• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक सिटी स्क्यान

September 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मानव अंग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक सिटी स्क्यान

हेल्थ टुडे,

काठमाडौं, २७ भदौ : भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्र (शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) ले अत्याधुनिक २५६ स्लाइस सिटी स्क्यान सेवा सञ्चालन गरेको छ । उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बुधबार उक्त सिटी स्क्यान सेवाको एक समारोहबिच केन्द्रमा उद्घाटन गरेका हुन् । मिर्गौला र कलेजो प्रत्यारोपणमा ख्याति कमाएको केन्द्रले सिटी स्क्यान सेवा सञ्चालन गरेपछि हजारौ विरामीको सहज ढंगले रोग पत्ता लाग्ने छ । अन्य अस्पतालको तुलनामा यो सेवा सस्तोमा उपलब्ध हुने केन्द्रले जनाएको छ । कार्यक्रममा मन्त्री यादवले सरकारको नीति अनुसार केन्द्रले प्रत्यारोपण सेवासँगै उपचारका अन्य अत्याधुनिक प्रविधि भित्र्याइरहेकोमा खुशी व्यक्त गर्दै शहरमा मात्र नभएर ग्रामिण क्षेत्रका जनतालाई पनि सर्वसुलभ सेवा दिनु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, ‘ सेवा पाउनु पर्ने ८० प्रतिसत जनता गाउँमा बस्छन । तर त्यसको बिपरित सेवा दिने ८० प्रतिसत चिकित्सक शहरमा बस्छन । यो अन्तरलाई हटाउनु आवश्यक छ । जनताले ग्रामिण स्तरमै उपचार पाउनु पर्छ । ’

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा डाइलासिस र प्रत्यारोपणका लागि आउने विरामीका लागि शैय्या अभावका कारण  सेवा विस्तार गर्न सकिने अवस्था नभएको बताए । केन्द्रले एक सय शैय्या मार्फत मिर्गौला प्रत्यारोपण, डाइलासिस, कलेजो प्रत्यारोपण, मुटु रोगको उपचार लगायत विभिन्न शल्यक्रिया सहित ओपिडी सेवा सञ्चालन गरिरहेको जानकारी गराउदै डा. श्रेष्ठले विरामीको चाप अनुसार कम्तीमा २ सय शैय्याको अस्पताल हुनु आवश्यक रहेको बताए । उनले भने,  ‘ केन्द्रमा स्थान अभावले थप सेवा बिस्तार गर्ने अवस्था छैन । बिरामीको चापलाई मध्यनजर गरेर सरकारले सेवा विस्तारका लागि जग्गा उपलब्ध गराउनु जरुरी छ । ’ मन्त्री यादवले केन्द्रले पुर्याइरहेको उपचार सेवा उदाहरणिय रहेको भन्दै खुशी व्यक्त गर्दै केन्द्रको सेवा विस्तार गर्न मन्त्रालयले पहल गर्ने बताए । केन्द्रले स्थापनाको पाँच वर्षको छोटो समयमा ५ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सहित ३ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य क्षेत्र बन्द नगर्न सर्वोच्चको आदेश
Next article  स्वास्थ्य प्रवद्र्धनको बुझाइ र वास्तविकता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web