हेल्थ टुडे,
काठमाडौं, १४ असोज : देश भरिका जनस्वस्थ्यकर्मीको साझा संस्था नेपाल जनस्वास्थ्य संघ (नेफा) को निर्वाचनमा श्रीकृष्ण भट्ट नेतृत्वको प्रजातान्त्रिक समूह बिजयी भएको छ । निर्वाचनमा सत्तानिकट बाम गठबन्धन पक्षिय डा. मोहनकृष्ण श्रेष्ठको समूह पराजित भएको छ । भट्ट केही महिनापहिले मात्र सरकारी सेवाबाट निवृत भएका पूर्व जनस्वास्थ्य प्रशासक हुन् ।
अध्यक्षसहित अधिकांश पदाधिकारीमा प्रजातान्त्रिक पेशागत समूहले विजय हासिल गरेको छ भने सचिव र तीन सदस्य प्रगतिशीलले जितेको छ । शनिबार सम्पन्न मतदानको परिणामअनुसार भट्टले ६०४ मत ल्याए । प्रगतिशील समूहका श्रेष्ठले ५२७ मत ल्याएका थिए । २८ वर्ष पुरानो संस्था नेफामा नेतृत्व हत्याउन सत्ताको व्यापक दुरुपयोग गरे पनि अन्ततः मतपरिणाम आफूहरुकै पक्षमा आएको भनाई पेशागत समूहको छ ।
मत परिणामअनुसार उपाध्यक्ष पदमा कृष्णमान शाक्य, महासचिव महेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले प्रतिस्पर्धीलाई सबैभन्दा ठूलो मत अन्तर २७३ ले विजयी भए ।
यसैगरी सचिवमा दिपेन्द्र खड्का, कोषध्यक्षमा विनोद जोशी, सह कोषध्यक्षमा सञ्जिवकुमार साह विजयी भएका छन् । समावेशी सदस्य तर्फ विमला भट्ट, रोशन लामा र प्रजिता मालि विजयी भएका छन् ।
सदस्यमा रविकान्त मिश्र, कमल रानाभाट, कैलश श्रेष्ठ, निधुराम टंगाल, राजनबाबु सिलवाल र रामचन्द्र साह विजयी भएका छन् ।
Leave a Reply