• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आगामी बजेटमा पोषण कार्यक्रमलाई सरकारले उच्च प्राथमिकता दिनु पर्छ : डा. आरजु देउवा

April 26th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आगामी बजेटमा पोषण कार्यक्रमलाई सरकारले उच्च प्राथमिकता दिनु पर्छ : डा. आरजु देउवा

हेल्थ टुडे,
काठमाडौं, १४ बैसाख : प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कुपोषण अन्त्यका लागि राज्यले बजेटमा उच्च प्राथमिकता दिनुपर्ने बताएकी छन् ।
ग्रामिण विकास तथा सशक्तिकरण केन्द्र (रुडुक) र वल्ड भिजनले काठमाडौंमा आयोजना गरेको पोषणसम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै सभापति देउवाले पोषणसँग बालबालिकाको भविष्य जोडिएको र देशको भविष्य बालबालिका भएकाले आगामी बजेटमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
कुपोषण अन्त्यका लागि रणनीति बनाएर मात्र नहुने भन्दै बजेट पनि बढाउनुपर्नेमा जोड दिइन् ‘आगामी बजेटमा पोषणको पैसा अझै काटिएर आउने सुनियो । त्यसमा सबै पक्षबाट लबिइङ हुन जरुरी छ,’ उनले भनिन् । सभापति देउवाले विद्यालयमा पोषणको पैसा घटाउने, कक्षा पनि घटाउने सरकारी नीतिको आलोचना गरिन् । ‘पोषणका लागि विद्यार्थीले पाउने खर्च ८ बाट पाँच कक्षामा झारिँदै छ । त्यो पनि १५ रुपैयाँले के आउँछ ? उनले सोधिन्, ‘यसले सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ? यसमा लबिङ जरुरी छ । सभापति देउवाले कुपोषण अन्त्यका लागि रणनीति बनाएर मात्र नहुने भन्दै बजेट पनि बढाउनुपर्नेमा जोड दिइन् । ‘बालबालिकाको सर्वांगिण विकास पोषणमा निर्भर छ । त्यसैले प्राथमिकता कुपोषण पर्नुपर्छ,’ उनले भनिन् ।

आफूले संसदीय समितिबाट कृषि क्षेत्रमा बजेट बढाउन प्रयत्न गरिरहेको भन्दै राणाले यो पनि कुपोषणसँग जोडिने बताइन् । ‘कुपोषणको सवालमा स्थानीय सरकारको भूमिका पनि महत्त्वपूर्ण छ । तथ्यांकमा आधारित रहेर पालिका लाग्नुपर्छ । कुन स्कुलमा कति विद्यार्थी छ भनेर हेर्नुपर्छ, समन्वय जरुरी छ,’ उनले भनिन्, ‘प्रदेशका मेकानिजमलाई कार्यान्वयनमा लार्नुपर्छ । सरकारी निकायहरुको भूमिका प्रभावकारी हुनुपर्छ ।’
कार्यक्रममा संघिय मामिला तथा समान्य प्रसाशन मन्त्रालयका सहसचिव रेशम राज कडेलले पोषण मैत्री स्थानिय शासन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सरकारले यसका बिषयमा कार्यविधि बनाएर लागु गर्न चाहेको बताए । वल्ड भिजनका नेपाल निर्देशक रोजलिङ गेब्रियलले नेपालमा स्तनपात गराउनेको संख्या घट्दै जानु चिन्ताको बिषयमा बताउदै कुपोषण अन्तका लागि सबैको सहकार्य हुनु पर्नेमा जोड दिइन । वल्ड भिजनकै प्रकाश तिवारीले वल्ड भिजनले कुपोषण हटाउनका लागि इनफ नामक अभियान सञ्चालन गरेको बताउदै यो अभियानलाई सफल बनाउन सबैको सहयोग हुनु पर्ने बताए । कार्यक्रममा सांसदहरु, पालिकाका प्रमुखहरु, सरोकारवाला निकाय, सञ्चारकर्मी र गैरसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । ग्रामिण विकास तथा सशक्तिकरण केन्द्र (रुडुक) का निर्देशक डा. कुष्ण श्रेष्ठले रुडुकले ग्रामिण महिला र वालबालिकाको शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणका क्षेत्रमा काम गरिरहेको जानकारी दिदै कुपोषण अन्तका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्ने स्वास्थ्य मन्त्री यादवको प्रतिवद्वता
Next article चीनसँग बोनम्यारो प्रत्यारोपण सहित दुई सम्झौतामा हस्ताक्षर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133144
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web