हेल्थ टुडे,
काठमाडौँ, २९ भदौः सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्ताल जस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बिहीबार स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने सङ्घको नाममा आदेश जारी गरेको हो ।
सङ्घको भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्ने नगराउने भनेर आदेशमा उल्लेख गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै रिट निवेदन दायर गर्नुभएको थियो ।
सङ्घले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
स्वास्थ्य क्षेत्र बन्द नगर्न सर्वोच्चको आदेश

Leave a Reply