हेल्थ टुडे,
काठमाडौं, २८ मंसिर : नेपाल चिकित्सक संघ (एनएमए) को आयोजनामा राजधानीमा चौथो राष्टिय स्वास्थ्य शिखर सम्मेलन राजधानीमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार विशेष कार्यक्रम विच उदघाटन गरेका छन् । सम्मेलनमा विभिन्न सात वटा प्यानल बनाएर स्वास्थ्यका विभिन्न पक्षमा विज्ञहरुसँग गहन छलफल र विमर्श भइरहेको छ । शुक्रबार आयोजना गरिएका शत्रमा पुर्व स्वास्थ्य मन्त्री गगन थापा, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदारनरसिह केसी लगायतले शत्रको अध्यक्षता गर्दै स्वास्थ्य सुधारका लागि सबैको सहकार्य हुनु पर्ने बताएका थिए । एनएमएको वार्षिक इभेन्टको रुपमा आयोजना हुँदै आएको एनएमए नेशनल हेल्थ समिटलाई यस वर्ष पनि निरन्तरता दिइएको महासचिव डा सञ्जीव तिवारीले बताए ।
‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मूल सन्देशसहित आयोजना भइरहेको सम्मेलनको शबिबार समापन गरिने छ । कार्यक्रममा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्ष मार्फत सैद्धान्तिक बहस भइरहेको छ ।
सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने एनएमएका अध्यक्ष डा अनिल कार्कीले जानकारी दिए ।
Leave a Reply