• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गण्डकी मेडिकल कलेजको अनियमितता प्रकरणः २ जना आरोपीलाई ठगी मुद्दा दर्ता, ८ जना फरार

March 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गण्डकी मेडिकल कलेजको अनियमितता प्रकरणः २ जना आरोपीलाई ठगी मुद्दा दर्ता, ८ जना फरार

हेल्थ टुडे,
पोखरा,२४ फागुनः गण्डकी मेडिकल कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष खनाल र कर्मचारी लक्ष्मणप्रसाद शर्मामाथि बिहीबार प्रहरीले ठगी मुद्दा दर्ता गरेको छ । अनाधिकृत रुपमा शुल्क उठाएको भन्दै विद्यार्थीले उजुरी दिएपछि उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

विद्यार्थीको उजुरीपछि बुधबारै कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखाकी हरिमाया पौडेल, प्रशासनका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेलाई पक्राउ पुर्जी जारी गरेको थियो । तर, पक्राउ पुर्जी जारी गरिएका मध्ये ८ जना फरार भएका छन् । प्रहरीले फरार ८ जनाको खोजी भइरहेको जनाएको छ ।

सरकारले काठमाडौंबाहिर ४२ लाख ४५ हजार र भित्र ३८ लाख ५० हजार शुल्क तोके पनि कलेजले १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै कलेजका विद्यार्थीहरु आन्दोलनमा छन् । विद्यार्थीले अतिरिक्त शुल्क उठाए पनि त्यसको बिल, चौचर नदिएको र कलेजका शिक्षकले व्यक्तिगत खातामा पैसा जम्मा गर्न लगाएको आरोप लगाएका छन् ।

विद्यार्थीहरुले सरकारले तोकेकै शुल्कमा पढ्न पाउनुपर्ने, अतिरिक्त तिरेको शुल्कको बिल, भौचर पाउनुपर्ने लगायत माग राख्दै माघ १६ गतेदेखि विद्यार्थी आन्दोलन गरिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्रामीण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर समस्या बढ्दो
Next article यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगतिः स्वास्थ्य मन्त्री यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web