथ उल्लेख गरीएको छ । उपदफा २ मा पेटेन्ट र नयाँ औषधिको हकमा ब्रान्ड नाममा सिफारिस गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था रहेको छ । सो उपदफामा पेटेन्ट र नयाँ सहित स्वदेशी भन्ने शब्द राख्न पनि प्रस्ताव गरिएको छ ।
सांसदहरुले सुपथ मुल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु पर्ने बुँदाहरु प्नि संशोधनमा राखेका छन् ।
सांसद लक्ष्मणलाल कर्णले औषधिको मुल्य निर्धारण औषधि उत्पादक संघसँग समन्वय गरी गर्ने भन्ने संशोधन हालेका छन् ।

सांसद गगन थापाले ६ वटा उपदफा रहेको उक्त दफामा ७ नम्बर उपदफा थप गर्दै ‘सुपथ मुल्यमा जनतालाई गुणस्तरीय औषधि उपलब्ध गराउन स्थानीय सरकारले आवश्यकता अनुसार सार्वजनिक÷सामुदायीक फार्मेसी सञ्चालन गर्नसक्नेछ’ भन्ने व्यवस्था राख्न संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाँकेका बाढीपीडितमा स्वास्थ्य समस्या
Next article  स्वास्थ्य प्रवद्र्धनको बुझाइ र वास्तविकता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131760
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web