• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी

September 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818
ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी

काशीराम शर्मा
बाँके, ९ असोजः गर्भवती जाँच गराउ, घरमा सुत्केरी नहोउ भन्ने सन्देश बाँकेमा अत्यन्त प्रभावकारी र फलदायी भएको छ ।
“गर्भवती जाँच गर्ने बेलामै बर्थिङ सेन्टरमै सुत्केरी हुन आउनु भनेर लेख्छौँ”, नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित मनिकापुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी निरीक्षक शीतला खड्का बताउनुहुन्छ ।
मनिकापुर स्थित बर्थिङ सेन्टरमा सो क्षेत्रका मात्र नभई बर्दियाको बेलवाबाट पनि सुत्केरी हुन आएको रेकर्ड छ । नेपालगञ्जकै सीमासँग जोडिएको जयसपुरबाट पनि सुत्केरी हुन मनिकापुरकै बर्थिङ सेन्टरमा गर्भवती महिला पुग्ने गरेको सिनियर अनमी निरीक्षक खड्काले बताउनुभयो ।
बर्थिङ सेन्टरप्रति गर्भवतीको बढी विश्वास छ, हुन त हामीले पनि जोखिममा रहेका गर्भवतीलाई भेरी अञ्चल अस्पतालमै पठाउने हो, तर उहाँहरुको विश्वास हामीले जितेका छौँ भन्नुहुन्छ उहाँ ।
बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष २०७४÷०७५ मा १२६ जना सुत्केरी भएका छन् । यस आवको दुई महीनामा मात्रै सेन्टरमा ३६ सुत्केरी भइसकेका छन् । यो तथ्याङ्कले यस आवमा सुत्केरीको सङ्ख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ । बर्थिङ सेन्टरले २४ सैँ घण्टा सेवा दिँदै आइरहेको र गाउँमा सुत्केरी हुने दर करीब शून्यजस्तै भएको सिनियर अनमी खड्काले बताउनुभयो ।
नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि यसमा ठूलो सहयोग पु¥याएको छ । सिनियर अनमी निरीक्षक खड्काले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढाएको बताउनुभयो ।
चौथो पटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेरै दिने गरेकाले पनि सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ, उहाँले बताउनुभयो । मनिकापुर स्वास्थ्य चौकीमा साउनमा २० र भदौमा १६ जनाले बच्चा जन्माएका छन् । नयाँ कानून आएपछि अलिकति जटिल देखिने बित्तिकै रिफर गर्ने गरिएको छ ।
यहाँका सबै महिलाले नियमित गर्भ जाँच गर्ने गरेका छन् । स्वास्थ्य चौकीमै पुग्न नसक्ने गर्भवती महिलाले गाउँटोलमै गाउँघर क्लिनिकमार्फत चेकजाँच गरिरहेका छन् । सो चौकीअन्तर्गत १५ जना स्वास्थ्य स्वयम्सेविकामार्फत गाउँघरमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन हुँदा गर्भवती महिला नियमित चेकजाँचका लागि आउने गरेको स्वास्थ्य चौकी इञ्चार्ज सरोजकुमार मिश्र बताउनुहुन्छ ।
गर्भवती उत्प्रेरणा बापत चार पटक गर्भवती जाँच गराए रु ८०० र बर्थिङ सेन्टरमै सुत्केरी हुनेलाई रु एक हजार पोषणभत्ता दिँदै आएको छ । सरकारले उक्त भत्ता दिन थालेपछि गर्भवती महिला नियमित चेकजाँज र सुत्केरी हुन बर्थिङ सेन्टरमै पुग्ने गरेको अनमी आशा सार्कीले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बुटबलको सिद्धबाबा अस्पतालमा डाइलासिस सेवा सुरु
Next article अस्पतालका फोहोर पानी सिधै ढलमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134501
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web