• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

स्वास्थ्य र यौन हिंसाका वहुआयामिक पक्ष

October 6th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य र यौन हिंसाका वहुआयामिक पक्ष

मदनराज भट्ट,

हिजो आज दिनहूँ जसो विभिन्न प्रकृतिका यौन हिंसाका घटनाहरु नेपालीसमाजमा घटिरहेका छन । विभिन्न संचार माध्यमहरु मार्फत सार्वजनिक भईरहेको तथ्याङ्क वास्तविक समस्या भन्दा निकै कम रहेको अनुमान सहजै गर्न सकिन्छ । मानवता नै हराएको झैं लाग्ने यी घटनाहरुले सिंगो राज्य तथा समाजको सवैजसो अंगहरुलाई प्रभावित पारेको छ र हामीले अभ्यास गर्दै आएको कानुनी राज्यको प्रभावकारीतामा प्रश्न उठेको छ । प्रचलित कानुनको दायरा फराकिलो हुदै गएतापनि यौन हिंसामा कमि आएको आभास हुन सकेको छैन । पछिल्ला घटनाहरु हेर्दा प्रकृतिको सवै भन्दा चेतनशिल प्राणि भनिएको मानव जातिको चेतनामा आएको ह्रासले हामी कुन दिशा तिर जादैछौं भन्ने अनुत्तरित प्रश्नसवैका सामुन्ने खडा भएको छ । यौन हिंसाका कारणहरु वहुआयामिक छन र समाधानका उपायहरु समेत वहुआयामिक हुन सक्दछन भन्ने कुराको हेक्का राख्न जरुरी छ । सामान्यतया हरेक व्यक्तिको शारिरीक, मानसिक तथा सामाजिक स्वास्थ्यको प्रभाव उसको यौन व्यवहार तथा गुणस्तरीय जिवनमा परिरहेको हुन्छ । मानिसको मानसिक तथा सामाजिक स्वास्थ्यमा आएको विचलनको प्रत्यक्ष असर यौन स्वास्थ्यमा पनि परिरहेको हुन्छ । प्रायजसो स्वस्थ मानिसमा भएको सकारात्मक सोचाईले यौन व्यवहार पनि स्वस्थ नै हुने गर्दछ तर मानसिक तथा सामाजिक रुपमा अस्वस्थ मानिसहरुमा हुने नकारात्मक सोचाई नै यौन हिंसाजन्य गतिविधिहरुको प्रमुख कारण हो भन्न सकिन्छ । मानसिक स्वास्थ्यमा आएको उतार चढावको असर यौन स्वास्थ्यमा पर्न गई विभिन्न यौन हिंसा सम्वन्धि गतिविधिहरु हुन सक्ने यथार्थलाई विभिन्न अध्ययनहरुले समेत पुष्टि गरेका छन । त्यसैले हामीले शारिरीक स्वास्थ्यका साथै मानसिक र सामाजिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिन जरुरी छ । अनि मात्रहाम्रो समाजमा घटिरहेका विभिन्न जघन्य अपराधिक गतिविधि तथा यौन हिंसाका घटनाहरुमा कमि आउन सक्ने कुरामा आशावादि हुन सकिन्छ । हिजो आजका यौन हिंसा तथा सामाजिक अपराधमा संलग्न मानिसहरुको मानसिक र सामाजिक स्वास्थ्य ठिक थियो वा थिएन प्रश्न अनुत्तरित नै छ ।

यौन स्वास्थ्य सुदृढिकरणकोलागि नेपालमा थुप्रै गतिविधिहरु संचालनमा छन तथापि यौन स्वास्थ्यको दायरा अझै पनि सॉघुरो छ र यो विषय आम रुपमा छलफल तथा सरोकारको विषय अझै वन्न सकेको छैन । प्रजनन उमेरका नागरिकको यौन आवश्यकता र उपलव्ध वातावरण विचको अन्तर कालान्तरमा गएर चरम सामाजिक समस्या तथा यौन हिंसा तथा मृत्यु सम्मको कारण वन्न सक्दछ । त्यसैलेराज्यले राष्ट्रिय रुपमा यौन स्वास्थ्यको वर्तमान अवस्थाको लेखाजोखा गरि दिगो रुपमा यौन स्वास्थ्य मैत्रि वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो । किशोर किशोरी तथा युवा युवतिहरुको यौन स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यकता अनुसार शैक्षिक पाठ्यक्रमहरुमा यौन शिक्षा समावेश गरि पूर्ण रुपमा कार्यान्वयन गर्नु आवश्यक छ । शैक्षिक कार्यक्रमहरुको पहु‘चमा नभएका प्रजनन उमेर समुहका व्यकितहरुको लागि यौन स्वास्थ्य सम्वन्धि विभिन्न कार्यक्रमहरु वनाई लागु गर्नु पर्ने आवश्यकता समेत महशुश भएको छ ।

यौन हिंसा समाधानको अर्को महत्वपूर्ण पाटो लैङ्गिक समता मुलक समाजको निर्माण हो । अझै पनि कैयांै समुदाय तथा परिवारहरुका महिलाहरु शसक्त छैनन र यसको नकारात्मक असरको रुपमा महिला तथा यौन हिंसाले प्रशय पाईरहेको छ । कानुनि रुपमा समता हासिल गरे पनि व्यवहारीक रुपमा कतिपय महिलाहरु स्वतन्त्रतापूर्वक आफ्ना गतिविधिहरु गर्न वन्चित नै छन । कतिपय अवस्थामा आफ्नै नातेदार वा नजिकको व्यक्ति समेतवाट समेत पिडित हुनु पर्ने यथार्थ सवैको सामु छर्लङ्ग छ । त्यसैले व्यवहारीक रुपमा लैङ्गिक समता मुलक समाज निर्माण नहुदा सम्म कुनै न कुनै रुपमा महिला तथा यौन हिंसाको चक्र चलि रहने देखिन्छ । समस्याको गहिराई अनुसार समाधानका उपायहरु पनि एकिकृत रुपमा हल गरिनु आवश्यक छ ।

नेपालको संबिधान २०७२ लागु भए पश्चात नितिगत तथा कानुनि वातावरण सुदृढ हुदै गएको छ । राज्यका विभिन्न अंगहरु मार्फत  यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि सुचना आदान प्रदान तथा चेतना अभिबृद्धि भई नै रहेको छ । विभिन्न संचार माध्यमहरुको भूमिका विगत केहि समय देखि उल्लेखनीय रुपमा बृद्धि भएको छ जुन प्रशंसायोग्य छ । आवश्यकता अनुसारसार्वजनिक महत्वको विषयमा यथाशक्य चॉडो सुचना प्रवाह गर्नुजिम्मेवार नागरिकको कर्तव्य हो। तथापियौन हिंसा र जघन्य अपराध सम्वन्धि नेपालमा प्रचलित कानुनि प्रावधानहरुको वारेमा सर्वसाधारणहरुलाई पूर्ण रुपमा सुसुचित गराउनसकिएको छैन । जनताको सुचनाको हक सम्वन्धि ज्ञानको लेखाजोखा गरि आवश्यकता अनुसार कानुनि परामर्श तथा सुचना आदानप्रदान गर्न सके यौन हिंसाका घटनाहरुमा कमि आउन सक्थ्यो कि ।

नागरिकको अभिभावकीय भूमिकामा रहेको राज्य संयन्त्र हरेक नागरिकलाई अत्यावश्यक सेवा सुविधा तथा सुरक्षा दिने कुरामा सदैव तयारी अवस्थामा रहेको खण्डमा यस्ता घटनाहरुमा कमी आउन सक्दछ ।  तर संक्रमणलकालको समाप्ति संगै देश आर्थिक सम्बृद्धिको दिशामा वामे सरिरहेको यस घडिमा पुरानो मानसिकता त्यागि वस्तुपरक ढंगले चुस्त दुरुस्त रुपमा अघि वढ्न सक्ने राज्य संयन्त्रको अभाव जनमानसमा अझै पनि खड्कीएकै छ ।प्रचलित कानुनहरुको अक्षरसः पालना गरि जनमैत्रि व्यवहार प्रदर्शन गर्न सक्नु राष्ट्र सेवक कर्मचारीहरुको दाईत्व हो ।

लैङ्गिक समता मुलक तथा सभ्य समाज निर्माण गर्न कुनै एउटा पक्षको संलग्नताले मात्रै सम्भव नहुने हुदा यसकोलागि वहुपक्षिय, वहुआयामिक र एकिकृत कार्यक्रमको साझेदारको रुपमा सवैले हातेमालो गर्नु जरुरी छ । त्यसैले आजको दिनमा यौन हिंसाका घटनाहरुमा कमि ल्याउन हरेक क्षेत्रको भूमिकालाई समय सापेक्ष सुदृढ गर्दै हरेक नागरिकलाई घर, समुदाय, कार्यालय, विद्दालय वा अन्य कुनै पनि स्थानमा सुरक्षित तथा स्वस्थ वातावरण प्रदान गर्न सवैले आ– आफ्नो स्थानवाट सहयोग गरौं ।

( भट्ट, जनस्वास्थ्य विज्ञ, पाटन नगरपालिका वार्ड न. ९ काकस्याली वैतडी)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केमशनको १४ औं स्थापना दिवसमा बाग्मती सफाई
Next article एलोभेरा स्वास्थ्य समस्याहरुको निदानका लागि बहुउपयोगी औषधि

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web