• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनस्वास्थ्य विधेयक–३२ सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता

September 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनस्वास्थ्य विधेयक–३२ सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता

हेल्थ टुडे,
काठमाडौं, २४ भदौः सरकारले संसदमा दर्ता गराएको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको छ ।
उक्त विधेयकमा ३२ जना सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । सांसदहरुले एकल र संयुक्त रुपमा संशोधनका प्रस्ताव दर्ता गराएका छन् ।
विधेयकको दफा २८ मा औषधिको मुल्य, प्रेस्क्रिप्सन, फार्मेसी र निःशुल्क औषधि सम्बन्धि व्यवस्था रहेको छ। उक्त दफामा ६ उपदफाको प्रस्ताव गरिएको छ ।
सांसदहरुले उक्त दफाका उपदफाहरुमा विभिन्न ८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । उक्त दफामा संशोधन प्रस्ताव हाल्ने सांसदहरुमा कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, विनाकुमारी श्रेष्ठ, खेमप्रसाद लोहनी, सुजिता शाक्य, शान्तिमाया तामाङ पाख्रिन, माया देवी न्यौपाने, ध्रुवकुमार शाही, रविन्द्रराज शर्मा, तिर्था गौतम, विना बुढाथोकी, नवराज रावत, निरा देवी जैरु, आशाकुमारी विक र गगन थापा रहेका छन् ।
दफा २८ को उपदफा १ मा ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले औषधि सिफारिश गर्नुपर्दा जेनेरिक नाम लेख्नुपर्ने’ उल्लेख गरिएको छ । उक्त व्यवस्थामा सांसदहरुले संशोधन गर्दै जेनेरिक सहित पेटेन्ट र ब्रान्ड नाममा पनि लेख्न सक्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।
सांसदहरु कृष्णभक्त पोखरेल, विनाकुमारी श्रेष्ठ, खेमप्रसाद लोहनी, सुजिता शाक्य, शान्तिमाया तामाङ पाख्रिन, माया देवी न्यौपाने र ध्रुवकुमार शाहीले औषधिको सिफारिस जेनेरिकमा मात्र गर्ने विधेयकमा रहेको प्रावधानलाई थप विस्तार गर्दै पेटेन्ट र ब्रान्ड खुल्ने गरी लेख्नुपर्ने संशोधन हालेका हुन् ।
यस्तै उनीहरुले दफा १ को अन्त्यमा नै अस्पतालहरुले आफ्नै फार्मेसी सञ्चालन गर्दा अनिवार्य रुपमा ड्रग एन्ड थेरासिस कमिटीको व्यवस्था र स्वास्थ्य संस्थाको आफ्नै ड्रग फर्कुलरी मार्फत औषधिको प्रेस्कृप्सन जारी गर्नुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
यसैगरी, सोही दफाको उपदफा २ मा स्वदेशी औषधिलाई महत्वका साथ उल्लेख गरीएको छ । उपदफा २ मा पेटेन्ट र नयाँ औषधिको हकमा ब्रान्ड नाममा सिफारिस गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था रहेको छ । सो उपदफामा पेटेन्ट र नयाँ सहित स्वदेशी भन्ने शब्द राख्न पनि प्रस्ताव गरिएको छ ।
सांसदहरुले सुपथ मुल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु पर्ने बुँदाहरु प्नि संशोधनमा राखेका छन् ।
सांसद लक्ष्मणलाल कर्णले औषधिको मुल्य निर्धारण औषधि उत्पादक संघसँग समन्वय गरी गर्ने भन्ने संशोधन हालेका छन् ।

सांसद गगन थापाले ६ वटा उपदफा रहेको उक्त दफामा ७ नम्बर उपदफा थप गर्दै ‘सुपथ मुल्यमा जनतालाई गुणस्तरीय औषधि उपलब्ध गराउन स्थानीय सरकारले आवश्यकता अनुसार सार्वजनिक÷सामुदायीक फार्मेसी सञ्चालन गर्नसक्नेछ’ भन्ने व्यवस्था राख्न संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाँकेका बाढीपीडितमा स्वास्थ्य समस्या
Next article  स्वास्थ्य प्रवद्र्धनको बुझाइ र वास्तविकता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133114
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web