• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी चिकित्सकले दिए सरकारलाई ७२ घण्टे अल्टिमेटम,माग पूरा नभए स्वास्थ्य सेवा बहिस्कार गर्ने

February 25th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी चिकित्सकले दिए सरकारलाई ७२ घण्टे अल्टिमेटम,माग पूरा नभए स्वास्थ्य सेवा बहिस्कार गर्ने

काठमाडौ,१३ फागुन । सरकारी चिकित्सकहरुले कर्मचारी समायोजन विधेयक परिमार्जन गरी आफ्ना माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएका छन् । कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी डाक्टरले आईतबारदेखि लागु हुने गरी आफ्ना माग पूरा गर्न सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएका हुन् ।

सरकारी चिकित्सक संघ (गोदान) ले विज्ञप्ति जारी गरी ७२ घण्टाभित्र आफ्ना माग पूरा गर्न माग गर्दै अन्यथा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्न बाध्य हुने चेतावनी दिएको छ । अनेकौं छलफल, उच्चस्तरीय भेटघाटले समेत चिकित्सकका समस्या समाधान नगरिएकाले आफूहरुले सरकारलाई अल्टिमेटम दिनु परेको विज्ञप्तीमा उल्लेख छ ।

शनिबार बसेको गोदानको बैठकका निर्णय अनुसार अल्टिमेटम अवधिमा सबै सरकारी अस्पताल प्रांगणमा बिहान १० देखि ११ बजेसम्म विरोध तथा सचेतना धर्ना दिने कार्यक्रम रहेको छ।
१४ गतेभित्र समस्याको समाधान ननिस्किए १५ गते बुधबारबाट देशभरिका सरकारी स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने निर्णय गोदानले गरेको छ ।

यस्तै १५ गते सरकाले मनाउन लागेको स्वास्थ्य सेवा दिवस बहिष्कार गर्ने र यी विरोधका कार्यक्रम गर्दा पनि सरकारले माग सम्बोधन नगरे सबै सरकारी चिकित्सकले सामूहिक राजीनामा बुझाउने गोदानले चेतावनी दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्रा डा राना
Next article ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्मेलनमा भाग लिन स्वाथ्यमन्त्री नयाँ दिल्लीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133450
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

92
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

89
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web