• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बैसाख ७ र ८ गते हुने प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनको तयारी पुरा

April 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बैसाख ७ र ८ गते  हुने प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनको तयारी पुरा

हेल्थ टुडे,

काठमाडौं, ३ बैसाख : नेपालमा पहिलो पटक हुन लागेको प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनको तयारी पुरा भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजना तथा अंग प्रत्यारोपण समाज नेपाल र भारतीय  प्रत्यारोपण समाजको सहकार्यमा यही बैसाख ७ र ८ गते राजधानीमा प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको हो ।

सम्मेलनमा अमेरिका, बेलायत, अष्टेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका करिव ३० जना प्रत्यारोपण विज्ञ, स्वदेशी प्रत्यारोपण विज्ञ र देशका ७७ जिल्लाका जिल्ला अस्पताल प्रमुख तथा नर्सिङ प्रमुख गरि ३०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रत्यारोपणमा हुने असमानता हटाऔ भन्ने नाराका साथ हुन गइरहेको सम्मेलनको पहिलो दिन अंग प्रत्यारोपण सम्बन्धी विभिन्न प्राविधिक बिषयहरुमा छलफल हुने र दोश्रो दिन देशका ७७ वटै जिल्लाबाट आएका जिल्ला अस्पताल प्रमुख र नर्सिङ प्रमुखलाई प्रत्यारोपण तथा मस्तिष्क मृत्यु सम्बन्धी जनचेतना अभिवृद्घि गर्ने उद्देश्यले गहन छलफलका साथै अन्तरक्रिया कार्यक्रम राखिएको आयोजक शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक एवं प्रत्यारोपण विद् डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

विश्विका विभिन्न देशका प्रत्यारोपण विज्ञहरुबाट अंग प्रत्यारोपणको क्षेत्रमा भइरहेको प्रविधिको विकाश, ज्ञान, सिप तथा नयाँ उपलब्धिको आदान प्रदान हुने र नेपाल जस्तो विकासोन्मुख देशमा अंगदान र प्रत्यारोपणका क्षेत्रमा जनचेतना बिस्तार गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्विकृतिमा केन्द्र, प्रदेश र जिल्ला स्तरीय अस्पतालसम्मका अस्पताल प्रमुख र नर्सिङ प्रमुखलाई सहभागी गराउन लागिएको आयोजक कमिटीका अध्यक्ष समेत रहेका डा. श्रेष्ठले बताए । सम्मेलनमा  करिव ३५ वटा अंग प्रत्यारोपण सम्बन्धि कार्यपत्र प्रस्तुत हुने आयोजक कमिटिका सदस्य सचिव डा. सुमित आचार्यले जानकारी दिए ।

सम्मेलनमा भाग लिन विज्ञहरु काठमाडौं आउन सुरु भइसकेको हस्पिटालिटी तथा लजिस्टिक कमिटिका अध्यक्ष डा. कल्पना श्रेष्ठले जानकारी दिइन । सम्मेलनमा बैज्ञानिक कमिटिको नेतृत्व प्रा. डा. राकेश बर्मा रहेका छन् । सम्मेलन आयोजक कमिटिका सदस्यहरुमा डा. गुणकुमार श्रेष्ठ, डा. दिलिप शर्मा, डा. गोपी अर्याल, डा. राजिव झा, डा. दिपेशलाल गुरुवाचार्य, डा. यादवदेब भट्ट, डा. मोहनदेब भण्डारी, डा. सुधांशु केसी, डा. बिनिता जोशी, डा. अनन्त श्रेष्ठ लगायत छन ।

कार्यक्रमको सल्लाहकारमा प्रा. डा. आई.एल. आचार्य, प्रा.डा. विश्वराज जोशी, प्रा.डा. सुवोध अधिकारी, प्रा. डा. विडी झा, प्रा. डा. बसन्त पन्त, प्रा. डा. पवन सुल्तानिया र प्रा. डा. सन्तोषमान श्रेष्ठ रहेका छन् । नेपालमा सरकारी अस्पतालहरु शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण सेवा पनि उपलब्ध छ । त्यसैगरि ग्राण्डी हस्पिटल, निदान हस्पिटल लगायतका निजी क्षेत्रका अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले  पाँच वर्षको अवधिमा ६ सयको मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो  मिर्गौला प्रत्यारोपण ?
Next article रेबिजको सुईबापत प्रतिबिरामी पाँच सय उठाउँदै लुम्बिनी प्रादेशिक अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web