हेल्थ टुडे,
काठमाडौं : बुटबलको सिद्धबाबा हस्पतालमा मिर्गौला विरामीहरुका लागि डायलिसिस सेवा शुरु भएको छ । जर्मनीबाट पाँच वटा अत्याधुनिक डायलिसिस मेसिन झिकाएर अस्पतालले उक्त सेवा सुरु गरेको हो । मिर्गौला रोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा सो सेवा शुरु गरिएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले जानकारी दिएका छन । डाइलासिस सेवा सञ्चालनमा आएपछि डाइलासिसकै लागि राजधानी जानु पर्ने बाध्यता हटेको छ । युवा चिकित्सहरु मिलेर स्थापना गरिएको सिद्धबाबा अस्पतालमा मिर्गौला रोगसँगै मुटुरोग, छाती, नसा तथा पेटरोग सम्बन्धी समेत विशेषज्ञ सेवा उपलव्ध छ । पछिल्ला केही वर्षयता मिर्गौलाका विरामीको संख्या बढेको र उनीहरुलाई घरआगनमै सेवा दिन डाइलासिस सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।
Leave a Reply