• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

होमियोप्याथिक चिकित्सक बन्ने साहस र चुनौती

April 18th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
होमियोप्याथिक चिकित्सक बन्ने साहस र चुनौती

डा. रामहरि श्रेष्ठ,
होमियोप्याथिक चिकित्सक

हेल्थ टुडे,
काठमाडौ,बैशाखः होमियोप्याथी चिकित्सा संसारमै सबैभन्दा नयाँ चिकित्सा पद्धति हो । यसको विकास जर्मनबाट भएको हो । संसारका अन्य देशहरूमा यसको प्रयोग दिनानुदिन बढ्दो गतिमा छ । तर नेपालमा भने जनचेतना अभावले यसको विकास र प्रचलन जुन रूपमा हुनुपर्ने हो त्यसो हुन सकिरहेको छैन । धेरै रोगको सुरुआतमा प्रयोग गर्नुपर्ने औषधि नै होमियोप्याथिक औषधि हो । किनकि हाम्रो शरीरसँग आफै रोग निको पार्ने क्षमता हुन्छ । अर्थात् रोग प्रतिरोधात्मक क्षमता हुन्छ । त्यसैलाई उजागर गरेर रोग निको पार्न सहयोग गर्छ । तसर्थ, रोगको प्रतिकूल असर नपर्ने गरी होमियोप्याथिक पद्धतिमा उपचार गरिन्छ ।

नेपालमा होमियोप्याथी विषयमा विशेषता हासिल गरेका थोरै मात्र चिकित्सक छन् । यहाँ होमियोप्याथी उपचारका नाममा नपढेका व्यक्तिहरूले सेवा सञ्चालन गरिरहेकाले धेरै बिरामीहरूले सही उपचार पाउन सकेका छैनन् । डाक्टरको प्रेस्क्रिप्सन बिना औषधि पसलेले दिएको भरमा वा कसैले भनेको भरमा यो औषधि प्रयोग गर्नु हुँदैन । हाम्रो वरिपरि विद्यमान औषधिजन्य वनस्पति र जीवजन्तुको स्रोत रसायन पदार्थहरू नै होमियोप्याथिक औषधिका मुख्य स्रोत हुन् । बन्ने तरिका मात्र फरक हो । धेरै पटक डाइलुसन गरी बनाएको औषधि खान र जिब्रोमा फिजिन सजिलोको लागि पानीमा वा सेतो चिनीको दानाहरूमा राखेर वितरण गरिन्छ यो नै होमियोप्याथिक औषधिको पहिचान हो ।

यसले चिकित्सकहरुको सल्लाहअनुसार केही समय खाँदा साइड इफेक्ट गर्दैन तर एउटै औषधि लामो समय खाँदा साइड इफेक्ट धेरै हुन्छ । होमियोप्याथिकमा एउटा वा थोरै औषधि मात्र दिँदा पनि रोग निको हुन्छ । तर औषधि छनोट गर्न त्यति सजिलो भने छैन । त्यसैले चिकित्सक बढो चनाखो हुनै पर्छ । तर विडम्बना यो पद्धतिमा थुप्रै अनाधिकृत तरिकाले औषधि दिने थुप्रै छन् । त्यसैले हामीले होसियारी पु¥याउनु पर्छ । पछिल्ला वर्षमा नेपालमा पनि यो औषधिको बारेमा जानकारी शिक्षण संस्थालगायत अस्पताल खोल्ने क्रम बढ्दैछ । तर सरकारी स्तरबाट भने ज्यादै कम पहल भएको नयाँ दरबन्दी खुलेको छैन ।

औषधि मात्र फरक तर रोकको पहिचान, निधान र व्यवस्थापन भने अरूमा जस्तै त्यही नै हो । यो औषधि अरू औषधि जस्तै प्रयोग गर्न पनि सकिन्छ । बजारमा हल्ला भएजस्ता वाद, पत्थरी, पाइल्स्, कब्जियत, माइग्रेन पिनास, नशा, मासु पलाएको मुसा, छालाको समस्या, दम, रुघाखोकी, ग्यास्टिक, महिनावारी समस्याको लागि मात्र नभई अरू पनि धेरै समस्याको लागि यो पद्धति निकै प्रभावकारी रहेकोले स्वास्थ्यसँगसम्बन्धी कुनै पनि समस्या भएमा होमियोप्याथिक चिकित्सकको सल्लाह र कन्सल्टेसनमा मात्र होमियोप्याथिक औषधि प्रयोग गर्नुपर्छ ।
–डा.श्रेष्ठ भक्तपुर होमियोप्याथिक मेडिकल कलेज र रश्मी पोलिक्लिनिक थापाथलीमा आबद्ध छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सार्वजनिक सवारी साधनका चालक र सहचालकको निःशुल्क स्वास्थ्य परिक्षण
Next article तलब नपाएपछि कर्मचारीद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा तालाबन्दी

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web