• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दूरबिनका माध्यमबाट हुने सल्यक्रियालाई सहज बनाउनु पर्छ : पुर्व राष्ट्रपति भण्डारी

May 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दूरबिनका माध्यमबाट हुने सल्यक्रियालाई सहज बनाउनु पर्छ : पुर्व राष्ट्रपति भण्डारी

हेल्थ टुडे,
काठमाडौं, ५ जेठ : पुर्व राष्ट्रपति विद्यादेबी भण्डारीले दूरबिनबाट गर्ने उपचार विधि सहज र सुलभ बनाउनु पर्ने आवश्यकता रहेको बताएकी छन् । नेपाल सोसाइटी फर गाइनोलोजिक एन्डोस्कोपीको आयोजनामा शुक्रबार राजधानीमा सुरु भएको ‘नेपाली महिलाहरुका लागि विश्वव्यापी एण्डोस्कोपी सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन’ को उदघाटन समारोहमा बोल्दै पुर्व राष्ट्रपति भण्डारीले स्त्री रोग तथा प्रसूति रोगको निदानमा दूरविन प्रविधि प्रभावकारी भएकोले यसको पहूच ग्रामिण स्तरसम्म पुर्याउनु पर्ने बताएकी हुन । भण्डारीले भनिन, ‘दूरविनका माध्यमबाट गरिने शल्यक्रिया सुगममा मात्र नभएर दुर्गमका महिलासम्म पनि पुर्याउनु आवश्यक भइसकेको छ । ’
पुर्व राष्ट्रपति भण्डारीले नेपाली महिलामा बढीजसो स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको समस्या रहेको पाइएकोले रोगको उपचारसँगै रोग लाग्नै नदिने गरि चेतनामूलक कार्यक्रम पनि संगै अगाडि बढाउनु पर्नेमा जोड दिइन ।
प्रतिनिधि सभा सदस्य समेत रहेकी वरिष्ठ स्त्रीरोग विज्ञ प्रा. डा. चन्दा कार्कीले दूरबिनबाट शल्यक्रिया गर्दा समयको बचतका साथै गुणस्तरीय उपचार पनि हुने भएकाले यसको महत्व सबैतिर बढीरहेको बताइन । यो सेवालाई देशका विभिन्न भागसम्म पुर्याउनु पर्ने आवश्यकता औल्याउदै डा.कार्कीले सांसदका नाताले आफुले यसको प्रवर्धन र विकासमा सक्दो सहयोग गर्ने बताइन ।
नेपाल सोसाइटी फर गाइनोलोजिक एन्डोस्कोपीका अध्यक्ष प्रा. डा.गणेश दंगालले सम्मेलनमा नेपाल लगायत ७ वटा देशका १५५ जना विज्ञ चिकित्सकहरुको सहभागिता रहेको जानकारी दिए । यसका साथै काठमाडौं मोडेल हस्पिटलमा ल्याप्रोस्कोपिक वर्कसप र नेपाल नेशनल अस्पतालमा हिस्टेरोस्कोपी वर्कसप सञ्चालन भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा वरिष्ठ स्त्री रोग विज्ञहरुलाई विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीले २२ औँ अनसन तोडे
Next article नेत्रज्योति संघ सगरमाथा आँखा अस्पतालले फर्कायो १०२ वर्षको उमेरमा आँखाको ज्योति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131596
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web