• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

July 10th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

 

हेल्थ टुडे,
काठमाडौं, २६ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि नेतृत्वविहीन रहेको अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षको लागि आवेदन आव्हान गरेको छ । मन्त्रालयले ’मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५’ को दफा १२ बमोजिम गठन हुने समितिको अध्यक्ष पदका लागि खुला आवेदन आह्वान गरेको हो ।
गत १९ वैशाखमा जारी अध्यादेशका कारण पुराना नियुक्तिहरू बदर भई यो समिति पदाधिकारीविहीन बनेको थियो । समितिको अनुपस्थितिका कारण नयाँ स्वास्थ्य संस्थाहरूले प्रत्यारोपणको लाइसेन्स पाउन सकेका छैनन् भने प्रत्यारोपण सम्बन्धी अन्य महत्त्वपूर्ण कामहरू समेत ठप्प छन् ।
योग्य र इच्छुक उम्मेदवारहरूले २०८३ साउन ४ गते कार्यालय समयभित्र मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ । अध्यक्ष पदका लागि चाहिने योग्यताहरूमा नागरिकताः नेपाली नागरिक हुनुपर्ने,चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर (एमडी÷एमएस वा सोसरह) उपाधि प्राप्त गरेको हुनु पर्ने र काउन्सिल दर्ताः नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकका रूपमा स्थायी दर्ता भएको हुनु पर्ने छ । यसका साथै विशेषज्ञ चिकित्सकका रूपमा कम्तीमा १० वर्ष काम गरेको कार्य अनुभव र अतिरिक्त अनुभवमा स्वास्थ्य सम्बन्धी कानुन, नीति तथा सार्वजनिक निकायको नेतृत्वदायी भूमिका सम्हालेको हुनुपर्ने उल्लेख गरिएको छ । तर अंग प्रत्यारोपणका क्षेत्रमा काम गरेको अनुभव भने समावेश गरेको छैन । एक जना विज्ञका अनुसार अंग प्रत्यारोपणका क्षेत्रमा नेतृत्व तहमा रहेको विज्ञ हुनु पर्ने कुरा छनौटको आधारमा नराख्दा त्यस विषयमा ज्ञान नै नभएको वयक्ति समेत छनौट हुने अवस्था रहन्छ । त्यसैले सरकारले त्यो कुरामा विशेष ध्यान दिन जरुरी छ ।
प्राप्त आवेदनहरूको प्रारम्भिक जाँचबुझ गरी योग्य उम्मेदवारहरूको सर्टलिस्ट तयार गरिने र सर्टलिस्टमा परेका आवेदकहरूलाई एकै दिन प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइने मन्त्रालयले जनाएको छ । शैक्षिक योग्यता र अनुभव वाफत ३० अंक, प्रस्तुतीकरण वाफत ३५ अंक र
अन्तर्वार्ता वाफत ३५ अंक विभाजन गरेर सबै भन्दा बढी अंक ल्याउने विज्ञलाई अध्यक्षमा छनौट गरिने मन्त्रालयले जानकारी गराएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन
Next article आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133999
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web