• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भव्यताका साथ सम्पन्न भयो द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन

December 15th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भव्यताका साथ सम्पन्न भयो  द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन

हेल्थ टुडे,
काठमाडौं, ३० मंसिर : शनिबारदेखि राजधानीमा सुरु भएको द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आईतबार भव्य समारोहका बिच समापन गरेका हुन । सम्मेलनको उदघाटन शनिबार स्वास्थ्य सचिव डा.रोसन पोखरेलले गरेका थिए । नेपाल प्रत्यारोपण समुदायको आयोजनामा उक्त सम्मेलन आयोजना गरिएको हो । विकाशोन्मुख देशहरुमा अंगदान प्रर्वद्वन गर्नु भन्ने नाराका साथ आयोजना हुने उक्त सम्मेलनमा नेपाल सहित अमेरिका, भारत, जापान, भारत, बेलायत, नेदरल्याण्डका विज्ञहरुले २६ वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलन प्रत्यारोपण क्षेत्रमा भएको विकास र प्रविधि हस्तान्तरणको लागि कोषेढुङ्गाको काम गरको विज्ञहरुले बताएका छन् । प्रत्यारोपण क्षेत्रमा विशेष गरी मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपणको विकासका बारेमा अनुभव साटासाट भएको थियो । नेपाल जस्तो विकासोन्मुख देशमा प्रत्यारोपणको लागि निकै चुनौति रहेको हुँदा चिकित्सा विज्ञानको पाठ्यक्रममा मस्तिष्क मृत्यू सम्बन्धी विषय समावेश गरी मस्तिष्क मृत्यू सम्बन्धी स्पष्ट पार्नु पर्ने र उहाँहरु मार्फत सर्बसाधरणलाई समेत जानकारी गराउन सहज हुने साथै विभिन्न धर्मका धर्म गुरुहरुलाई समेत यसमा समावेश गर्न सके अझ सहज रुपमा अंगदान हुने विस्वास लिइएको छ ।
सम्मेलनको समापन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रत्यारोपण सम्बन्धी यस्ता सम्मेलनले स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण भुमिका रहने हुँदा सम्मेलनबाट भएका कुराहरुलाई कानूनी रुपमा कुनै किसिमको नीति नियम बनाउन पर्ने भए विज्ञको राय सुझाव सहित पेश गर्न र तदअनुसार सम्बोधन गर्न तत्पर रहेको बताए । साथै यसै वर्ष भित्र देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कुरा उल्लेख गरे । प्रत्यारोपणको सेवामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको कामको खुलेरै प्रंशसा गर्दै उनले भब्य कार्यक्रम अयोजना गरेकोमा आयोजक कमिटिलाई धन्यवाद दिए । मन्त्री पौडेलले सोही समारोहमा मस्तिष्क मृत्यू पश्चातको अंगदाता तथा ग्रहणकर्ताको प्रतिक्षा सुचि सहितको राष्ट्रिय अभिलेखको अनलाईन सफ्टवयरको शुभारम्भ समेत गरेका थिए । उक्त सफ्टवयरमा अंगदान सम्बन्धी अनलाइन फारम भर्न सकिने, अंग फेल भएका विरामीहरुको विवरण र मस्तिष्क मृत्यू भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण नियमालीमा भए बमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सरुवा रोगको प्रकोप रहँदा रहँदै पनि सरकारले प्रत्यारोपण सेवालाई विशेष प्राथमिकता दिएको र मृर्गौला फेल भएर मृत्यूबरण गर्नुपर्ने अवस्थामा कमी भई सर्व साधरण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई राहत पुगेको बताए । अंग प्रत्यारोपण सम्वन्धी कार्य विश्वव्यापी स्वास्थ्य क्षेत्रको लागि सबैभन्दा चुनौतीहरू रहि आएको छ । यसलाई सम्बोधन गर्न यो सम्मेलन एउटा महत्त्वपूर्ण कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले बताए ।
अमेरिका, बेलायत, नेदरल्याण्ड, जापान तथा छिमेकी देश भारतबाट तथा नेपालको प्रत्यारोपण समाजका अध्यक्ष डा. पुकार चन्द्र श्रेष्ठ, साइन्टिफिक कमिटीका अध्यक्षमा डा. ऋषि कुमार काफ्ले, सचिव डा. कल्पना कुमारी श्रेष्ठ, नव निर्वाचित अध्यक्ष डा. दिब्या सिंह शाह र कोषाध्यक्ष डा दिपेश श्रेष्ठ लगायत प्रत्यारोपणका क्षेत्रका ख्याती प्राप्त प्रतिष्ठित व्यक्तित्वहरु एउटै छानामुनि भेला भई अंगदान र प्रत्यारोपण सम्बन्धी सीप र ज्ञानको आदानप्रदान भएको हुँदा अंग प्रत्यारोपण कार्यलाई सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने विज्ञहरुले बताएका छन् । नेपालमा अंग प्रत्यारोपणको क्षेत्रमा भइरहेको प्रगति प्रति सम्मेलनका सहभागीहरुले सन्तोष व्यक्त गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ९ बुदें घोषणापत्र जारी गर्दै सकियो एनएमए चौथो हेल्थ समिट
Next article डिसेम्बर २१ का दिन नेपाल सहित विश्वभरि ध्यान दिवस मनाइने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132856
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web