• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

एलोभेरा स्वास्थ्य समस्याहरुको निदानका लागि बहुउपयोगी औषधि

October 2nd, 2018 उपचार बिधी, स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एलोभेरा स्वास्थ्य समस्याहरुको निदानका लागि बहुउपयोगी औषधि

हेल्थ टुडे,
काठमाडौं, १६ असोजः एलोभेरालाई गाँउघरमा घ्युकुमारीका नामले चिन्ने गरिन्छ । तपाईं हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्य प्रशाधनका सामग्रीहरुमा एलोभेराको अत्याधिक प्रयोग भएको हुन्छ ।
आजभोली सौन्दर्य निखार्नको लागि बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा बजारमा एलोभेरा प्रयोग भएको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ । यो बहुउपयोगी वनस्पतिले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्याहरुलाई ठिक गर्न सहयोग गर्छ ।
एलोभेरालाई आयुर्वेद विज्ञानमा धेरै पहिले देखी नै विभिन्न खालका स्वास्थ्य समस्याहरुको निदानको लागि औषधिको रुपमा प्रयोग गरिएको पाइन्छ । यसका फाइदाहरु धेरै पहिले नै पत्ता लगाइएको हो । एलोभेरा देख्दा अनौठो वनस्पति देखिन्छ तर, यसको गुणको सीमा नै छैन ।
ड्ड यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ ।
ड्ड टाउको दुख्ने, डायबिटिज, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ ।
ड्ड यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ । यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ ।
ड्ड यसको काँडायुक्त पातहरुलाई काटेर रस निकाली विहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ । यसले गर्मी पनि काट्छ ।
ड्ड आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।
ड्ड यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।
ड्ड यसलाई छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ । लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ ।
एलोभेरामा सुन्दर र स्वस्थ हुने धेरै प्रकारका राज लुकेका हुन्छन् । यसको प्रयोगले हाम्रो सम्पुर्ण शरीरमा नै परिवर्तन गर्छ । व्यस्त जिन्दगीबाट थोरै समय आफ्नो लागि छ्ुट्याएर आफ्नो सौन्दर्य र स्वास्थको लागि एलोभेराको प्रयोग गर्नु भएमा यसले धेरै फाइदा गर्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब एमडीजिपीको पढाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि
Next article स्वास्थ्य र यौन हिंसाका वहुआयामिक पक्ष

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132848
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web